पारिजात सम्मानको घोषणा
विख्यात साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीको अवसर पारेर पारिजात स्मृति केन्द्रले पारिजात सम्मान– २०८१ को घोषणा गरेको छ ।
त्यसअनुसार पारिजात बाल साहित्य सम्मानबाट बालसाहित्यकार तेजप्रकाश श्रेष्ठ, पारिजात कला सम्मानबाट चित्र तथा मूर्तिकार उत्तम डङ्गोल, पारिजात सृजना सम्मानबाट बिना थिङ र पारिजात सङ्घर्षशील नारी सम्मानबाट डा. बिन्दा पाण्डे सम्मानित हुने भएका छन् ।
फागुन २८ गते पारिजात स्मृति भवन, म्हेपीमा एक कार्यक्रमको आयोजना गरी सो सम्मानको घोषणा गरिएको हो ।
सम्मानित व्यक्तित्वहरुलाई २०८२ साल वैशाख ५ गते पारिजात स्मृति दिवसको अवसरमा सम्मान अर्पण गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

सम्मान कार्यक्रमको शुरुवात कार्यक्रम स्थलमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरी गरिएको थियो ।
सोही अवसरमा डा. तुल्सी भट्टराईसँग डा. मास्केले ‘पारिजात परिसंवाद’ समेत गरको थिए ।

सोही अवसरमा केन्द्रका अध्यक्ष इन्दिरा दलीले पारिजात स्मृति केन्द्रमा पारजात सङ्ग्रहालय बनाइने जानकारी दिनहुँदै उपस्थिति सबैलाई आफूसँग भएका पारिजातसँग सम्बन्धित पुस्तक लेख रचना तथा अन्य सामग्रीहरु सम्भव भएसम्म भौतिक रुपमा उपलब्ध गराइदिन हुन तथा सम्भव नहुने अवस्थामा केन्द्रलाई फोटोकपी गर्न दिन समेत अनुरोध गरेकी थिइन् ।

अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
सुरक्षा निकायको निगरानीमा ३०० माओवादी
मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
प्रतिक्रिया