अन्तरीक्ष यात्रा गर्ने पहिलो प्राणी लाइका
लाइकाको बलिदानले मानिसको लागि अन्तरीक्ष यात्राको ढोका खोलिदियो !
ज्ञात ब्रम्हाण्डमा हालसम्म थाहा पाइएको कुरा, हाम्रो पृथ्वीमा मात्र जीवन छ । पृथ्वीको परिधि बाहिरको जीवनबारे अहिलेसम्म मानव विज्ञानले पत्ता लगाइसकेको छैन । सैद्धान्तिक रुपमा र कल्पनामा पृथ्वीभन्दा बाहिर जीवन रहेको हुन सक्ने कुरालाई भने नकारिएको छैन ।
त्यसो त पृथ्वी बाहिरको जीवनबारे थाहा पाउने अनिगन्ती कोशिशहरु लामो समयदेखि चल्दै आएको छ । त्यति मात्र कहाँ हो र ! पृथ्वीबाट बाहिर अरु ग्रहहरुमा जाने कोशिस पनि लामो समयदेखि चल्दै आएको छ । यसक्रममा मानिसले पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा पाइला टेक्ने सफलता पाइसकेको छ भने आगामी २०३० सालसम्ममा मंगलग्रहमा मानव पाइला टेक्ने महत्वाकांक्षी परियोजना पनि जारी छ ।
त्यसो त मानवले अन्तरिक्ष यात्रा शुरु गर्नुपूर्व जनावरले, अझ किटेर भन्दा सबैभन्दा पहिले कुकुरले अन्तरिक्ष यात्रा गरेको थियो । त्यसरी अन्तरिक्षमा पुग्ने पहिलो जीव लाइका थियो । वास्तवमा, लाइकाको अन्तरिक्ष यात्राले नै मानवको अन्तरिक्ष यात्राको ढोका खोलिदिएको थियो । आफ्नो अन्तरिक्ष यात्राको क्रममा लाइकाको निधन भएको थियो । यस अर्थमा लाइका अन्तरिक्ष यात्राको पहिलो शहीद पनि हो ।
लाइकाको अन्तरिक्ष यात्राले नै मानवको अन्तरिक्ष यात्राको ढोका खोलिदिएको थियो । आफ्नो अन्तरिक्ष यात्राको क्रममा लाइकाको निधन भएको थियो । यस अर्थमा लाइका अन्तरिक्ष यात्राको पहिलो शहीद पनि हो ।
लाइका एउटा साधारण कुकुरको नाम हो । मस्कोको गल्ली गल्लीमा भौंतारिने कुकुर लाइकालाई तालीम दिएर सोभियत अन्तरिक्ष वैज्ञानिकहरुले प्रयोगको क्रममा अन्तरिक्षमा पठाएका थिए । त्यसले गर्दा उक्त साधारण कुकुरले असाधारण ख्याति र कीर्ति कमाउन पुग्यो । हुन त यस प्रयोगको क्रममा लाइकाको मृत्यु भयो, तर त्यस असाधारण परीक्षणको घटनाले गर्दा उक्त साधारण कुकुर लाइका विज्ञानजगत्मा अमर बन्न पुग्यो । त्यसका साथसाथै, शीतयुद्धको चरम अवस्था रहेको त्यसबेला लाइकाको अन्तरिक्ष यात्रा र अन्तरिक्षमा नै उसको मृत्युले निक्कै ठूलो विवाद र चर्चा पनि जन्मायो ।
आउनुहोस्, लाइकाबारे केही जानकारी हासिल गर्ने कोशिस गरौं ।
दोस्रो विश्वयुद्धपछिको दुई धु्रवीय विश्वमा अमेरिका र रुसबीच अन्तरिक्ष–अनुसन्धानमा आफ्नो सर्वोच्चता कायम गर्ने होडबाजी चलिरहेको थियो र अन्तरिक्षमा यान पठाउने विभिन्न कोशिसहरु भइरहेका थिए । यसै क्रममा रुसले मानव इतिहासमै सर्वप्रथम अक्टोबर ४, १९५७ मा स्पुत्निक १ नामक कृत्रिम भूउपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष यात्राको ढोका खोल्यो । शीतयुद्धकालीन त्यस समयमा अन्तरिक्षमा समेत सर्वोच्चता कायम गर्न खोजिरहेको शक्तिराष्ट्र अमेरिकाको कट्टर प्रतिस्पर्धीको रुपमा रहेको रुसले यसरी अन्तरिक्ष दौडमा आफ्नो सर्वोच्चता स्थापित गरेको थियो ।

