प्यालेष्टाइनको समर्थनमा प्रदर्शन
हाल गाजापट्टीमाथि भइरहेको इजरायली आक्रमणलाई रोकेर तुरुन्तै युद्धविराम गरिनुपर्नेे माग गर्दै वृहत् नागरिक आन्दोलनले कात्तिक १४ गते विशेष प्रदर्शन गरेको छ ।
ललितपुरको मंगलबजार दरवार क्षेत्रमा रहेको मंगाःहितिमा प्यालेष्टिनी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै गरिएको सो प्रदर्शनमा अहिले नै युद्धविराम गर, अर्काको देशमाथि आधिपत्य बन्द गर, नरसंहार बन्द गर, गाजामाथिको प्रतिबन्ध हटाउ, प्रतिरोध, हामीले भुल्ने छैनौं, नेपालका आदिवासी जनता प्यालेष्टिनीका साथमा, नरसंहारमा लगानी बन्द गर, मेरो नाममा हैन है, प्यालेष्टिनीहरुलाई प्रतिरोध गर्ने अधिकार छ, प्यालेष्टाइनको सीमाना–नदीदेखि समुद्रसम्म, युद्ध संयन्त्रका विरुद्ध संसार एकताबद्ध बनौं लगायतका नाराहरु नेपाली तथा अंग्रेजी भाषामा लेखिएका प्लेकार्डहरु समेत प्रदर्शन गरिएका थिए ।
कार्यक्रममा पत्रकार, लेखक तथा विश्लेषक राजेन्द्र महर्जनले हालको परिस्थितिबारे प्रकाश पारेका थिए भने चर्चित कवि विमल निभा लगायत अन्य विभिन्न कवि–वक्ताहरुले प्यालेष्टाइनका पक्षमा लेखिएका स्वदेशी तथा विदेशी कविका कविताहरु पाठ गरेका थिए ।










देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
ट्रम्पको घोषणा: मादुरोको ‘पक्राउ’ पछि भेनेजुएला अमेरिकाले चलाउने
तेक्वान्दो खेलमा नेपाली खेलाडीहरुको शानदार विजय
प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…
प्रतिक्रिया