खरबौं काेषहरु मिलेर बनेको हाम्रो शरीर !
करिब १०० खरब कोषहरु मिलेर हाम्रो शरीर बनेको हुन्छ । त्यस्ता कोषहरु पनि फरक फरक खालका हुने गर्छन् र तिनीहरु विभिन्न अङ्ग तथा तन्तुहरुका रुपमा व्यवस्थित भएर रहेका हुन्छन् । तिनै कोषहरुको समूह मिलेर हाम्रो शरीर बनेको हुन्छ । यस्ता तन्तु तथा अङ्गहरुमा हाम्रो मांशपेशी प्रणाली, अस्थिपञ्जर प्रणाली, रक्तसञ्चार प्रणाली, प्रजननप्रणाली, स्नायु प्रणाली, पाचन प्रणाली लगायतका अङ्गहरुका समूहरु बनेका हुन्छन् ।
शरीरको सबैभन्दा ठूलो अङ्ग
हाम्रो शरीरका अङ्गहरु सबै एकै आकार प्रकारका हुँदैनन् । कोही अङ्ग साना वा कोही ठूला हुन्छन् । यिनीहरु आफ्नो कामको प्रकृतिअनुसार भिन्नभिन्न आकार प्रकारका हुन्छन् । हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्गको कुरा गर्दा छाला एक नम्बरमा पर्न आउँछ । छालाले करिब करिब हाम्रो पूरै शरीरलाई ढाकेको हुन्छ । एउटा वयस्क मानिसको शरीरको छालालाई फैलाउने हो भने औसत रुपमा त्यसको क्षेत्रफल २० वर्गफीट हुन आउँछ । हाम्रो शरीरको कूल तौलको करिब १५ प्रतिशत हिस्सा छालाले ओगट्छ ।
त्यसैगरी, हाम्रो शरीरका अन्य ठूला अङ्गहरुमा कलेजो दोस्रो नम्बरमा पर्न आउँछ । हाम्रो पेटको दाहिनेपट्टीको माथिल्लो हिस्सामा अवस्थित रहने कलेजोले रगतको माध्यमबाट शरीरको विषाक्तता हटाउने, पाचन प्रणालीलाई दुरुस्त राख्ने लगायतका कामहरु गर्दछन् ।
त्यसैगरी अर्को ठूलो अङ्गमा फोक्सो पर्दछ । छात्तीमा करङहरुको माझमा रहने फोक्सो मानिस जीवित रहनको लागि अत्यावश्यक अक्सिजन ग्रहण गर्ने काम गर्दछ । वायुमण्डलमा रहेको अक्सिजनलाई श्वासप्रश्वासको माध्यमबाट शरीरमा ग्रहण गर्ने तथा शरीरभित्रको कार्बनडाइअक्साइडलाई फ्याँक्ने काममा फोक्सोमो मूल भूमिका रहने गर्छ ।
हाम्रो शरीरको अर्को सबैभन्दा ठूलो अङ्ग आन्द्रा पनि हो । हाम्रो शरीरका अन्य ठूला अङ्गहरुमा फोक्सो, मृगौला जस्ता अङगहरु पर्दछन् । ट्युबको आकारमा पेटमा रहने यो अङ्गले पाचन प्रणालीको मुख्य हिस्सा हो र हामीले खाएका खानेकुराहरुबाट पोषकतत्व सोस्ने काममा यसको मुख्य भूमिका रहने गर्छ ।
हाम्रो शरीरलाई केले थामेको हुन्छ ?
हाम्रो शरीरमा मुख्यतः चार किसिमका तन्तुहरु (Tissues) हुन्छन्– एपिथेलियल, स्नायु, मांपपेशी र कनेक्टिभ । एपिथेलियल तन्तु भन्नाले हाम्रो रक्षात्मक तन्तुहरु पर्दछन् । यसमा शरीरको छाला, मुख, आमाशय र अन्य अङ्गहरुलाई ढाक्ने तन्तुहरु हुन् । स्नायु तन्तुहरुले हाम्रो शरीरको नियन्त्रण प्रणाली हो । यसअन्तर्गत हाम्रो शरीरका मस्तिष्क र स्नायु प्रणाली पर्दछन् । हाम्रा मांसपेशीहरु मांसपेशी तन्तुहरु हुन् । यसले हामीलाई हिँडडुल गर्न सघाउँछ । त्यसैगरी, कनेक्टिभ तन्तुहरु भन्नाले हाम्रा तन्तुहरु र शरीरलाई एकापसमा जोड्ने तन्तुहरु हुन् ।
के कोषहरु जीवित हुन्छन् ?
