ईश्वरीय सत्तालाई चुनौती दिँदै जीव विकासको सिद्धान्त अघि सार्ने वैज्ञानिक चार्ल्स डार्विन

चार्ल्स डार्विन यस शताब्दीकै महान वैज्ञानिकहरु मध्येका एक हुन् । पृथ्वीमा जीवको उत्पत्ति र विकासबारे उनले नयाँ सिद्धान्त पत्ता लगाएका थिए । उनले पत्ता लगाएको सिद्धान्तलाई नेपालीमा डार्विनको विकासवादी सिद्धान्तभनिन्छ । त्यसलाई अंग्रेजीमा द थेउरी अफ इभोल्युसन बाई न्याचुरल सेलेक्सनभनिन्छ । यो सिद्धान्तले जीवको उत्पत्ति र विकास ईश्वरले गरेका हुने भनेर मानिँदै आएको त्यसबेलाको स्थापित ईश्वरीय सत्तालाई ठूलो चुनौती दिएको थियो । त्यसले गर्दा उनको सिद्धान्त निकै विवादको विषय रहेको थियो । तर आज यसलाई विज्ञानमा निकै महत्वपूर्ण र परिवर्तनकारी विचार मानिन्छ । र, यही सिद्धान्तले उनलाई अजर र अमर पनि बनाएको छ ।

डार्विनको बाल्यकाल र स्कूले जीवन:

चार्ल्स डार्विनको पूरा नाम चार्ल्स रोबर्ट डार्विन हो । उनको जन्म सन् १८०९, फेब्रवरी १२ का दिन बेलायतको स्रिउसबरीमा भएको थियो । उनी रोर्बट वारिङ्ग डार्विन र सुसान वेजवुडका पाँचौ सन्तानका रुपमा जन्मेका थिए । उनका परिवार धनी थिए । उनका बुबा र हजुरबुबा आफ्नो समयका प्रसिद्ध डाक्टर थिए । डार्विन आठ वर्षको छँदा नै उनको आमाको मृत्यु भइसकेको थियो । उनको हेरविचार ठूली दिदी क्यारोलिनले गरेकी थिइन् ।

स्कूलमा जबरजस्ती घोकाइने पाठहरु डार्विनलाई मन पर्दैनथ्यो । उनलाई त स्वतन्त्र ढंगले बालबालिकाहरुको इच्छाअनुसार उनीहरुले विषय रोज्न र पढ्न पाउनुपर्छ भन्ने लाग्थ्यो ।

डार्विनलाई प्रारम्भिक शिक्षा उनको दिदी क्यारोलिनले दिएकी थिइन् । त्यसपछि उनलाई स्रिउसबरीमा रहेको रेभ्ड केसको ग्रामर स्कूलमा भर्ना गरियो । उक्त स्कूल केटाहरुको लागि आवासीय विद्यालय थियो । तर घर नजिकै स्कूल भएको कारण उनी हप्तामा धेरै पटक घर आउन पाउँथे । स्कूलमा इतिहास, ग्रीक आदि जस्ता विषयहरु पढ्न उनलाई निकै अल्छी लाग्थ्यो । अझ ग्रीक भाषामा त उनी निकै कमजोर थिए । स्कूलमा उनी सेक्सपियरको नाटकहरु पढ्न मात्र रुचाउँथे । यसको साथै उनलाई विभिन्न कविताहरु पढ्न पनि मन पर्थ्यो ।

स्कूलमा जबरजस्ती घोकाइने पाठहरु डार्विनलाई मन पर्दैनथ्यो । उनलाई त स्वतन्त्र ढंगले बालबालिकाहरुको इच्छाअनुसार उनीहरुले विषय रोज्न र पढ्न पाउनुपर्छ भन्ने लाग्थ्यो । त्यसैले उनलाई सानोमा सबैले काम नलाग्ने, अल्छे भन्ने गर्थे । मानिसहरुले जबरजस्ती पढाइने त्यसबेलाको प्रचलनअनुसारको पढाइमा ध्यान नदिएका कारण त्यसो भन्ने गरेका थिए । उनलाई स्कूलका अल्छीलाग्दा पाठहरु घोक्नुभन्दा  जीवजन्तुहरुका बारेमा जान्ने बढी इच्छा थियो । त्यसैले उनी बट्टामा कीरा फट्यांग्रा र गड्यौलाहरु जम्मा गर्ने काममा बढी रुचि राख्थे ।  साथै, आफ्नो रुचिअनुसारको विभिन्न किताबहरु पनि पढ्न मन पराउँथे । उनी

