क्युबामा गहिरिँदो ऊर्जा संकट: रूस र मेक्सिकोको इन्धन सहयोग

केही समययता क्युबा ठूलो विद्युत् संकटबाट गुज्रिरहेको छ। गत अक्टोबर महिनामा समेत क्युबामा देशभर दुई दिनसम्म विद्युत् प्रसारण ठप्प भएको थियो। बल्लतल्ल त्यहाँको विद्युत् विभागले विद्युत् प्रसारण सुचारु गरेको थियो। गत हप्ता बुधबार क्युबामा आएको राफेल चक्रवातका कारण फेरि राष्ट्रिय प्रसारण ठप्प भएको थियो।
क्युबालाई यो विद्युत् संकटबाट बाहिर निकाल्न उसका मित्र राष्ट्रहरू अगाडि सरेका छन्। क्युबाको भ्रमणमा रहेका रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निशेन्कोका अनुसार रुसले क्युबालाई यो ऊर्जा संकट समाधान गर्न करिब ८०,००० टन डिजेल इन्धन आपूर्ति गर्ने भएको छ, जसको मूल्य करिब ६० मिलियन डलर रहेको छ। रुसका उपप्रधानमन्त्री चेर्निशेन्कोले सहयोगको घोषणा गर्दै भने, "हामी यहाँ मद्दत गर्न आएका छौँ।"
त्यस्तै, मेक्सिकोले केही दिनअघि ४ लाख ब्यारेल तेल क्युबालाई सहयोगस्वरूप पठाएको थियो। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शीनबामले टिप्पणी गर्दै भनेकी थिइन्, "हामीले क्युबालाई सधैं सहयोग गर्नेछौँ।"
क्युबामा अधिकांश बिजुली थर्मोइलेक्ट्रिक प्लान्टहरूबाट उत्पादन गरिन्छ, जसलाई सञ्चालन गर्न इन्धनका लागि पेट्रोलियम पदार्थ चाहिन्छ। ६० वर्षभन्दा लामो समयदेखि अमेरिकाले लगाएको नाकाबन्दीका कारण क्युबाको आर्थिक अवस्था जर्जर बन्दै गएको छ। क्युबालाई भेनेजुएलाले पेट्रोलियम पदार्थ सहयोग गर्दै आइरहेको थियो, तर केही समययता भेनेजुएलाले समेत उक्त सहयोगमा कटौती गर्न थालेको छ।

काश्मीरमा पर्यटकहरूमाथि आतङ्कवादी हमला : पुनः बल्झिएको हिंसाको डढेलो

पोप फ्रान्सिसको अवसान : समर्पण, करुणा र परिवर्तनको युगको अन्त्य

पारिजात सम्मान प्रदान

रहेनन् भैरव दाइ !

प्रचण्डको हातबाट ‘हिन्दू गणतन्त्रात्मक राज्य’ घोषणा गराउने चलखेल ?

कालजयी कृतिहरुका रचनाकार लीलबहादुर क्षेत्रीको अवसान

पारिजात सम्मानको घोषणा

प्रतिक्रिया