नेपाल चीनको सम्बन्ध र सम्पर्क
नेपाल र चीनबीचको सम्बन्ध लामो छ र सांस्कृतिक तथा ऐतिहासिक रूपमा गहिरो छ। नेपालका हरेक नागरिक र राजनीतिक वृत्तले के बुझ्नुपर्छ भने सिमाना जोडिएको देश केवल एउटा ‘अर्को देश’ मात्र होइन, त्यो छिमेकी देश हुन्छ। अर्थात् छिमेकी देशसँग आँत जोडिएको हुन्छ। त्यहाँका पर्व र प्लेग दुवैले छुन्छन्। भूराजनीति भनेको यही हो।
नेपाल र चीन सभ्यताको प्रारम्भदेखि जोडिएका छन्। नेपाली बुद्धको चेतना चीनमा प्रवाह भएको छ, चीनले पत्ता लगाएको धानको चामलको टीका हाम्रो निधारमा आशीर्वादको प्रतीक बन्छ। यो सन्निकटताको प्रशंसक हरेक नेपाली छ। अर्थात् हरेक नेपाली भारत र चीनको नजिक जन्मदिनदेखि नै हुन्छ। अतः यी दुई छिमेकीसँगको सम्बन्धमा खेलबाड गर्नु पहिरोको तल बसेर ध्यान गर्नु जस्तै हो। त्यो यथार्थको अनुभूति गर्ने क्षमता नै भूराजनीति हो। अतः यी दुई देशसँगको सन्तुलन बिगार्ने कुनै सानो-ठूलो गल्ती हाम्रो लागि ‘विस्मयकारी हुन सक्छ भन्ने हरेक नागरिक, कर्मचारी र राजनीतिक कर्मीले बुझ्नु आवश्यक छ।’ यो भनाइको पुष्टि गर्न नेपाल र चीनबीचको सम्बन्ध र सम्पर्कको ऐतिहासिक झलकको स्मरण गर्नु यो लेखको उद्देश्य हो।
दुई छिमेकीसँगको सम्बन्धमा खेलबाड गर्नु पहिरोको तल बसेर ध्यान गर्नु जस्तै हो। त्यो यथार्थको अनुभूति गर्ने क्षमता नै भूराजनीति हो। अतः यी दुई देशसँगको सन्तुलन बिगार्ने कुनै सानो-ठूलो गल्ती हाम्रो लागि ‘विस्मयकारी हुन सक्छ भन्ने हरेक नागरिक, कर्मचारी र राजनीतिक कर्मीले बुझ्नु आवश्यक छ।
प्राचीन कालदेखिको सम्पर्क:
इतिहासमा के कुरा अभिलेखबद्ध छ भने ‘प्राचीन कालदेखि चीनको अन्तिम राजवंश 'चिङ्ग (Qing) वंश' सम्म नेपाल र चीनका बीचमा व्यापारिक, धार्मिक, प्राविधिक, कला, राजनीतिक र कहिलेकाहीँ सैन्य स्तरमा सम्पर्क र सम्बन्ध रहँदै आएको छ।’ ऐतिहासिक तथ्य, मिति र स्रोतसहित नेपाल-चीन सम्बन्धका मुख्य स्तम्भहरू यस्ता छन्:
१. प्राचीन तथा लिच्छविकाल:
प्रारम्भमा दुई देशबीचको सम्पर्क मुख्यतया बौद्ध धर्म र तीर्थाटनका माध्यमबाट अघि बढेको इतिहासले देखाउँछ। शाक्य भिक्षु बुद्धभद्रको चीन यात्रा (सन् ४०६–४०९) यस इतिहासको एउटा कोसेढुङ्गा हो। कपिलवस्तुमा जन्मेका नेपाली बौद्ध विद्वान् बुद्धभद्र चिनियाँ यात्री फा स्यानको निमन्त्रणामा सन् ४०६ मा चीन गएका हुन्। सन् ४०९ मा चीन पुगेर उनले नेपाललाई त चिनाए नै, उनले बौद्ध ग्रन्थहरूको चिनियाँ भाषामा अनुवाद गर्न ठूलो सहयोग गरे। यी कुरा चीनबाट बुद्धको जन्मस्थल नेपालको कपिलवस्तु लुम्बिनी आएका चिनियाँ विद्वान् फा स्यान (Fa Xian) को ऐतिहासिक वृत्तान्त र सुआन जाङ (Xuan Zang) को वृत्तान्तमा लिपिबद्ध छन्।