स्पुत्निक १ लाई सफलतापूर्वक पृथ्वीको कक्षमा स्थापित गराएपछि रुसले अन्तरिक्षमा जीवलाई नै पठाउने महत्वाकांक्षी योजनालाई अघि सार्यो । यस योजनाअन्तर्गत उसले पहिले अन्तरिक्षमा जीव पठाउने र त्यसमाथि अन्तरिक्षमा पर्ने प्रभावहरुको अध्ययन गर्ने सोच बनायो । र, अन्तरिक्षमा पठाउनका लागि कुकुर छानियो ।
तत्कालीन सोभियत संघका सर्वोच्च नेता निकिता ख्रुश्चेवले बोल्सेभिक क्रान्तिको चालिसौं वार्षिकोत्सवको अवसर पारेर नोभेम्बर ७, १९५७ कै दिन अन्तरिक्षमा जीवसहितको यान पठाउने इच्छा प्रकट गरे । त्यसबेला अन्तरिक्षमा पठाउनका लागि स्पुत्निक १ भन्दा निक्कै उच्च प्रविधियुक्त अन्तरिक्ष यान बनाउने कार्य भइरहेको थियो ।
वास्तवमा, स्पुत्निक १ को सफलताले रुस निक्कै उत्साहित भएको थियो । यही उत्साहको क्रममा नै तत्कालीन सोभियत संघका सर्वोच्च नेता निकिता ख्रुश्चेवले बोल्सेभिक क्रान्तिको चालिसौं वार्षिकोत्सवको अवसर पारेर नोभेम्बर ७, १९५७ कै दिन अन्तरिक्षमा जीवसहितको यान पठाउने इच्छा प्रकट गरे । त्यसबेला अन्तरिक्षमा पठाउनका लागि स्पुत्निक १ भन्दा निक्कै उच्च प्रविधियुक्त अन्तरिक्ष यान बनाउने कार्य भइरहेको थियो । तर तोकिएको उक्त मितिमा त्यस यानलाई पठाउन सम्भव थिएन । (पछि यस यानलाई स्पुत्निक ३ को रुपमा अन्तरिक्षमा पठाइएको थियो ।) फलतः अलि सरल प्रविधियुक्त अन्तरिक्ष यानको निर्माणमा सोभियत वैज्ञानिकहरु लागे । यतिबेलासम्म अक्टोबरको १०– १२ गते भइसकेको थियो । सोभियत वैज्ञानिकहरुसँग जम्माजम्मी ४ हप्ता मात्र बाँकी थियो । तर पनि सर्वोच्च समाजवादी भावना र लगाव अनि विज्ञान र प्रविधिमाथिको राम्रो पकडका कारण सोभियत वैज्ञानिकहरुले त्यस छोटो समयमा पनि सफलतापूर्वक अन्तरिक्ष यान बनाइछाडे । त्यस अन्तरिक्ष यानलाई स्पुत्निक २ नामाकरण गरियो । अन्तरिक्षमा जीव पठाउने उद्देश्यले बनाइएको यस यानमा अन्तरिक्षमा हुने रेडियो विकिरण र कस्मिक विकरणहरुलाई नाप्ने यन्त्रहरु पनि जडान गरिएका थिए ।
लाइकाः पहिलो जीव
अन्तरिक्षमा जीवलाई पठाउने योजना अन्तर्गत सोभियत वैज्ञानिकहरुले तीन वटा कुकुरहरुलाई त्यसअनुकूलको तालीम प्रदान गरिरहेका थिए । ती कुकरहरुमा अल्बिना, मुश्का र लाइका थिए । यसअघि तीमध्ये अल्बिना हाइअल्टिच्यूडले जीवमा पर्ने असरबारे अध्ययन गर्न गरिएका उडानहरुमा दुई पटक प्रयोग भइसकेको थियो भने मुश्कालाई पनि उडानका क्रममा प्रयोग हुने विभिन्न उपकरणहरु र जीवनप्रतिरक्षा प्रणालीसम्बन्धी प्रयोगमा उपयोग गरिएको थियो । उनीहरुलाई अन्तरिक्ष र स्पुत्निक २ को सानो कोठाको वातावरणसँग अभ्यस्त बनाउनको लागि २० दिनसम्म सानो खोरमा राखिएका थिए । त्यस खोरमा राखिएको अवस्थामा उनीहरुलाई अन्तरिक्ष यात्राको क्रममा भोग्नु पर्ने तीब्र गतिको दवाब र त्यसले पैदा गर्ने ध्वनिसँगको मिल्दोजुल्दो वातावरणमा राखेर त्यसका लागि अभ्यस्त बनाइएको थियो । तिनीहरुलाई अन्तरिक्षमा उपलब्ध गराइने उच्च पोषणयुक्त जेलीयुक्त खाना खान पनि सिकाइएको थियो ।
