ओली नेतृत्वको सरकार २२ सदस्यीय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले असार ३१ गते प्रधानमन्त्रीको सपथ खाएका छन् । त्यसका साथै उनले गठन गरेका उनी समेतका २२ सदस्यीय मन्त्रीमण्डलका अन्य सदस्यहरुले पनि सपथ खाएका छन् ।
उनी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनेका हुन् ।
यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
उनको मन्त्रीमण्डलको कार्यविभाजन निम्नानुसार रहेको छ:
केपी शर्मा ओली- प्रधानमन्त्री
प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास
विष्णु पौडेल- उपप्रधान तथा अर्थ
रमेश लेखक- गृह
आरजु राणा- परराष्ट्र
पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
विद्या भट्टराई- शिक्षा
दीपक खड्का- ऊर्जा जलस्रोत तथा सिंचाइ
दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
प्रदीप यादव- खानेपानी
बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी- युवा तथा खेलकुद
अजय चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
बद्री पाण्डे- संस्कृति पर्यटन तथा नागरिक उड्डययन
रामनाथ अधिकारी- कृषि तथा पशुपंक्षी
मानवीर राई- रक्षा
राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
ऐनबहादुर शाही- वन तथा वातावरण
स्मरण रहोस्, संवैधानिक व्यवस्थाअनुसार मन्त्रीपरिषद्को संख्या २५ सम्म मात्र हुनुपर्छ । ओली नेतृत्वको सरकारमा महिलाको न्यून प्रतिनिधित्व (२) जना तथा दलित समूहको प्रतिनिधित्व नै नभएको भनी आलोचना शुरु भएको छ ।
देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
ट्रम्पको घोषणा: मादुरोको ‘पक्राउ’ पछि भेनेजुएला अमेरिकाले चलाउने
तेक्वान्दो खेलमा नेपाली खेलाडीहरुको शानदार विजय
प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…
प्रतिक्रिया