वन्डर्स अफ द वल्र्डनामक किताबबाट निकै प्रभावित भएका थिए । त्यही किताब पढेपछि उनमा संसारका विभिन्न प्राकृतिक सम्पदाहरुको बारेमा जान्ने इच्छा पैदा भएको थियो । १३ वर्षको उमेर छँदै उनी दाजु इरास्मससँग मिलेर विभिन्न रासायनिक प्रयोगहरु गरिरहन्थे । यसका लागि उनी र उनका दाजुले घरमै एउटा प्रयोगशाला पनि बनाएका थिए । कहिलेकाहीँ त उनीहरु राति अबेरसम्म पनि विभिन्न खाले ग्याँसहरु बनाउँदै र विभिन्न प्रयोगहरु गर्दै बस्ने गर्थे । यसले गर्दा साथीहरुले उनलाई ग्याँस डार्विनभनेर पनि बोलाउने गर्थे । उनको स्कूलको हेडमास्टरले पनि उनलाई त्यस्तो बेकारको काम नगर भनेर गाली गर्ने गर्थे । डार्विनले भने दाजुको ल्याबमा विभिन्न खाले प्रयोगहरु गर्न सिके । त्यसले उनलाई पछि विभिन्न खाले प्राकृतिक प्रयोगहरु गर्न मद्दत ग¥यो ।

डाक्टर बनाउने पिताका चाहना

डार्विनका पिता उनलाई आफ्नो परिवारका अन्य सदस्यहरु जस्तै डाक्टर बनाउन चाहन्थे । फलतः स्कूलको पढाइ सकिएपछि  उनी सन् १८२५ मा उनी स्कटल्याण्डको सबैभन्दा प्रतिष्ठित इडिनवर्ग विश्वविद्यालयमा भर्ना पनि भए । औषधी विज्ञान पढ्दा त्यहाँ रगतहरुको पनि अध्ययन गर्नुपर्थ्यो । तर उनी रगत देखेपछि एकदमै बिरामी भए । औषधी विज्ञान पढ्ने उनको रुचि पनि थिएन ।  त्यसैले आफ्नो अध्ययनलाई बीचमै छोडे । पछि उनी चर्चमा काम गर्नका लागि क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना भए । त्यहाँ पनि उनको मन पढाइमा लागेन । उनको भित्री रुचि नै जनवार र बोटविरुवाको अध्ययन गर्ने थियो । उनी चर्चको अध्ययनभन्दा पनि प्रकृतिको अध्ययन गर्न चाहन्थे ।

प्राकृतिक सुन्दरताको बारेमा जानेपछि डार्विनको मस्तिष्कमा दक्षिण अमेरिकाको तस्वीरहरु घुम्न थाल्यो । उनमा त्यहाँ जाने इच्छा पलायो ।

मेडिकल कलेजमा पढ्दाकै बेला हो, उनको भेट दक्षिण अमेरिकाबाट आएका जोन एड्मोन्स्टोन गुवानासँग भयो । उनी मेडिकलका विद्यार्थीहरुलाई टेक्सीडर्मीको फाइन आर्टको बारेमा शिक्षा दिन्थे । उनी डार्विन बसेको ठाउँ नजिकै बस्थे । चाँडै जोन र डार्विन निकै मिल्ने साथी भए । सन् १८२६ को फेब्रवरीदेखि डार्विनले एड्मोन्स्टोनसँग कुकुरहरुलाई स्याहार गर्ने तरिकाहरु सिक्न थाले । यो समयमा उनले एड्मोन्स्टोनसँग दक्षिण अमेरिकाको बारेमा धेरै प्रश्नहरु गर्न पनि पाए । त्यहाँको प्राकृतिक सुन्दरताको बारेमा जानेपछि डार्विनको मस्तिष्कमा दक्षिण अमेरिकाको तस्वीरहरु घुम्न थाल्यो । उनमा त्यहाँ जाने इच्छा पलायो ।

