प्रचण्डलाई कालो झण्डा
गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न पोखरा सभागृह जाने क्रममा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहकारी पीडितहरुले ‘न्यायको माग’ गर्दै कालो झण्डा देखाएका छन् ।
प्रहरीले कालोझण्डा तथा व्यानर देखाउनेहरुलाई तितरवितर पारेका छन् । त्यसक्रममा एक दर्जन जतिलाई नियन्त्रणमा लिएको छ भने त्यसक्रममा केही घाइते पनि भएका छन् ।
त्यसरी प्रधानमन्त्रीलाई झण्डा देखाउनेहरु सूर्य दर्शन सहकारीका पीडितहरु रहेका छन् ।
स्मरणीय छ, सूर्य दर्शन सहकारी ठगीकाण्डमा वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत नाम मुछिएको छ । यसअघि पोखरा महानगरपालिकाले चार्टड एकाउन्टेन्ट अनिल लामिछानेको नेतृत्वमा गठन गरेको अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा पनि लामिछानेको नाममा एक करोड रुपियाँ ऋण प्रवाह भएको देखाइएको थियो । तर सत्ता साझेदारका मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेमाथि सत्ताको भागबण्डाकै कारण न्यायोचित छानविन र कारवाही हुन नसकिरहेको आरोप लाग्ने गरेको छ ।
पश्चिमा मुलुकहरुमा सत्ताधारीहरुलाई कालो झण्डा देखाइनु, विरोध प्रदर्शन गरिनुलाई सामान्य रुपमा लिइन्छ र त्यसलाई प्रजातान्त्रिक अधिकारको उपयोगको रुपमा हेरिने गरिन्छ । तर नेपाल लगायत अल्पविकसित मुलुकहरुमा भने सत्ताधारीहरुविरुद्धको प्रदर्शनलाई ‘मान प्रतिष्ठामाथिको आँच’ तथा सुरक्षा प्रणालीको असफलताको रुपमा लिइने गरिन्छ । यस्ता प्रदर्शनहरुले सत्ताधारीहरुको इगोमा चोट पुग्ने भएकोले यस्ता घटनाहरुमाथि निर्मम दमन हुने गर्छ ।
तस्विर साभार: अनलाइन खबर
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
सुरक्षा निकायको निगरानीमा ३०० माओवादी
मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
प्रतिक्रिया