यसरी अन्तरिक्षमा पठाउनका लागि सोभियतसंघले तीन तीन वटा कुकुरलाई प्रशिक्षित एवं तयार गरेको थियो । तर अन्तरिक्षमा नै जाने सौभाग्य चाहिँ ती दुई कुकुरलाई छाडेर लाइकालाई प्राप्त भयो । उसलाई त्यसबेला प्रशिक्षित गरिरहेका अन्तरिक्ष–जीव वैज्ञानिक ओलेग गाजेन्कोले छनौट गरेका थिए ।
उनीहरुलाई अन्तरिक्ष र स्पुत्निक २ को सानो कोठाको वातावरणसँग अभ्यस्त बनाउनको लागि २० दिनसम्म सानो खोरमा राखिएका थिए । त्यस खोरमा राखिएको अवस्थामा उनीहरुलाई अन्तरिक्ष यात्राको क्रममा भोग्नु पर्ने तीब्र गतिको दवाब र त्यसले पैदा गर्ने ध्वनिसँगको मिल्दोजुल्दो वातावरणमा राखेर त्यसका लागि अभ्यस्त बनाइएको थियो ।
लाइका मस्कोका गल्लीहरुमा घुम्ने एउटा भुस्याहा कुकुर थियो । करीब ६ किलो तौल भएको तथा ३ वर्ष उमेरको यो कुकुरको वास्तविक नाम कुड्राइएभाका (रुसी भाषामा घुमाउरो केश भएकी सानी) थियो । रुसी अन्तरिक्ष अभियानका लागि छानिएपछि उसको नाम बदलेर झुच्का (साना कीरा) र पछि उसको नाम लिमोन्चिक (कागती) राखिएको थियो ।
लाइकालाई अन्तरिक्षमा पठाउनुभन्दा ३ दिनअगाडि नै अर्थात् अक्टोबर ३१, १९५७ का दिनमा नै अन्तरिक्ष यान स्पुत्निक २ मा राखिएको थियो । त्यसबेला यान प्रक्षेपण स्थलमा अति नै जाडो थियो । त्यसैले लाइकालाई राखिएको कक्षको तापक्रम व्यवस्थित गर्न एयर कन्डिसनर जोडिएको थियो । त्यस कक्षमा टेलिभिजन क्यामेरा, कक्षको तापक्रम र दवाब नाप्ने यन्त्र, लाइकाको रक्तचाप र श्वासको गति नाप्ने यन्त्रहरु पनि जडान गरिएका थिए । लाइकाको स्याहार गर्नका लागि त्यहाँ २ जना सहायकहरुलाई चौबीसै घण्टा खटाइएको थियो । लाइकालाई अन्तरिक्षमा पठाउनुभन्दा १ दिनअगाडि नोभेम्बर ३ का दिन उसको रौंलाई कम कडा बनाइएका अल्कोहलको घोलले पुछिएको थियो र त्यसलाई राम्ररी कोरिएको थियो । यानमा उसको सबै गतिविधिहरुलाई राम्ररी नियाल्न र अध्ययन गर्न सकिने गरी विशेष सेन्सरयन्त्रहरु जडान गरिएका थिए ।
लाइकालाई राखिएको कक्षमा उसलाई बस्न र उठ्नका लागि पर्याप्त ठाउँ थियो । कक्षमा अक्सिजनलाई पुनः उत्पादन गर्ने प्रणाली जडान गरिएको थियो, जसले गर्दा लाइकाका लागि आवश्यक अक्सिजन नियमित आपूर्ति होस् । उसको लागि आवश्यक खाना र पानी जेलीको रुपमा राखिएका थिए । उसलाई बाँधिएको थियो र उसको शरीरमा मलमूत्र संकलन गर्न एउटा व्याग बाँधिएको थियो । साथै उसको शरीरको गतिविधि र आउने परिवर्तनहरुको सुक्ष्म अध्ययन गर्न इलेक्ट्रो रडहरु बाँधिएका थिए ।
