प्रचण्डलाई कालो झण्डा

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न पोखरा सभागृह जाने क्रममा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहकारी पीडितहरुले ‘न्यायको माग’ गर्दै कालो झण्डा देखाएका छन् ।
प्रहरीले कालोझण्डा तथा व्यानर देखाउनेहरुलाई तितरवितर पारेका छन् । त्यसक्रममा एक दर्जन जतिलाई नियन्त्रणमा लिएको छ भने त्यसक्रममा केही घाइते पनि भएका छन् ।
त्यसरी प्रधानमन्त्रीलाई झण्डा देखाउनेहरु सूर्य दर्शन सहकारीका पीडितहरु रहेका छन् ।
स्मरणीय छ, सूर्य दर्शन सहकारी ठगीकाण्डमा वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत नाम मुछिएको छ । यसअघि पोखरा महानगरपालिकाले चार्टड एकाउन्टेन्ट अनिल लामिछानेको नेतृत्वमा गठन गरेको अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा पनि लामिछानेको नाममा एक करोड रुपियाँ ऋण प्रवाह भएको देखाइएको थियो । तर सत्ता साझेदारका मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेमाथि सत्ताको भागबण्डाकै कारण न्यायोचित छानविन र कारवाही हुन नसकिरहेको आरोप लाग्ने गरेको छ ।
पश्चिमा मुलुकहरुमा सत्ताधारीहरुलाई कालो झण्डा देखाइनु, विरोध प्रदर्शन गरिनुलाई सामान्य रुपमा लिइन्छ र त्यसलाई प्रजातान्त्रिक अधिकारको उपयोगको रुपमा हेरिने गरिन्छ । तर नेपाल लगायत अल्पविकसित मुलुकहरुमा भने सत्ताधारीहरुविरुद्धको प्रदर्शनलाई ‘मान प्रतिष्ठामाथिको आँच’ तथा सुरक्षा प्रणालीको असफलताको रुपमा लिइने गरिन्छ । यस्ता प्रदर्शनहरुले सत्ताधारीहरुको इगोमा चोट पुग्ने भएकोले यस्ता घटनाहरुमाथि निर्मम दमन हुने गर्छ ।
तस्विर साभार: अनलाइन खबर

काश्मीरमा पर्यटकहरूमाथि आतङ्कवादी हमला : पुनः बल्झिएको हिंसाको डढेलो

पोप फ्रान्सिसको अवसान : समर्पण, करुणा र परिवर्तनको युगको अन्त्य

पारिजात सम्मान प्रदान

रहेनन् भैरव दाइ !

प्रचण्डको हातबाट ‘हिन्दू गणतन्त्रात्मक राज्य’ घोषणा गराउने चलखेल ?

कालजयी कृतिहरुका रचनाकार लीलबहादुर क्षेत्रीको अवसान

पारिजात सम्मानको घोषणा

प्रतिक्रिया