फा स्यान पाँचौँ शताब्दीमा र सुवान जाङ्ग सातौँ शताब्दीमा बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु आएका थिए। सुवान जाङ्गले आफ्नो यात्रा संस्मरणमा लिच्छविकालिन काठमाडौँ उपत्यकाको समृद्धि र कैलाशकुट भवनको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
यो कुरा सुवान जाङ्गको स्वेन यात्रा संस्मरण, तांङ साम्राज्यको पश्चिमी क्षेत्रको विवरण अभिलेख ‘सियुकि’ (Si-Yu-Ki - Great Tang Records on the Western Regions) मा अभिलेखबद्ध रहेको छ।
राजकुमारी भृकुटी र स्रङचङ गम्पोको विवाह (सन् ६२० वा ६३० को दशक) अर्को ऐतिहासिक कडीको रूपमा रहेको छ। लिच्छवि राजा उदयदेवकी छोरी र नरेन्द्रदेवकी बहिनी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसँग भयो। यो विवाहले नेपाल, तिब्बत र चीन (तांङ वंश) लाई सांस्कृतिक र पारिवारिक रूपमा जोड्ने काम गरेको छ। भृकुटीले नेपालबाट लगेको हरित तारा (Green Tara) को मूर्ति र बौद्ध ग्रन्थले तिब्बत र चीनमा ठूलो प्रभाव पारेका थिए। यी ग्रन्थहरू तिब्बत मार्फत चीनको तांङ साम्राज्य पुगे। यी ऐतिहासिक घटनाले नेपालको उत्तरतर्फको सम्पर्क र निकास स्थापना गरे र त्यसबेलाको दक्षिणको आक्रामक मगध साम्राज्यको नेपालप्रतिको व्यवहारलाई सन्तुलित बनाए।
नेपाल दक्षिण एसियाको एउटा तुलनात्मक सानो भूमि वा उत्तरी क्षेत्र मात्र थिएन, यो उत्तरको चीन र दक्षिणको मगध जोड्ने एउटा सांस्कृतिक र व्यापारिक सेतु पनि थियो
अब उप्रान्त नेपाल दक्षिण एसियाको एउटा तुलनात्मक सानो भूमि वा उत्तरी क्षेत्र मात्र थिएन, यो उत्तरको चीन र दक्षिणको मगध जोड्ने एउटा सांस्कृतिक र व्यापारिक सेतु पनि थियो र यस विकासले नेपालले सम्मान र धन दुवै कमायो।
यो विकाससँगै नेपाल र चीनबीचको सम्पर्क र सम्बन्ध अझै उन्नत बन्यो, जब राजा नरेन्द्रदेव र चिनियाँ राजदूत वाङ सुआनचे (Wang Xuance - सन् ६४७-६४८) बीच सम्पर्क स्थापना भयो। चिनियाँ तांङ वंशका सम्राटले नेपाल हुँदै मगधतर्फ पठाएका राजदूत वाङ सुआनचेको समूहमाथि नेपालमा निकै महिना बसेर बोधगया र नालन्दा जाँदा मगधका अधिकारी अर्जुनले आक्रमण गरे। उनले नेपाल र तिब्बतसँग सहयोग मागे र तांङ सम्राट लि समिनको अनुरोधमा राजा नरेन्द्रदेवले ७,००० भन्दा बढी घोडचढी सेना पठाई चिनियाँ राजदूतको रक्षा गरेका थिए। ल्हासामा निर्वासित नरेन्द्रदेवले आफ्नो गुमेको गद्दी फिर्ता पाउन पनि तिब्बत/चीनको सहयोग लिएका थिए। यी तथ्यहरू चिनियाँ ऐतिहासिक ग्रन्थ 'तांङ इतिहास संग्रह' (Tang Shu) मा अभिलेखबद्ध छन्।