नोभेम्बर ४, १९५७ का दिन । अन्तरिक्ष इतिहासमै सबैभन्दा महत्वपूर्ण दिन । लाइकालाई राखिएको स्पुत्निक २ लाई सोभियत संघको बाइकोनुर कोस्मोड्रोमबाट प्रक्षेपण गरियो । प्रक्षेपण सफलतापूर्वक भयो ।
लाइकालाई अन्तरिक्षबाट जीवित फर्काउन सकिन्छ भन्ने सोचाइ सोभियत वैज्ञानिकहरुको पनि थिएन । अन्तरिक्ष यात्राको क्रममा हुने सम्भावित खतरा–पीडाबाट मुक्ति दिलाउन लाइकालाई १० दिनपछि विषाक्त खाना खुवाएर अन्तरिक्षमा नै मार्ने गरी तयार गरिएको थियो ।
यान प्रक्षेपण गर्दा लाइकाका मुटुको गति तीन पटकसम्म असामान्य रुपले बढेको देखियो । भारहीनताको क्षेत्रमा प्रवेश गरेपछि उसको मुटुको गति केही घट्यो । तर त्यसरी घट्नको लागि प्रशिक्षणकालीन अवस्थामा देखिएको भन्दा तीन गुना बढी समय लाग्यो । तर उक्त यान पृथ्वीको कक्षमा प्रवेश गर्ने क्रममा त्यसको उच्चताप नियन्त्रण गर्ने प्रणालीमा केही गडबडी पैदा भयो । त्यसबेला उच्च तापलाई रोक्न र नियन्त्रण गर्न यानमा जडान गरिएको ताप प्रतिरोधक तह (Thermal insulation) पनि केही च्यातियो । फलतः स्पुत्निक २ को लाइका राखिएको कक्षमा तापक्रम ४० डिग्री सेन्टिग्रेट (१०४ डिग्री फरेनहाइट) सम्म पुग्यो । भनिन्छ, त्यसले गर्दा अन्तरिक्षमा पठाइएको केही घण्टापछि नै लाइका तनाव र अति बढी तातोका कारण मर्यो ।
त्यसो त लाइकालाई अन्तरिक्षबाट जीवित फर्काउन सकिन्छ भन्ने सोचाइ सोभियत वैज्ञानिकहरुको पनि थिएन । अन्तरिक्ष यात्राको क्रममा हुने सम्भावित खतरा–पीडाबाट मुक्ति दिलाउन लाइकालाई १० दिनपछि विषाक्त खाना खुवाएर अन्तरिक्षमा नै मार्ने गरी तयार गरिएको थियो । त्यसैले लाइकाको मृत्यु कसरी भयो भन्ने कुरा निक्कै लामो समयसम्म रहस्य र विवादको विषय बनेको थियो । त्यसबेला उसको मृत्युको वास्तविक कारण तत्काल बताइएको थिएन । रुसले त्यसबेला लाइकाको मृत्युको कारण विषालु खाना वा अक्सिजनको सप्लाई रोकिएको कारण भएको हुन सक्ने बताउँदै आएको थियो । त्यसैले लाइकाको मृत्युबारे धेरै अनुमानजनित हल्लाहरु चलेका थिए । तर धेरै पछि आएर सोभियत स्रोतले के पृष्टि गर्यो भने लाइकाको मृत्यु यान प्रक्षेपणको चार दिनपछि अति गर्मीका कारण भएको थियो । तर पछि अक्टोबर २००२ मा आएर स्पुत्निक अभियानका एक प्रमुख हस्ति डा. दिमित्री मालासेन्कोभले के रहस्योद्घाटन गरे भने, स्पुत्निक अन्तरिक्षमा पठाएको पाँचदेखि ७ घण्टाको अवधिभित्रमा नै लाइका तनाव र अति बढी गर्मीका कारण मरेको थियो । लाइकालाई अन्तरिक्षमा लिएर जाने स्पुत्निक २ लाई पनि पृथ्वीको कक्षमा २५७० चक्कर लगाइसकेपछि अप्रिल १४, १९५८ का दिन पृथ्वीमा फर्काउने क्रममा नष्ट गरिएको थियो ।
विवादहरू
