काठमाडौंमा ३० दिन लामो निषेधाज्ञा
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले मंसिर ४ गते एक आदेश जारी गर्दै काठमाडौंका केही तोकिएका ठाउँहरुमा जुलुस, भेला, प्रदर्शन तथा विरोधका कार्यक्रमहरु गर्न रोक लगाएको छ ।
त्यसरी निषेधाज्ञा लगाएका क्षेत्रहरुमा पद्मोदय मोडदेखि सिंह दरवार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, विजुलीबजार पुल हुँदै नयाँ वानेश्वर चोकसम्म रहेका छन् ।
आगामी मंसिर सातमा हुने भनेको दुर्गा प्रसाईंहरुको प्रदर्शन र समानान्तर रुपमा नेकपा एमाले समर्थित युवासंघले आयोजना गर्न लागेको पूर्वसन्ध्यामा यो निषेधाज्ञा जारी गरिएको छ ।
यी दुई भिन्न समूहको एकै दिन हुने प्रदर्शनले राजधानीमा भिडन्त र अराजकताको स्थिति उत्पन्न हुन सक्ने आशंका गरिएको थियो । सोही पृष्ठभूमिमा यो निषेधाज्ञा आएको हो ।
स्मरणीय के छ भने, यो निषेधाज्ञा एक महिना लामो समयावधि किटेरै लगाइएको छ । यसअघि यति लामो समयसम्म निषेधाज्ञाहरु विरलै लगाइने गरिन्थ्यो ।

देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
ट्रम्पको घोषणा: मादुरोको ‘पक्राउ’ पछि भेनेजुएला अमेरिकाले चलाउने
तेक्वान्दो खेलमा नेपाली खेलाडीहरुको शानदार विजय
प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…
प्रतिक्रिया