आजको नेपाल-चीन सम्बन्धको ऐना हाम्रो लामो इतिहास हो र वर्तमान नेपाल-चीन सम्बन्धलाई इतिहासको यो ऐनामा हेर्न सकिएन भने नेपालको भूराजनीतिको संरचना भत्किने छ।
यी विवरणले नेपाल-चीन सम्बन्धको गहिरो सम्पर्क र अन्तर्क्रियाको अवस्थाको ऐतिहासिकता प्रकट गर्छन्। यस सन्दर्भमा आजको नेपाली जनमानसले के बुझ्नुपर्छ भने कुनै ‘नेपाली चीनपक्षधर’ हो वा होइन भन्ने भनाइको कुनै अर्थ छैन। इतिहासले नै हरेक नेपालीलाई छिमेकी चीनसँग जोडेको छ। अतः जसरी हरेक नेपाली भारतसँग जोडिएको छ, त्यसरी नै हरेक नेपाली चीनसँग पनि जोडिएको छ। के मान्न हामी बाध्य छौँ भने आजको नेपाल-चीन सम्बन्धको ऐना हाम्रो लामो इतिहास हो र वर्तमान नेपाल-चीन सम्बन्धलाई इतिहासको यो ऐनामा हेर्न सकिएन भने नेपालको भूराजनीतिको संरचना भत्किने छ।
२. मल्लकाल तथा युआन/मिङ वंश:
यो समयकाल मूलतः कला र व्यापारिक सम्बन्धका कारणले महत्त्वपूर्ण छ। मध्यकालमा नेपालको राज्यव्यवस्था छिन्नभिन्न भए पनि नेपालले कला र संस्कृति निर्माणमा अभूतपूर्व विकास गर्यो। विगठित नेपालको केन्द्रका रूपमा काठमाडौँले आफूलाई खडा गर्न सक्यो। यस समयमा नेपाल र चीनबीचको सम्बन्ध व्यापार र ललितकलाको क्षेत्रमा शिखरमा पुग्यो।
कलाकार अरनिकोको चीन प्रस्थान सन् १२६१ मा भयो। तिब्बतका शाक्य लामाको अनुरोधमा नेपालबाट ८० जना कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगे। त्यहाँ उनीहरूले अभूतपूर्व वास्तुकला प्रस्तुत गरे। यो समयबाट तिब्बत पूर्णरूपमा चीन साम्राज्यको अङ्ग बन्यो र सम्राट कुब्लाई खाँले तिब्बती धर्मगुरु पाग्बालाई प्रशासकका रूपमा नियुक्त गरे। यो समयमा दलाई लामाको गेलुग सम्प्रदायभन्दा शाक्य सम्प्रदायको वर्चस्व थियो। सायद यसै कारणले ललितपुरका शाक्यहरू तिब्बतमा आकर्षणका केन्द्र बने। तिब्बतबाटै अरनिको र उनका साथीहरू मंगोल/युआन वंशका सम्राट कुब्लाई खाँ (Kublai Khan) को निमन्त्रणामा पेकिङ (बेइजिङ) गए।
उनले पेकिङमा प्रसिद्ध 'श्वेत चैत्य' (White Dagoba/Miaoying Temple) निर्माण गरे। यो समयमा पेकिङलाई दादु शहर भनिन्थ्यो। युआन सम्राटले अरनिकोलाई उच्च राजकीय पद (Liangguo Gong - Duke of Liang) प्रदान गरे। यो पद रजौटा दर्जाको थियो। अर्थात् उनी ल्याङ्ग राज्यका राजाबराबरको हैसियतमा थिए। उनको तलब र सम्मान त्यस बराबरको हुन्थ्यो र उनी भारदार सभामा मन्त्रीसरह उपस्थित हुन्थे। यो विवरण युआन इतिहास अभिलेख (Yuan Shu) मा लिपिबद्ध छ।
अर्को महत्त्वपूर्ण उपस्थिति नेपाली मुद्रा र काजी भीम मल्लको तिब्बत अभियान (१७औँ शताब्दीको शुरूवात) हो। मल्लकालमा काठमाडौँका काजी भीम मल्लले तिब्बतसँग व्यापारिक सन्धि गरे। सो सन्धिपछि तिब्बतमा नेपाली सिक्का (महेन्द्रमल्ली) चल्न थाल्यो। नेपालले चीन र तिब्बतबीचको व्यापारमा 'ट्रान्जिट' (माध्यम) को रूपमा ठूलो आर्थिक लाभ लियो।
