नित्सेको ईश्वरको मृत्यु – बाटो हराएका मानिसहरूको स्तब्ध साउती
नित्से विश्व इतिहासकै सर्वाधिक प्रसिद्ध दार्शनिक मानिन्छन् । उनको एउटा भनाइ खुब चर्चित छ- ईश्वरको मृत्यु भयो। तर धेरै मानिसहरूले उनको सबैभन्दा चर्चित भनाइलाई प्रायः गलत रूपमा बुझ्छन्।
नित्से धर्मलाई खासै मन पराउदैन थिए। वास्तवमा, उनी आफ्नो दर्शनबाहेक अन्य कुनै दर्शनप्रति खास रुचि राख्दैनथे। तर जब उनले भने, “ईश्वरको मृत्यु भयो,” उनले परम्परागत धर्मशास्त्रको भगवानको कुरा गरिरहेका थिएनन्। उनी मानवताको कुरा गर्दै थिए — हामीले के गरेका छौँ र ती कार्यहरूले के अर्थ राख्छन् भन्ने।
“ईश्वरको मृत्यु भयो” भन्ने भनाइ कुनै राक्षस वध गर्ने वीरको विजयगान होइन, न त कुनै चर्चको पछाडि बसेको गर्वित नास्तिकको तर्क नै हो। यो त बरु बाटो हराएका मानिसहरूको स्तब्ध साउती जस्तो हो।
यस प्रसङ्गमा ‘भगवान’ त्यो चुम्बकीय ध्रुव थिए जसको वरिपरि हामी सबैको जीवन घुम्थ्यो — कुनै पौराणिक कथामा वर्णन गरिएजस्तो दयालु, दाढीवाला आकृति होइन। पुनर्जागरण (Enlightenment) ले विज्ञान र विवेकलाई जोड दिनु अघि, भगवानले निश्चितता, सत्यता, सुरक्षा, र उद्देश्यको प्रतिनिधित्व गर्थे। उनी ‘आल्फा’ र ‘ओमेगा’ थिए — जीवनका सबै प्रश्नहरूको उत्तर। उनी त्यो महान् अभिभावक थिए जसले संसारलाई अर्थ दिन्थे।
र भगवान बिना, नित्से भन्छन् — यो यस्तो हो मानिलिउ हामी कुनै दिशाबोध बिना खसिरहेका छौँ — न माथि छ, न तल। समात्ने केही छैन, सम्हाल्ने केही छैन। यस्तो लाग्छ, हामीलाई जीवनभर कसैले हात समातेर डोर्याएको थियो, र अब अचानक हामी एक्लै यत्रा गरिरहेका छौँ।
“ईश्वरको मृत्यु भयो” भन्नु आत्मबोधको एक महत्त्वपूर्ण क्षण हो — तर त्यो साथसाथै परित्यक्त हुने क्षण पनि हो। यो त्यो क्षण हो जब हामी बुझ्छौँ कि अब निर्णय आफैँ लिनुपर्छ। जब नित्सेले त्यसो भनेका थिए, उनले भन्न खोजेका थिए — अब हामीले भगवानबिनाको संसारमा आफैँलाई पुनःस्थापित गर्नुपर्छ।
र एक्लै छाडिएको र आफ्नै बलबुतामा निर्भर रहनुपर्ने त्यो अनुभूति एकातिर भयावह छ, अर्कातिर सशक्त पनि छ।
अक्सफोर्डमा एक दशकभन्दा बढी समयसम्म दर्शनशास्त्र पढाएर पूर्णकालिक लेखनतर्फ मोडिएका जोनी थमसन दर्शनशास्त्रलाई सहज, सान्दर्भिक र बोधगम्य बनाउने कामका लागि संसारभर परिचित छन्।
कृत्रिम छविहरुलाई नै सत्य मान्ने भ्रम
के हो गणेश नेपालीको आत्मदाहको घटनाको अर्थ र कारण?
वैचारिक संघर्षका बारेमा
निःशुल्क यातायातसम्बन्धी फिडेल क्यास्ट्रोको चेत र काठमाडौँमा ब्लु बस
शिरच्छेदन र सत्ताको चक्र: लोकहित भर्सेज आत्म-मोह
प्रतिक्रान्तिको मतियार बन्दै रास्वपा?
के धनको बलमा बदल्न सकिन्छ वैश्विक नैतिकता?
प्रतिक्रिया