विभिन्न ठाउँको यात्रा

दक्षिण अमेरिका जाने उनको सपना केही वर्षपछि नै पूरा भयो । उनले दक्षिण अमेरिकासम्मको यात्रा गरे । २२ वर्षको उमेर उनले गरेको यो यात्रालाई विगल भोयज भनिन्छ ।

त्यति बेला चिलीमा ठूलो भुइँचालो गयो । भुइँचालोले गर्दा दक्षिण अमेरिकाको तटीयक्षेत्रमा करिब १ मिटरले वृद्धि भयो । यो देखेर डार्विन एकदमै छक्क परे । यहीँबाट उनले पृथ्वीको सतहमा आउने बद्लावहरुको बारेमा पनि अध्ययन गर्न थाले ।

सन् १८३१ मा उनले एच्.एम्.एस् विगल नामक जहाजमा एउटा प्राकृतिक वैज्ञानिक भएर विश्वभरिको यात्रामा निक्ले । उक्त यात्राको कप्तान रोबर्ट फिज्रोय थिए । उनीहरुले पहिले दक्षिण अमेरिकाको तटीय क्षेत्र पुगे । डार्विनले त्यहाँका जंगली जनवारहरुको बारे अध्ययन गर्न थाले । उनले त्यहाँको जीवाशेष, ढुंगा र विभिन्न प्राणी र वनस्पतिहहरु पनि जम्मा गरे । त्यति बेला चिलीमा ठूलो भुइँचालो गयो । भुइँचालोले गर्दा दक्षिण अमेरिकाको तटीयक्षेत्रमा करिब १ मिटरले वृद्धि भयो । यो देखेर डार्विन एकदमै छक्क परे । यहीँबाट उनले पृथ्वीको सतहमा आउने बद्लावहरुको बारेमा पनि अध्ययन गर्न थाले । उनले यो विषयमा ब्रिटिस वैज्ञानिक चार्ल्स येलले लेखेको प्रिन्सिपल्स अफ ज्योलोजी नामक किताबको पहिले नै अध्ययन गरिसकेका थिए ।

महत्वपूर्ण टापुहरु

समुद्र र जमिन सँधै बद्लिरहन्छ । के जनवार र प्राणीमा पनि यस्तै बद्लावहरु आउँछन् ? यो प्रश्न सधैं डार्विनको मनमा खेलिरहन्थ्यो । यस विषयमा अध्ययन गर्ने क्रममा उनले प्रशान्त महासागरमा रहेको ग्यालावागोस टापुहरुको यात्रा गरे । त्यहाँका विभिन्न टापुहरुमा रहेका जनवारहरु प्रायः एकै प्रकारका थिए । तर अलग अलग टापुहरुमा रहेका जनवारहरुमा केही भिन्नताहरु भने अवश्य थिए । विभिन्न ठाउँमा फरकफरक खानाहरु पाइन्थ्यो । त्यसैको कारणले गर्दा नै ठूलो कछुवा, मोकिङ्ग चरा आदिको उत्पति भएको कुराको उनी अध्ययन र विश्लेषण गर्न थाले ।

घरमा फर्केपछि

विगलमा ५ वर्षको यात्रा गरेपछि उनी बेलायत फर्के । उनले लण्डनमा बसेर आफूले बोकेर ल्याएको जीवाशेष, बोटविरुवा आदिको अध्ययन गर्न थाले । उनले सन् १८३९ मा जर्नल अफ रिर्सच नामक किताब प्रकाशित गरे । यो किताब उनको यात्राको सम्बन्धमा थियो । यो किताबको बिक्री राम्रै भयो ।

