पायलट बाबाको आध्यात्मिक शिविर हुने
'ध्यान-योग तथा समाधि' विषयमा महायोगी पायलट बाबाको ५ दिने आध्यात्मिक शिविर नेपालको चितवन जिल्लामा हुने भएको छ। उक्त शिविर मङ्सिर ८ दिख १२ सम्म चितवनको 'लेक ट्वेंटी थाउजेंड फार्म एंड रिट्रीट रिसोर्ट'मा हुनेछ । त्यसका लागि पाइलट बाबा मंसिर ६ गते चितवन आइपुग्ने कार्यक्रम छ ।
हरिद्वार स्थित पायलट बाबा आश्रम र महायोग फाउन्डेसनले सो जानकारी दिएको हो ।
'भिजिट चितवन २४' को पुर्व संध्यामा सो शिविर आयोजना हुँदैछ ।
पायलट बाबाले 'क्लास' भन्न रुचाउने शिविर अवधिमा विभिन्न यौगिक क्रिया - मुद्रा -ध्यान विधि गराउनुका साथै योगको सूक्ष्म रहस्यबारे प्रशिक्षण दिनुहुनेछ । पाइलट बाबाको भनाइमा 'योग गर्ने भन्दा बुझ्ने कुरा हो, यसलाई बुझ्न साथ चुटकीका भरमा जीवन र सोच एवम धारणा परिवर्तित हुन्छ।'
स्मरण रहोस्, यस्ता शिविरहरु नेपालमा मात्रै विश्वका अन्य मुलुकहरुमा पनि सञ्चालित हुने गरेका छन् ।
पायलट बाबाको मङ्सिर ६ गते देखि हुने नेपाल भ्रमणमा बाबाको शिष्याद्वय महामंडलेश्वर योग माता चेतना, महामंडलेश्वर योग माता श्रद्धाका साथै शिष्या सावित्री ऐमा लगायतका अन्य थुप्रैको सहभागिता हुनेछ। बाबाको यस आध्यात्मिक शिविरका लागि भारत तथा नेपालमा संयोजनको काम नेपाली पत्रकार ज्ञानमित्रले गर्दै छन्।
देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
ट्रम्पको घोषणा: मादुरोको ‘पक्राउ’ पछि भेनेजुएला अमेरिकाले चलाउने
तेक्वान्दो खेलमा नेपाली खेलाडीहरुको शानदार विजय
प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…
प्रतिक्रिया