हाम्रा कोषहरु अत्यन्त सुक्ष्म हुन्छन् । तिनलाई हेर्नका लागि माइक्रोस्कप नै चाहिन्छ । तर तिनको बनावट भने अत्यन्तै जटील हुने गर्छ । कोषलाई झिल्लीले ढाकेको हुन्छन र त्यसले कोषमा पस्ने र निस्कने कुराहरुलाई नियन्त्रण गरिरहेको हुन्छ । त्यसमुनिको जेलीजस्तो हिस्सा साइटोप्लाजम (cytoplasm) हुन्छ जसको संरचनालाई अर्गानेलिज (organelles) भनिन्छ । यो अग्रानेलिज तैरिइरहेको र एकठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ । प्रत्येक अर्गानेलिजहरुको पनि आआफ्नै कामहरु हुन्छन् तर तिनीहरुले परस्परमा मिलेर काम गरिरहेको हुन्छ, जसले गर्दा हाम्रो कोषलाई जीवित एकाईको रुपमा बनाइदिन्छ । उदाहरणको लागि, माइटोकोन्ड्रिया (Mitochondria) ले कोषका गतिविधिहरुलाई सञ्चालन गर्न उर्जा पैदा गरिरहेको हुन्छ भने न्युक्लियस (nucleus) मा चाहिँ कोषलाई सञ्चालन गर्ने सूचनाहरु संग्रहित भएको हुन्छ ।
कोषको विभाजन
हाम्रो शरीरमा कोषहरु निरन्तर निर्माण हुने र मर्ने प्रक्रिया चलिरहेको हुन्छ । अनुमानित रुपमा हाम्रो शरीरमा ३००–३७० खरब (३०–३७ ट्रिलियन) कोषहरु हुन्छन् । शरीरमा नयाँ कोषहरु विभाजनका प्रक्रियाबाट बनिरहेको हुन्छ । यस प्रक्रियालाई माइटोसिस (mitosis) भनिन्छ । माइटोसिस प्रक्रियाले हाम्रो शरीरमा कोषहरु बृद्धि गर्ने काम भइरहेको हुन्छ । त्यसैको फलस्वरुप हाम्रो शरीर बढ्ने, हामीले आफ्नो शरीरलाई तन्दुरुस्त राख्ने तथा मरेका कोषहरु विस्थापन हुने प्रक्रिया निरन्तर रुपमा चलिरहेको हुन्छ । कोष विभाजको प्रक्रिया –माइटोसिस)मा हाम्रो कोषको केन्द्र (न्युक्लियस)मा रहेका सूचना जानकारीहरुको प्रतिलिपी बन्ने र नयाँ उस्तै कोष बन्ने गर्छ । यस प्रक्रियामा माउ कोष उस्तै प्रकृतिका दुईवटा सन्तान कोष (daughter cells) बन्ने र त्यो प्रक्रियाबाट असंख्य कोषहरु बन्ने प्रक्रिया निरुन्तर चलिरहेको हुन्छ ।
मानव शरीरमा सबैभन्दा ठूलो कोष अण्डा हो । महिलाको ओभरी (गर्भाशय)ले पैदा गर्ने अण्डाको आकार ०.१ मिलिमिटर हुन्छ ।
मानिसको शरीरका विभिन्न तन्तुहरुमा विशेष किसिमका कोषहरु हुन्छन् जसलाई स्टेम सेल (stem cells) भनिन्छ । यी स्टेम सेलहरु नै अति तीब्र गतिमा बृद्धि भएर नयाँ नयाँ कोषहरु बन्ने प्रक्रिया चलिरहेको हुन्छ । अलग अलग स्टेम सेलहरुले अलग अलग कोषहरु उत्पादन गर्ने गर्छन् । उदाहरणको लागि, हड्डीभित्रको मासी (bone marrow) मा हुने स्टेम सेलले रक्तकोषहरु उत्पादन गर्ने गर्छ ।
Human Body, everything you never know about the human body बाट
के एआई नियन्त्रणबाहिर जान सक्ने जोखिम छ?
अन्तरिक्षको गहिराइमा भेटियो जीवनको आधारभूत गुलियो तत्त्व
पृथ्वीको नजिकैबाट गुज्रियो विशाल आकाशीय पिण्ड
सूर्य र पृथ्वीको भविष्य: समयको अन्त्यसम्मको एक रोमाञ्चक यात्रा
कार्बन डेटिङ: प्राचीन इतिहास बुझ्ने वैज्ञानिक समय यन्त्र
मानव उत्पत्तिको नयाँ रहस्य: होमो इरेक्टसको जीवित अंश
पृथ्वी सोचेभन्दा धेरै तातिँदै छ: अबको तीन वर्षमा हामी १.५ डिग्रीको 'रेड जोन'…
प्रतिक्रिया