उनले सन् १८३९ मा जर्नल अफ रिर्सच नामक किताब प्रकाशित गरे । यो किताब उनको यात्राको सम्बन्धमा थियो ।

डार्विनले रोबर्ट थोमस माल्थसको प्रिन्सिपल अफ पपुलेसन (१७९८) नामक किताब पढे । उक्त किताबमा माल्थसले कसरी मानिस र अन्य प्राणीले बाँच्न सक्नेभन्दा धेरै बच्चाहरु जन्माउँछन् भन्ने कुरा प्रस्तुत गरेका थिए । यो किताब पढेपछि उनले प्रकृतिले नै को बाँच्ने वा नबाँच्ने भन्ने कुरा छुट्याउँछ वा निर्धारण गर्छभन्ने विचारको विकास गरे । यो विचार उनले १८४० मा विकास गरेका थिए । तर यस बारेमा उनले प्रचारप्रसार गरिहाल्न हिच्किचाए ।उनको विचारले अघि सारेको मान्यतालाई बाइबल र धर्ममा विश्वास गर्नेले मान्दैन भन्ने उनलाई थाहा थियो । किनभने तिनीहरु प्रकृतिले भन्दा भगवानले सबै कुराको सृजना गर्छन् भन्ने कुरामा विश्वास राख्थे । भगवानले सृजना गरेको कुनै पनि कुरा बद्लिँदैन भन्ने धारणा त्यसबेला व्याप्त रहेको थियो ।

वैवाहिक जीवन र पुस्तक प्रकाशन

सन् १८३९ मा डार्विनले इमा वेजवुडसँग विवाह गरे । विवाहपछि उनीहरु केन्टको डौनमा रहेको डाउन हाउसमा बसाइँ सरे । उनीहरुले १० जना छोराछोरीलाई जन्म दिए ।  तीमध्ये ३ जनाको भने सानै उमेरमा मृत्यु भयो । दक्षिण अमेरिकामा हुँदा लागेको रोगको कारण डार्विन आफैं पनि बिरामी हुन थाले ।

सन् १८५८ मा डार्विनले मलेसियाबाट ल्फ्रेड रसेल वालेसको एउटा चिठ्ठी प्राप्त गरे । वालेस पनि प्राकृतिक वैज्ञानिक नै थिए । उक्त चिठ्ठीमा वालेसले जीवजन्तुको विकासको बारेमा आफ्नो विचारहरु लेखेर पठाएका रहेछन् ।

सन् १८५८ मा डार्विनले मलेसियाबाट ल्फ्रेड रसल वालेसको एउटा चिठ्ठी प्राप्त गरे । वालेस पनि प्राकृतिक वैज्ञानिक नै थिए । उक्त चिठ्ठीमा वालेसले जीवजन्तुको विकासको बारेमा आफ्नो विचारहरु लेखेर पठाएका रहेछन् । उनको विचार डार्विनका विचारहरु धेरै हदसम्म मेल खान्थ्यो । यो चिठ्ठीले उनलाई लण्डनको लिनेन समाजमा यसबारेमा भाषण दिने र आफ्नै किताब लेख्ने हौसला प्रदान गर्यो । सन् १८५९ उनले अन द ओरिजिन अफ स्पेसिस बाई द मिन्स अफ न्याचुरल सेलेक्सनभन्ने किताब प्रकाशित गरे । उनको यो किताब अहिलेसम्म कै धरै बिक्री हुने किताबको सूचीमा पर्दछ ।

डार्विनले आफ्नो त्यस किताबमा कसरी जीवित प्राणीहरु समयसँगै बद्लिन्छन् वा कसरी तिनीहरुको विकास हुन्छ भन्ने सिद्धान्तको व्याख्या गरेका थिए । जुन प्राणी बद्लिँदो वातावरणसँग मिलेर बस्न सक्छ, त्यही प्राणी मात्र धेरै समयसम्म बाँच्न सक्छ भन्ने उनको धारणा रहेको थियो ।