लाइकालाई अन्तरिक्षमा पठाउँदा त्यसलाई जीवितै पृथ्वीमा फर्काउने हिसाबले पठाइएको थिएन । त्यसैले उसको नियोजित हत्या गरिएको आवाज विश्वभरि नै उठ्यो । अन्तरिक्ष प्रयोगको यो घटनालाई रुसविरोधीहरुले ठूलो प्रोपोगण्डाको रुपमा उपयोग गर्न खोजे ।
अन्तरिक्ष अनुसन्धानका लागि कोसेढुंगा सावित भएको यो घटना पनि त्यसैबेलाको दूषित विश्वराजनीतिको तारो बनेको थियो ।
बेलायतमा नेशनल केनाइन डिफेन्स लिगले सबै कुकुर धनीहरुलाई लाइकाको मृत्युको विरोधमा एक मिनेट मौनधारण गर्न आव्हान गरे । जनावरमाथि हुने अत्याचारविरोधी समाजले तथा जनावर अधिकार समूहहरुले सोभियत दूतावासहरुको अगाडि विरोध प्रदर्शनहरुको आयोजना गरे । अन्तरिक्ष अनुसन्धानका लागि कोसेढुंगा सावित भएको यो घटना पनि त्यसैबेलाको दूषित विश्वराजनीतिको तारो बनेको थियो ।
विश्व चर्चित बन्यो लाइका
लाइकाको अन्तरिक्ष यात्रा विज्ञानको इतिहासमा ठूलो घटना थियो । त्यसैले लाइका रातारात विश्वचर्चित बन्यो । ऊ विश्वकै सबैभन्दा चर्चित कुकुर बन्यो । रुसमा उसका प्रतिमाहरु स्थापना गरिए । विश्वका विभिन्न मुलुकहरुले लाइकाको सम्मानमा हुलाक टिकट जारी गरे । लाइकाका सम्मानमा धेरै स्मृति चिन्हहरु तयार गरिए र विश्वभरि नै अझै पनि त्यसको विक्रीवितरण हुने गरेको छ ।
लाइकालाई त अन्तरिक्षमा मानिसलाई पठाउन सम्भव छ कि छैन ? पृथ्वीको कक्षमा यान पठाउँदा त्यसमा सवार मानिस बाँच्न सक्छ कि सक्दैन, भारहीनताले मानिसमा कस्तो प्रभाव पर्न सक्छ, जस्ता कुराहरु थाहा पाउनको लागि पठाइएको थियो । यस अर्थमा लाइकालाई अन्तरिक्षमा पठाउने अभियानको क्रममा उसको दुःखद मृत्यु भए तापनि त्यसले अन्तरिक्षमा मानिस पठाउने सम्भावनाको ढोका र बाटो खोल्ने काम गरेको थियो । लाइकाको प्रयोगले नै अन्तरिक्षको वातावरणमा जीवित वस्तुहरुमाथि के कस्ता प्रभावहरु पर्दा रहेछन् भन्ने प्रथम जानकारी वैज्ञानिकहरुले पाएका थिए । लाइकामाथि गरिएको अध्ययनअनुसन्धानको आधारभूमि नै पछि सोभियत संघले पहिलो पटक अन्तरिक्षमा मानिस पठाउने सफलता प्राप्त गरेको थियो भने अमेरिकाले पनि तिनै आधारभूमिमा नै पछि गएर मानिसहरुलाई अन्तरिक्षमा पठाउन सकेको थियो । à
स्रोत: Encarta Reference Library 2005, wikipedia, www.novareinna.com, www.svengrahn.pp.se, www.news.bbc.co.uk, www.nytimes.com लगायत इन्टरनेटका विभिन्न साइटहरु
के एआई नियन्त्रणबाहिर जान सक्ने जोखिम छ?
अन्तरिक्षको गहिराइमा भेटियो जीवनको आधारभूत गुलियो तत्त्व
पृथ्वीको नजिकैबाट गुज्रियो विशाल आकाशीय पिण्ड
सूर्य र पृथ्वीको भविष्य: समयको अन्त्यसम्मको एक रोमाञ्चक यात्रा
कार्बन डेटिङ: प्राचीन इतिहास बुझ्ने वैज्ञानिक समय यन्त्र
मानव उत्पत्तिको नयाँ रहस्य: होमो इरेक्टसको जीवित अंश
पृथ्वी सोचेभन्दा धेरै तातिँदै छ: अबको तीन वर्षमा हामी १.५ डिग्रीको 'रेड जोन'…
प्रतिक्रिया