मच्छिन्द्रनाथकाे रथ तानिने
प्राग १६८० वर्षदेखि निरन्तर चल्दै आइरहेको वर्षा र सहकालको देवताको रूपमा मान्दै आएको रातो मच्छिन्द्रनाथ( करूनामय)को रथ भोलि श्रावण १७ गते ललितपुरको इटी टोलबाट तानेर जाउलाखेल पुर्याउने भएको छ ।
विश्व सम्पदामा सुचिकृतको प्रकृयामा रहेको यस ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ जात्रामा बच्चाहरूदेखि लिएर वयस्कहरु समेत बाजागाजा, नाचगान गर्दै रथ तानेर रमाउने गर्ने गर्छन् । त्यसैले यस जात्राको विशेष महत्त्व रहेको इतिहासकार एवं संस्कृतिविद्हरू वताउँछन् ।
इटी टोलबाट जाउलाखेलसम्म रथ तान्नका लागि गुठी संस्थान ललितपुरले किर्तिपुर नगरपालिका मार्फत सातगाउँलाई निम्तो पठाउने विगतदेखिको परम्परालाई निरन्तरता दिएको संस्थानका कार्यालय प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिए । ज्याउला जात्रा अर्थात् भोटो देखाउने जात्रा सातगाउँको जात्राको रूपमा पनि मनाउने गरिन्छ।
रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको ईती टोलबाट जाउलाखेल पुर्याएको चौथो दिनमा राष्ट्र प्रमुखको समउपस्थितिमा नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री , मन्त्रीहरू र नेपाल स्थित विदेशी नियोगका कुटनैतिकहरू समेत भोटो जात्रामा सहभागी हुने गुठी संस्थान ललितपुरका प्रमुखले जानकारी दिए । उक्त दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा समेत दिने गर्छन्।
भोटो देखाउने जात्रा सम्पन्न भएपश्चात रातो मच्छिन्द्रनाथको रथ जात्रा पनि विधिवत रूपमन सम्पन्न हुनेछ।
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
सुरक्षा निकायको निगरानीमा ३०० माओवादी
मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
प्रतिक्रिया