३. शाहकाल र चिङ्ग (Qing) राजवंश (सैन्य र राजनीतिक सम्बन्ध):
नेपालको एकीकरणपछि चीनको अन्तिम राजवंश चिङ्ग (मन्चु) वंशसँग नेपालको सम्बन्ध निकै उतारचढावपूर्ण र राजनीतिक बन्यो। नेपाल-चीन/तिब्बत युद्ध (सन् १७८८–१७९२) यो उतारचढावको एउटा कडी हो। तिब्बतमा चल्ने नेपाली मुद्राको विवाद र तिब्बती लामा (श्यामारपा लामा) नेपालमा शरण लिन आएका कारण नेपाल र तिब्बतबीच विवाद बढ्यो। नेपालले तिब्बतमाथि आक्रमण गरेपछि तिब्बतको रक्षाका लागि चिनियाँ चिङ्ग सम्राट चियानलोङ (Qianlong) ले जनरल फुकाङ् आन (Fukang'an) को नेतृत्वमा ७०,००० सेना नेपालतर्फ लडाइँका लागि पठाए। चीनमा चिङ्ग वंश एउटा भ्रष्ट शासन थियो।
चिनियाँ सेना नुवाकोटको बेत्रावतीसम्म आइपुगेको थियो, तर उसले नेपाली सेनामाथि विजय पाउन सकेन। सन्धिबाट युद्ध सकियो, जसलाई बेत्रावती सन्धि (सन् १७९२, अक्टोबर) भनिन्छ।
युद्धपछि नेपाल र चीनबीच बेत्रावतीमा सन्धि भयो र परस्पर सहयोग र सर्तहरू स्थापित भए। यस सन्धिअनुसार नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध कायम हुने भयो। नेपालले चीनका सम्राटलाई प्रत्येक ५ वर्षमा एकपटक आदरस्वरूप 'सौगात/कोसेली' (quinquennial mission) पठाउने तय भयो। बदलामा चीनले नेपालमा बाह्य आक्रमण (विशेष गरी इस्ट इन्डिया कम्पनीबाट) भएमा सहयोग गर्ने आश्वासन दियो, तर उसले यो वचन पूरा गरेन। नेपालले पटक-पटक अनुरोध गर्यो, सन् १८१४ मा पनि, तर सम्बन्ध नराम्रो बन्यो। ल्हासामा बसेका चिङ्गका प्रतिनिधि अम्बानहरूले वार्तामा गएका नेपाली प्रतिनिधिहरूलाई अपमान गरे। परिणामस्वरूप नेपालले ब्रिटिशसँगको युद्धमा आफ्ना कुमाउ र गढवाल तथा तराईको भूमि गुमाउनुपर्यो। यस घटनाले नेपाल-चीन सम्बन्ध अन्धकारको बन्धक बन्यो। यसको परिणाम चिङ्ग वंशले पनि भोग्यो। ब्रिटिश साम्राज्यले सिक्किमको नाथुला पासबाट सेना पठाएर तिब्बतमा आफ्नो अधिन स्थापित गर्यो।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज र चिङ्ग सिलु (Qing Shilu - Veritable Records of the Qing Dynasty) मा यी विवरणहरू अभिलेखबद्ध छन्।
जङ्गबहादुर राणाको समयमा नेपाल र तिब्बतबीच पुनः युद्ध भयो। सो युद्धपछि भएको थापाथली सन्धिमा पनि चीनका सम्राटलाई साक्षी र मध्यस्थकर्ताका रूपमा राखिएको थियो र नेपालले चीनका सम्राटलाई आदर गर्ने क्रम जारी राख्यो।