डार्विनको यस सिद्धान्तअनुसार डायनासोर अकारमा ठूलो भएपनि बद्लिँदो वातावरणसँग मिल्न नसकेर लोप हुन पुग्यो । तर साङ्गलेकीरा आकारमा सानै भएपनि वातावरणमा घुलमिल हुन सकेर आजसम्म बाँचिरहेको छ । डार्विनका अनुसार प्रकृति वा वरिपरिको वातावरणसँग घुलमिल हुने र पुस्तौंपुस्तासम्म जीव बाँच्ने र विकास हुने यस्तो विशेषताहरु एकपछि अर्को पिँढीमा सर्दै जान्छ । यसक्रममा लामो समय पारगरिसक्दा धेरै प्राणीहरु बद्लिँदो वातावरणमा बाँच्नका लागि आफूलाई पनि बद्लिँदै जान्छन् ।

डार्विनको यस सिद्धान्तअनुसार डायनासोर अकारमा ठूलो भएपनि बद्लिँदो वातावरणसँग मिल्न नसकेर लोप हुन पुग्यो । तर साङ्गलेकीरा आकारमा सानै भएपनि वातावरणमा घुलमिल हुन सकेर आजसम्म बाँचिरहेको छ ।

यस्तो प्रक्रियाबाट नयाँ नयाँ प्रकारका जीवहरुको उत्पत्ति पनि हुन्छ र पुराना खालका जीवहरुको सन्तान नै पनि मासिएर जान्छ । डार्विनले अगाडि सारेको यो सिद्धान्तलाई नै विकासवादको सिद्धान्त भनिन्छ ।

सिद्धान्तले विवाद जन्मायो !

आफ्नो सिद्धान्त धर्मले मानिआएको कुराको विपरीत छ र यो प्रकाशमा आएपछि ठूलो विवाद हुने कुरा डार्विनलाई थाहा थियो । नभन्दै त्यस्तै भयो । उनको किताब प्रकाशित भएपछि त्यसले ठूलो विवाद निम्तायो । डार्विनले आफ्नो किताबमा 'मानिसको पुर्खा र बाँदरको पुर्खा एउटै हुन्' भनेका थिए । धेरैले यो कुराको खिल्ली उडाए । किनभने उनको यो भनाइ त्यसअघि मानिसले मान्दै आएको कुरा सबै जीवजन्तु र प्राणीलाई भगवानले बनाएको भन्ने कुराको विरुद्ध थियो ।

डार्विनले आफ्नो किताबमा 'मानिसको पुर्खा र बाँदरको पुर्खा एउटै हुन्' भनेका थिए । धेरैले यो कुराको खिल्ली उडाए । किनभने उनको यो भनाइ त्यसअघि मानिसले मान्दै आएको कुरा सबै जीवजन्तु र प्राणीलाई भगवानले बनाएको भन्ने कुराको विरुद्ध थियो ।

जीव विकासको बारे आफूले लामो समयसम्म अध्ययन गरेर अघि सारेको सिद्धान्तले बिना सोचविचार र अध्ययन खिल्ली उडाएको कुराले डार्विन निकै दुःखी भए । तर चाँडै नै धेरैले डार्विनको उक्त तर्कमा वैज्ञानिक तथ्य रहेको कुरा थाहा पाए । त्यसपछि धेरैले उनको सिद्धान्तको समर्थन पनि गर्न थाले । उनको सिद्धान्तलाई सबैभन्दा धेरै समर्थन थोमस हेनरी हक्सले नामक वैज्ञानिकले गरेका थिए ।

अध्ययनशील डार्विन

डार्विन किताब पढ्न असाध्य रुचाउँथे । सानैदखि शुरु भएको यो बानी उनको जीवनभर नै रहिरह्यो । पहिले उनी सेक्सपियरका किताबहरु पढ्थे । सन् १८२६ पनि भने उनले प्राकृतिक इतिहाससम्बन्धी किताबहरु पनि पढ्न थाले । उनले द न्याचुरल हिस्ट्र अफ सेल्बोर्न, न्याचुरल थियोलोजी, प्रिलिमनरी डिस्कोर्स अन स्टडी अफ नेचुरल फिलोसोफीजस्ता किताबहरु पढ्ने गर्थे । सुरुमा साहित्यिक रचनाहरु पढे पनि पछि गएर उनले विशेष गरेर विज्ञानसम्बन्धी किताबहरु नै पढने गर्थे ।

