संगठित अपराध र ठगीको जालो: रवि लामिछानेसहित पाँच जनामाथि मुद्दा दायर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
प्रहरीले पुस ८ गते आइतबार लामिछाने लगायत ५ जनालाई कास्की जिल्ला अदालतमा बयानका लागि उपस्थित गराएको छ । त्यसरी अदालतमा उपस्थित गराइएकाहरुमा लामिछाने, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालतमा उपस्थित गराइएको हो ।
आजबाटै उनीहरुको बयान हुने र त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने कुराको निर्क्यौल हुनेछ ।
रवि लगायतको समूहमाथि एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरिएको छ । उनीहरूमाथि संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा संगठित अपराधको अभियोग पनि छ । त्यसमाथि थप, सहकारीको रकम व्यक्तिगत रूपमा अनि गोर्खा मिडियामा संस्थागत रूपमा समेत अपचलन गरेको आरोप समेत उनीहरुमाथि छ ।
सम्पत्ति सुद्धिकरणको मुद्दाका कारण लामिछानेको सांसद पदसमेत निलम्बन भएको छ ।
|
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ २७. स्वतः निलम्बन हुने: प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ । |
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
प्रतिक्रिया