बौद्धिक विमर्शको खडेरीबीच ‘बसन्तको मेघगर्जन’ !
नेपाल अध्ययन केन्द्रले माघ २३ गते संघीय राजधानी काठमाडौंमा ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ शीर्षकमा राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ ।

उक्त गोष्ठीमा मुख्य वक्ताको रुपमा नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले सम्बोधन गरेका थिए ।
डा. देवेन्द्रराज पाण्डेको सम्बोधनपश्चात कार्यक्रम दुई सत्रमा सञ्चालन गरिएको थियो । दुई सत्रमा सञ्चालित कार्यक्रमको पहिलो सत्रमा अर्चना थापा, कृष्ण खनाल, सिके लाल र हरि शर्माले आफ्नो अवधारणाहरु राखेका थिए । सो पहिलो सत्रको सञ्चालन एवं सहजीकरण बुद्धिजीवी झलक सुवेदीले गरेका थिए ।





कार्यक्रमको दोस्रो सत्रमा विभिन्न पार्टीका दोस्रो पुस्ताका नेताहरुले आफ्ना धारणाहरु राखेका थिए । त्यसरी धारणा राख्नेहरुमा ओनसरी घर्ती मगर, धनश्याम भुसाल, मिनेन्द्र रिजाल, पृथ्वी सुब्बा गुरुङ र सन्तोष परियार थिए ।




कार्यक्रममा चर्चित गायक आभाषले दुई वटा गीत गाएका थिए भने कवि राजु स्याङतानले कविता सुनाएका थिए ।


तुलनात्मक रुपमा पहिलो सत्र व्यवस्थित र विषय केन्द्रीत रहेको थियो भने दोस्रो सत्रमा नेताहरुले परम्परागत शैलीमा आफ्ना भनाइहरुलाई राखेका थिए ।
गहन विषयहरुमा निरन्तर भइरहनुपर्ने बौद्धिक मन्थनसहितको छलफल–अन्तर्क्रियाहरुको भयानक खडेरी चलिरहेका वर्तमान अवस्थामा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको सो गोष्ठी ‘वसन्तको मेघगर्जन’ जस्तै शीतलता प्रदान गर्ने खालको थियो । तर खड्केको कुरा चाहिँ नेताहरुको विषयकेन्द्रीत हुन नसकेको पट्यारलाग्दो गन्थन र गोष्ठीका श्रोताहरुको समेत प्रतिनिधित्व हुने गरी सहभागी गराई प्रश्नोत्तर सत्र सञ्चालन नगरिनु थियो । आगामी दिनहरुमा आयोजकहरुले यस विषयमा ध्यान दिने अपेक्षा गर्न अर्घेल्याइ नठहर्ला ।
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
प्रतिक्रिया