डार्विन किताब पढ्न असाध्य रुचाउँथे । सानैदखि शुरु भएको यो बानी उनको जीवनभर नै रहिरह्यो । पहिले उनी सेक्सपियरका किताबहरु पढ्थे । सन् १८२६ पनि भने उनले प्राकृतिक इतिहाससम्बन्धी किताबहरु पनि पढ्न थाले ।

डार्विन आफैंले पनि विभिन्न किताबहरुले लेखेका छन् । उनले लेखेका किताबहरुमा द ओरिजिन अफ स्पेसिस बाई द मिन्स अफ न्याचुरल सेलेक्सन, द डिसेन्ट अफ म्यान एण्ड सेलेक्सन इन रिलेसन टु सेक्स प्रसिद्ध छन् । उनका यी कृतिहरुलाई जीव विज्ञानको क्षेत्रमा ठूलो धरोहर मानिन्छ ।

सम्मान र पुरस्कारहरु

आफ्नो जीवनको अन्त्यतिर डार्विनले आफ्नो धेरै समय घरमा नै बिताए । यति बेला उनले बगैँचामा नयाँ प्रकारको फूल उत्पादन गर्ने तरिकाहरुको बारेमा किताब प्रकाशित गरे । उनले गँड्यौलाले कसरी जमीन उर्बर बनाउन मद्दत गर्छ भन्ने बारेमा पनि किताब लेखे । सन् १८७१ मा उनले मानिसका पुर्खा र बाँदरको पुर्खा एकै हुन्  भन्रे बारेमा वैज्ञानिक ढंगले चर्चा गर्दै  द डिसेन्ट अफ म्यान नामक किताब पनि प्रकाशित गरे । उनले गरेका योगदानहरुवापत उलाई रोयल सोसाइटीको सदस्य बनाइयो । यसको साथै उनलाई धेरै सम्मान र पुरस्कारहरु पनि प्रदान गरियो । उनको मृत्यु सन् १८८२ अप्रिल १९ तारिखका दिन भएको थियो । उनको अन्तिम संस्कार ठूलो सम्मानका साथ लण्डनको वेटमिन्सटर एबेमा गरियो ।

https://cdn11.bigcommerce.com/

यस्तो थियो डार्बिनको हुलिया !

चार्ल्स डार्विन करिब ५ फिट, ११ इन्च अग्ला थिए । उनको वजन करिब १४८ पाउण्ड थियो । उनको कपालको रंग गाढा खैरो रंगको थियो । उनको कपाल भने बाक्लो र छेउमा एकदमै घुमाउरो थियो । उनको आँखा निलोखैरो रङ्गको थियो । उमेर ढल्किँदै जाँदा उनका कपाहरु पनि विस्तारै झर्दै गए । उनको अनुहारमा पनि चाउरी पर्न थाले र उनको वजनमा पनि वृद्धि भयो । अरुले सजिलै नचिनोस् भनेर सन् १८६६ सम्ममा त उनले हल्का सेतो रङ्गको दाह्री पनि पालिसकेका थिए । त्यही साल उनी रोयल सोसाइटीमा मिटिङ्गमा जाँदा उनका नजिकका मित्र जोसेफ हुकरले पनि उनलाई चिन्न सकेनन् ।

उनी गफ गर्न निकै रुचाउँथे । बोल्दा पनि उनी हातको इसाराहरु धेरै प्रयोग गर्थे । उनी अरुले भनेको कुरालाई एकदमै ध्यान दिएर सुन्ने पनि गर्थे । उनी हाँस्दा बढो खुलेर हाँस्ने गर्थे । कहिलेकाहीँ त हाँस्दा उनी आफ्नो दुईवटै हातलाई उठाएर खुट्टामा हिर्काउने पनि गर्थे । कुरा गर्दा कहिलेकाहीँ उनको जिब्रो लट्पटाउने गथ्र्यो । विशेष गरेर ध् अक्षरबाट सुरु भएको शब्दको उच्चारण गर्दा उनलाई निकै अप्ठ्यारो महसुस हुन्थ्यो । आफ्नो जानेको वा अध्ययनको विषय बाहेक अन्य विषयमा उनी वादविवाद वा तर्क प्रस्तुत गर्न पनि रुचाउँदैन थिए ।

