प्रधानमन्त्री दाहाललाई फेरि विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट फेरि विश्वासको मत प्राप्त गरेका छन् ।
गत २०७९ पुस १० गते प्रधानमन्त्री पद सम्हाले यता उनले १६ महिनाको अवधिभित्र चौथो पटक पुनः विश्वासको मत प्राप्त गरेका हुन् ।
जेठ ६ गते भएको मतदानमा जम्मा १५८ जना सांसदहरु सहभागी भएका थिए । तीमध्ये एकजनाले मत दिन्न भनी तटस्थ बसेका थिए भने बाँकी १५७ जनाले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेका थिए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले भने मतदानको क्रममा नाराबाजी र विरोध प्रदर्शन गरेका थिए ।
उनीहरुल सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहभागिताका बारेमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि संसदीय छानविन समितिको माग गर्दै विगत लामो समयदेखि संसदमा विरोध प्रदर्शन तथा अवरोध गर्दै आइरहेका छन् । कांग्रेसको भनाइमा सत्ताको आडमा उनीविरुद्ध सही र तथ्यपरक छानविन राज्यले गरिरहेको छैन ।
केही दिनअघि सत्ता गठबन्धनका एक घटक जनता समाजवादी नेपाल पार्टी फुटेर सरकारबाट बाहिरिपछि र सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन् । नेपालको संवैधानिक प्रावधानअनुसार कसैले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा २० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
यसअघि प्रधानमन्त्री दाहाले २०७९ पुसमा २६ गते (पक्ष २६८, विपक्ष २), २०७९ चैत ६ गते (पक्ष १७२, विपक्ष ८९, तटस्थ १), २०८० फागनु ३० गते (पक्ष १५७, विपष ११०, तटस्थ १) विश्वासको मत लिएका थिए ।
संसदमा ३२ सीट रहेको नेकपा माओवादीका अध्यक्ष प्रचण्डले समय समयमा फेरबदल भइरहने गठबन्धनको सहारामा सत्ता सञ्चालन गरिरहेका छन् । यहीकारण गठबन्धनमा फेरबदल आउनेबित्तिकै उनले पुनः विश्वासको मत लिनु परेको हो । यसरी १६ महिनाको छोटो समयमै चौथो पटक विश्वासको मत लिनुपर्ने प्रधानमन्त्री प्रचण्डको बाध्यताले नेपाली राजनीतिको अत्यन्तै अस्थीर र ढलपल चरित्रलाई प्रदर्शित गर्दछ ।
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
प्रतिक्रिया