सन् १८५६ को थापाथली सन्धि पनि महत्त्वपूर्ण छ। जङ्गबहादुर राणाको समयमा नेपाल र तिब्बतबीच पुनः युद्ध भयो। सो युद्धपछि भएको थापाथली सन्धिमा पनि चीनका सम्राटलाई साक्षी र मध्यस्थकर्ताका रूपमा राखिएको थियो र नेपालले चीनका सम्राटलाई आदर गर्ने क्रम जारी राख्यो। यो पाँच-पाँच वर्षमा कोसेली बोकेर बेइजिङ जाने 'पञ्चसाला मिसन' सन् १९०८ सम्म (चिङ्ग वंशको पतन हुनु केही वर्ष अघिसम्म) निरन्तर चलिरह्यो। तर, यो मिसनको राणा शासकहरूले व्यापक दुरुपयोग गरे। उनीहरू मिसनको कूटनीतिक मर्यादाको आडभित्र अफिमको व्यापार गर्थे। नेपाल र चीनबीचको सम्बन्धप्रति राणाहरूको सरोकार थिएन, सिर्फ अफिमबाट फाइदा कमाउने स्वार्थबाहेक। राणा शासकका लागि ब्रिटिश शासक भगवान नै बने। यो समयमा दुई देशको सम्बन्ध कमजोर भएकै कारण नेपाल पश्चिमी शक्तिको छातामुनि आयो।
मुख्य निष्कर्ष:
नेपाल र चीनबीचको प्राचीन सम्पर्क 'धार्मिक र साँस्कृतिक सहयोग'—बुद्धभद्र, फा स्यान र सुवान जाङ्गबाट सुरु भएर, मध्यकालमा 'कला र व्यापार' (अरनिको र मल्लकालीन व्यापार) हुँदै आधुनिक कालको सुरुवात (चिङ्ग वंश) सम्म आइपुग्दा 'राजनीतिक र कूटनीतिक सन्तुलन' को चरणमा प्रवेश गरेको देखिन्छ। भौगोलिक रूपमा विकट हिमाल भए तापनि इतिहासमा यसले यी दुई देशलाई टाढा भने गराएन।
हो, नेपाल 'छा मा गु दाओ' (Cha Ma Gu Dao) अर्थात् 'प्राचीन चिया-घोडा मार्ग' को सञ्जालमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएको थियो र नेपाल चीन र दक्षिण एसियाको व्यापारिक केन्द्र थियो। नेपालले यस समयमा अभूतपूर्व आर्थिक समृद्धि प्राप्त गर्यो र उत्तर तथा दक्षिण दुवै देशको अपार सम्मान प्राप्त गर्यो।
‘प्राचीन चिया-घोडा मार्ग’ चीनको युनान र सिचुआन प्रान्तका चिया उत्पादन हुने क्षेत्रहरूबाट हिमाल पार गर्दै तिब्बतको ल्हासा (Lhasa) सम्म पुग्ने व्यापारिक बाटोहरूको एउटा ठूलो सञ्जाल थियो। यो मार्ग मुख्य रूपमा चिनियाँ चिया र तिब्बती बलिया घोडाहरू (Warhorses) को साटासाट (Barter) का लागि प्रख्यात थियो। ल्हासा पुगेपछि यो मार्गको एउटा महत्त्वपूर्ण शाखा हिमालयका विभिन्न भञ्ज्याङहरू हुँदै केरुङ र कुती नाकाबाट काठमाडौँ, दार्जिलिङ, कालिम्पोङ हुँदै भुटानतर्फ अगाडि बढ्दथ्यो। एउटा बाटो केरुङबाट नुवाकोट हुँदै गोर्खा पनि जान्थ्यो।
नेपालसँग यस मार्गको सम्बन्ध र सम्पर्कलाई निम्नलिखित बुँदाहरूबाट अझ स्पष्ट रूपमा बुझ्न सकिन्छ:
