राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई
राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रथम पटक वरिष्ठ समालोचक दयाराम श्रेष्ठ र राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ नृत्यविद् भैरवबहादुर थापालाई दिने निर्णय भएको छ ।
राजेन्द्र सुवेदी स्मृति केन्द्रका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा समाजको कार्यालयमा असार २१ भएको वैठकबाट सो निर्णय भएको हो ।
वरिष्ठ समालोचक तथा निबन्धकार राजेन्द्र सुवेदीको स्मृतिमा उहाँको परिवारले दश लाख राशीको अक्षयकोश राखी यो पुरस्कारको आयोजना गरेको हो ।
आगामी साउन १९ गते राजेन्द्र सुवेदीको जन्म जयन्तीको अवसर पारेर प्रदान गरिने दुवै पुरस्कारको राशी २१,०००।— रहेको छ ।
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
प्रतिक्रिया