इतिहासकार ज्ञानमणि नेपालकाे निधन
तस्विर: सुन्दर वस्नेत/दायित्वबोध
इतिहासका उद्भट विद्वान प्राज्ञ ज्ञानमणि नेपालको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
मुटु रोगको समस्याको कारण उनको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको अवस्थामा निधन भएको हो ।
नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहन अध्ययन गरेका ज्ञानमणि नेपाल चर्चित इतिहासकार नयराज पन्तले स्थापना गरेका ‘इतिहास संशोधन मण्डली’ का सदस्य समेत थिए ।
ज्ञानमणि नेपालले इतिहाससम्बन्धी थुपै्र पुस्तकहरु समेत लेखका छन् । उनले लेखेका ‘नेपालको महाभारत’ चर्चित पुस्तक हो । त्यसबाहेक उनका नेपाल निरुक्त, नेपाल र चीन–तिब्बत सम्बन्धः समीक्षात्मक इतहिास, नेपाल–भोट चीनसम्बन्धका केही साँस्कृति पक्ष, नेपाल–सुखीम सम्बन्धः १८३१–१९०७, पृथ्वीन्द्रोदय लगायत थुप्रै पुस्तकहरु प्रकाशित छन् ।
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
प्रतिक्रिया