आणविक हतियार हैन, सबैभन्दा ठूलो आम विनासको साधन त मान्छे !
नोम चोम्स्कीका अनुसार एक पटक प्रख्यात खगोल भौतिकशास्त्री (astrophysicist) कार्ल सेगन र प्रख्यात उदविकासवादी जीवशास्त्री (evolutionary biologist) अर्नेस्ट मायर बीच पृथ्वीबाहिर ब्रम्हाण्डमा बुद्दिमान जीव भेटिने सम्भावना बारे बहस भएको थियो ।

कार्ल सेगनले तर्क गरे– ब्रम्हाण्डमा पृथ्वी जस्तै अनगिन्ति ग्रहहरु रहेका छन् । ती ठाउमा बुद्धिमान जीवनको विकास नहुने कुनै कारण नै छैन ।
तर अर्नेस्ट मायरले जवाफ दिए– त्यस्तो सम्भावना एकदमै न्यून छ । उनले यसको कारण दिए हामीसंग एउटा उदाहरण पृथ्वी छ र त्यसैलाई हेर्दा पुग्छ । उनले थपे बुद्दिमत्ता एक प्रकारको घातक उत्परिवर्तन (Mutation) हो । यदि हामीले जीवको सफलतालाई हेर्ने हो भने सबैभन्दा सफल जीव चाहिँ आफूलाई चाँडो उत्परिवर्तन गर्न सक्ने ब्याक्टेरिया र आफूलाई सुहाउँदो वातावरणमा बस्ने गोब्रे किरोहरु हुन् । उनीहरु वातावरणीय संकटलाई पनि झेल्न सक्छन । तर बुद्धिमत्ताको तह बढदै जाँदा जीवहरु कमभन्दा कम सफल हुँदै जान्छन । स्तनधारी जीवको तह आइपुग्दा किरा फट्यांग्राको तुलनामा धेरै कम हुन्छन् । अझ मान्छेको तहमा पुग्दा धेरै सानो समुह मात्र बाँकी रहन्छ । मान्छेको उत्पत्ति भएको करिब एक लाख वर्ष मात्र भयो । अहिले जताततै मान्छे देखेर धेरैलाई भ्रम हुन् सक्छ । तर यो भएको केही हजार वर्ष मात्र भयो । यो समय भनेको उदविकासका दृष्टिकोणले केहि पनि होइन । अर्नेस्ट मायारले तर्क गरे हामीले बुद्धिमान जीवन अन्यत्र कहीँ पनि भेट्ने वाला छैनौ । र यहाँ पनि धेरै लामो समय यो टिक्ने वाला छैन । किनकि बुद्धिमत्ता घातक उत्परिवर्तन हो । हरेक प्रजातिको औसत जीवनकाल एक लाख वर्ष हुन्छ । जुन आधुनिक मानव अस्तित्वमा आएको समय जति नै हो ।
पोहोर-परार साल कोरोना भाइरस विश्वभर फैलिएपछि मान्छेको सामान्य जीवन अस्तव्यस्त भएको थियो । त्यतिबेला संसारभर मान्छेहरु घरभित्रै सीमित बनेका थिए । लामो समयसम्म यातायात, कलकारखाना, उद्योगधन्दा सबै जसो बन्द भए । यसले गर्दा विश्वभर हावा स्वछ भयो, पानि संग्लो बन्यो, माछाहरु फेरि नदीमा निस्फिक्रीका साथ पौडिन थाले र अनेक जंगली जनावरहरु सहरका मुख्य सडकहरुमा निर्धक्क घुम्न थालेका थिए । यसले देखाउछ मानव जाति र उसका गतिविधिले पृथ्वीलाई कति क्षति पुर्याएको रहेछ ! त्यसले के पनि देखयो भनेर मानब जातिको हस्तक्षेप बेगर पृथ्वीको जीवन चक्रले कसरि छोटो समयमै पुनर्जीवन पाउँदो रहेछ । सबै भन्दा बुद्धिमान प्रजाति मानिसले आफैंलाई र पृथ्वीलाई समेत हानि गर्ने आविष्कारले गर्दा आफ्नो जीवनको अन्त आफैं गर्दै गइरहेको छ । पृथ्वीको तापक्रम वृद्धि गरेर जलवायु परिवर्तन गर्न मुख्य जिम्मेवार पेट्रोलियम पदार्थको विकल्प हुँदा हुँदै पनि मान्छे केवल केही पैसाको लोभको कारण यसलाई छोड्न चाहदैन । यसले गर्दा पृथ्वीको वातावरणीय चक् खल्बलिएर अन्तत: मानव कै जीवनको अन्त्य निम्तयाउने निश्चित छ । मान्छेहरु आणविक हतियारलाई आम बिनासको हतियार भन्छन तर वास्तवमा सबैभन्दा ठूलो आम विनासको साधन मान्छे नै हुन् ।
अहिलेको अवस्थालाई मूल्याङ्कन गर्दा भन्न कर लाग्छ– सायद अर्नेस्ट मायर सही थिए !!!
के एआई नियन्त्रणबाहिर जान सक्ने जोखिम छ?
अन्तरिक्षको गहिराइमा भेटियो जीवनको आधारभूत गुलियो तत्त्व
पृथ्वीको नजिकैबाट गुज्रियो विशाल आकाशीय पिण्ड
सूर्य र पृथ्वीको भविष्य: समयको अन्त्यसम्मको एक रोमाञ्चक यात्रा
कार्बन डेटिङ: प्राचीन इतिहास बुझ्ने वैज्ञानिक समय यन्त्र
मानव उत्पत्तिको नयाँ रहस्य: होमो इरेक्टसको जीवित अंश
पृथ्वी सोचेभन्दा धेरै तातिँदै छ: अबको तीन वर्षमा हामी १.५ डिग्रीको 'रेड जोन'…
प्रतिक्रिया