१. ल्हासा-काठमाडौँ व्यापारिक लिंक (द ट्रान्जिट रूट) चीनको सिचुआन वा युनानबाट सुरु भएको चिया बोकेका खच्चर वा मानिसका ताँतीहरू (Caravans) ल्हासा आइपुग्थे। ल्हासाबाट त्यो चिया र अन्य चिनियाँ सामानहरू (जस्तै रेशम र भाँडाकुँडा) नेपाली र भोटे व्यापारीहरूले खरिद गरी हिमालयका कठिन भञ्ज्याङहरू पार गराएर नेपाल ल्याउँथे। केरुङ र तातोपानी (Khasa/Zhangmu) मुख्य नाका थिए। यी नाकाहरू यस मार्गका दक्षिण-एसियाली विस्तार (Extension) का प्रमुख विन्दु थिए। यसबाहेक मुस्ताङको कोराला, ओलाङचुङगोला र हुम्लाका प्राचीन नाकाहरूबाट पनि चिया, नुन र ऊनको व्यापार हुन्थ्यो।
२. नेपाली व्यापारीहरूको भूमिका व्यापक थियो नेपाली व्यापारीहरू र 'ल्हासा नेवारहरू' व्यापारका मुख्य कडी थिए। उनीहरू सिद्धहस्त व्यापारिक सीपले सम्पन्न थिए। मल्लकाल र शाहकालमा काठमाडौँ उपत्यकाका नेवार व्यापारीहरू ('ल्हासा नेवार') का ल्हासामा ठूला कोठी वा व्यापारिक केन्द्रहरू थिए। चिया-घोडा मार्ग हुँदै ल्हासा आइपुगेको चिनियाँ इँटा-चिया (Brick Tea - ढुङ्गाजस्तै कडा पारिएको चिया) नेपाली व्यापारीहरूले काठमाडौँ ल्याउँथे। काठमाडौँबाट यो चिया तराई र भारतका बजारहरूसम्म पुर्याइन्थ्यो।
३. परस्पर वस्तु विनिमय (साटासाट) चिया-घोडा मार्गमार्फत नेपालबाट र नेपाल हुँदै दक्षिण एसियाबाट चीन र तिब्बततर्फ विभिन्न सामानहरू निर्यात हुन्थे। नेपालबाट जाने सामानमा काठमाडौँ उपत्यकामा बनेका धातुका कलात्मक मूर्तिहरू, जडीबुटी, बहुमूल्य रत्न, मसला (जस्तै अलैँची, मरिच) र भारतबाट ल्याइने सुती कपडाहरू थिए। चीन/तिब्बतबाट आउने सामानहरूमा युनान र सिचुआनको चिया (Brick Tea), तिब्बती नुन, भेडा-च्याङ्ग्राको ऊन, कस्तुरीको बिना र याकका पुच्छर (चँवर) हुन्थे।
४. सांस्कृतिक प्रभावका रूपमा 'भोटे चिया' (Butter Tea) को संस्कृति: यो व्यापारिक मार्गको देन नेपालको हिमाली जनजीवनमा आज पनि स्पष्ट देखिन्छ। नेपालका हिमाली क्षेत्रहरू (जस्तै मुस्ताङ, डोल्पा, मनाङ, सोलुखुम्बु) मा खाइने परम्परागत 'भोटे चिया' (Salt Butter Tea) को संस्कृति वास्तवमा यही चिया-घोडा मार्गकै देन हो। उच्च हिमाली क्षेत्रमा ऊर्जा र न्यानोपनका लागि यो चिया पिउने गरिन्छ, जसको मुख्य कच्चा पदार्थ (चियाका इँटाहरू) प्राचीन कालमा यही मार्गबाट आउने गर्दथ्यो। घोडालाई सवारी साधन मान्ने चलन पनि सायद यही मार्गको देन हो। हामी घोडा चढ्दा ‘छु’ भन्छौँ; यो चिनियाँ भाषाको ‘चौ’ (zou) को अपभ्रंश हुनुपर्छ, जसको अर्थ ‘हिँडौँ’ भन्ने हुन्छ।
आधुनिक समयमा चीनले अघि सारेको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (BRI) को पृष्ठभूमिमा पनि यही प्राचीन चिया-घोडा मार्ग र सिल्क रोडको ऐतिहासिक सम्पर्कलाई कडीका रूपमा हेर्ने गरिन्छ।
