इजरायल घटनाका मृतकको सम्मानमा राष्ट्रिय शोक
इजरायलमाथि प्यालेष्टाइनी समूह हमासले गरेको भीषण आक्रमणमा परी १० जना नेपालीहरु समेतको ज्यान गएको छ । विदेशी भूमिमा अप्रत्याशित ढंगले मृत्युवरण गर्न बाध्य तुल्याइएका तिनै नेपालीको सम्मानमा सरकारले असोज २३ गते मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
राष्ट्रिय शोक मनाउनका लागि मंगलबार देशभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
असोज २२ गते सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको हो । सोही बैठकले मृतकहरुप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेको छ । त्यसबाहेक, मृतक परिवारलाई राहतस्वरुप जनही १० लाख पनि उपलब्ध गराइने भएको छ । सोही बैठकले इजरायल सरकारसँगको समन्वय र सहयोगमा इजरायलस्थित नेपाली दूतावासले बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने निर्णय गरेको छ ।
सरकारले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव ल्याउन पहल थालेको छ ।
स्मरण रहोस्, वैदेशिक रोजगारीका लागि इजरायल पनि नेपालीहरुको लागि एउटा प्रमुख गन्तव्य हो । हज्जारौं नेपालीहरु अहिले पनि इजरायलमा श्रम कार्यमा खटिइरहेका छन् । अहिलेको विषम परिस्थितिमा नेपाल फर्कन चाहनेलाई दूतावासले समन्वय गरी लगत संकलन गर्ने र तिनीहरुलाई नेपाल फर्काउने भएको छ ।
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण
वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण
राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान
प्रतिक्रिया