सिरोहिया पक्राउः ‘नागरिकता कीर्ते’को बहानामा गृहमन्त्रीको प्रतिशोध ?
तस्विर स्रोत: कान्तिपुर दैनिक
नागरिकतामा ‘कीर्ते’ गरेको आरोपमा कान्तिपुर प्रकाशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ लगत्तै उनलाई थप अनुसन्धानको लागि धनुषा लगिएको छ ।
उनी विरुद्ध नागरिकतामा कीर्ते गरेको आरोप लगाउदै गत वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । सोही सिलसिलामा अनुसन्धान गर्न धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अनुमति दिएपछि हिजै प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार उनी हिजो पक्राउ परेका हुन् ।
सिरोहियाले आफूविरुद्धको मुद्दा प्रतिशोधको आधारमा दायर भएको दावी गर्दै अनुसन्धानमा सघाउने जनाउँदै आएका थिए । पक्राउ पुर्जी जारी भएपछि सिरोहियाले आफ्नो प्रकाशक कान्तिपुरले प्रकाशित गर्दै आएको वर्तमान गृहमन्त्री रवि लामिछानेकोे ‘सहकारी ठगी’ सम्बन्धी समाचारलाई दबाउन आफूविरुद्ध यस किसिमको कारवाही भएको बताएका छन् । कान्तिपुरले ‘लामिछानेले सहकारी ठगीको समाचार दबाउन र दाहालले सत्ता बचाउन कान्तिपुरमा हस्तक्षेप गरेको’ समाचार नै प्रकाशित गरेको छ ।
सिरोहियाको पक्राउलाई ‘प्रेसमाथिको दमन’ भन्दै पत्रकार महासंघ, पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंस्थाहरु, व्यक्तिहरु तथा राजनीतिक नेताहरुले विरोध गरेका छन् । सिरोहियाको पक्राउलाई अपराध अनुसन्धानभन्दा पनि गृहमन्त्री रवि लामिछानेको प्रतिशोधपूर्ण कदमको रुपमा व्याख्या हुन थालेको छ ।
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
सुरक्षा निकायको निगरानीमा ३०० माओवादी
मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
प्रतिक्रिया