सानो उमेरदेखि नै डार्विन निक्कै सोचविचार गरिरहन्थे । उनी प्रायः विभिन्न कुरा सोचेर टोलाएर बस्ने गर्थे । एक दिन उनी एउटा ढुंगाको पर्खालमाथि चढेर केही कुरा सोँच्दै हिँडिरहेका थिए । हिँड्दा हिँड्दै आफ्नो सोँचमा डुबेर उनी उक्त पर्खालबाट ८ फिट तल भूइँमा खस्न पुगेका थिए । उनी खेलकुदमा भने निकै दक्ष थिए । विशेष गरेर पौडी र ढुंगा फ्याँक्ने खेलमा उनी निकै प्रभावशाली थिए ।

Main image: https://palitka.com

 

 

 

डार्विनको छायाँमा परेका वालेस

https://ichef.bbci.co.uk/i\

जीव विकासको क्षेत्रमा डार्विन जस्तै अर्को महान् वैज्ञानिक हुन् अलफ्रेड रसेल वालेसर्षसम्म इन्डोनेसियाको जंगलमा वन्यजीवनको अवलोकन र नमुना संकलन गर्ने क्रममा उनले किरा फट्यांग्रा, चराहरु र जनावरहरुका करिव १ लाख नमुना संकलन गरेका थिए ।

आफ्नो अध्ययनको क्रममा १८५५ तिर वालेस के निस्कर्षमा पुगे भने जीवित स्तुमा क्रमिक विकास हुन्छ। तर त्यो कसरी हुन्छ भनेर उनले ठम्याउन सकेका थिएनन्।

त्यसको करिब तीन र्ष पछिको कुरा हो । वालेस ज्वरो आएर बिरामी परेर सुतेका थिए। उनी जीव विकासकै बारेमा सोचविचार गरिरहेका थिए । अचानक उन के निष्कर्षमा पुगे भने आफ्नो वरिपरिको वातावरणमा अनुकुल हुने क्रममा जीवजन्तुहरुमा क्रमिक विकास हुन्छ।

वालेसले आफूले ठम्याएको कुरालाई करिब ८-९ पेज लामो लेखमा र्णन गरे। अनि त्यो लेखलाई प्रकाशित गर्नुभन्दा अगाडि 'पियर रिभ्यु' गर्नको लागि प्राकृतिक विज्ञानको क्षेत्रमा खोज गरिरहेका र नाम कमाएका फूभन्दा अग्रज चार्ल्स डार्विनलाई पठाए।

भनिन्छ, चार्ल्स डार्विन पनि लगभग त्यहि समयमा वालेसकै जस्तो निस्कर्षमा पुगेका थिए। वालेसको ठम्याइले डार्विनलाई उत्प्रेरणा प्रदान गर्यो । १८५८ मा वालेस र डार्विनले क्रमविकास र प्राकृतिक छनौटको सिद्धान्तका बारे संयुक्त रुपमा लेख प्रकाशित गरे। यसले मानव जतिको उत्पति सम्बन्धी परम्परागत धारणामा ठुलो हलचल ल्यादियो।

अर्को र्ष डार्विनले क्रमिक विकास र प्राकृतिक छनौको सिद्धान्तबारे आफ्नो प्रख्यात पुस्तक 'ओरिजन अफ स्पिसिज' प्रकासित गरे। तत्पश्चात डार्विन प्रसिद्धिको शिखर तर्फ चड्दै गए। वालेस भने गुमनामीको अँध्यारोमा हराउदै गए। त्यसैले उनलाई डार्विनको छायाँमा परेका महान् वैज्ञानिक भनेर मान्नेहरुको कुनै कमी छैन ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।