प्राविधिक रूपमा 'छा मा गु दाओ' को मुख्य खण्ड (Core Corridor) चीनका भित्री प्रान्तहरू र तिब्बतका बीचमा थियो। तर, भौगोलिक र आर्थिक रूपमा ल्हासाबाट यो मार्ग नेपालका हिमाली भञ्ज्याङहरू हुँदै काठमाडौँ र दक्षिण एसियासम्म विस्तारित भएको थियो । नेपाल यो ऐतिहासिक व्यापारिक सञ्जालको एउटा जीवन्त र अभिन्न अङ्ग (Trans-Himalayan Component) थियो। आधुनिक समयमा चीनले अघि सारेको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (BRI) को पृष्ठभूमिमा पनि यही प्राचीन चिया-घोडा मार्ग र सिल्क रोडको ऐतिहासिक सम्पर्कलाई कडीका रूपमा हेर्ने गरिन्छ। मैले मेरो एउटा लेख ‘Geo-Strategic Challenges to Nepal's Foreign Policy and Way Forward’ मा यस बारेमा निकै कुरा लेखेको छु।
नेपाल-चीन सम्बन्धको सन्दर्भमा तपाईंले अगाडि सार्नुभएको विश्लेषण र प्रतिक्रियाको शुद्धाशुद्धि यस प्रकार छ:
१. ऐतिहासिक र सांस्कृतिक निकटता (Idiosyncratic History) :यस लेखले नेपाल र चीनबीचको सम्बन्ध कुनै आधुनिक राजनीतिक स्वार्थका कारण मात्र बनेको नभई यो दुई हजार वर्ष पुरानो सांस्कृतिक र जनस्तरको सम्बन्ध भएको उल्लेख गरेको छ। प्राचीन कालदेखि नै हिमालयले यी दुई देशलाई छुट्याउन सकेको छैन र बौद्ध धर्म, बुद्धभद्र, अरनिको, फा स्यान तथा सुवान जाङ्ग जस्ता पात्रहरूले यस सम्बन्धलाई अझ प्रगाढ बनाएका छन्।
नेपाल सधैँ एक स्वतन्त्र र शक्तिशाली एसियाली सभ्यताको हिस्सा रहेको हुनाले चिनियाँ साम्राज्यहरूले पनि नेपालको रणनीतिक महत्त्वलाई सधैँ सम्मान गरेका छन्।
नेपालले चीनको विशाल आर्थिक र प्राविधिक विकासबाट फाइदा उठाउन सक्नुपर्छ भन्ने तर्कलाई यदि कसैले नकार्छ भने त्यो राष्ट्रघात हुनेछ।
२. बीआरआई (BRI) र विकासको स्वर्ण अवसर चीनको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (BRI) लाई लेखले ‘चीनले विश्वलाई दिएको सबैभन्दा बहुमूल्य उपहार’ का रूपमा चित्रण गरेको छ। नेपाल र चीनबीच भएको बीआरआई सम्झौता (सन् २०१७) र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण (सन् २०१९) नेपालको आगामी २० वर्षको विकासको प्रस्थानविन्दु हो भनिएको छ। नेपालले चीनको विशाल आर्थिक र प्राविधिक विकासबाट फाइदा उठाउन सक्नुपर्छ भन्ने तर्कलाई यदि कसैले नकार्छ भने त्यो राष्ट्रघात हुनेछ। हिमालय वारपार कनेक्टिभिटी नेटवर्क (रेलमार्ग, सडक र उड्डयन) ले नेपालको अर्थतन्त्रलाई आयातमुखीबाट उत्पादक र निर्यातमुखी बनाउन मद्दत गर्नेछ भन्ने विश्वास छ र यो तर्कमा खिया लाग्न दिनुहुन्न।
(यो लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
जैविक विविधताको विनाशप्रति मैले किन चासो राख्ने?
भू-राजनीतिक प्रतिस्पर्धामा फसेको नेपाल
कहाँ चुके नेपालका मार्क्सवादीहरू?
भारतमा चिकित्सकहरू: शक्ति, प्रतिष्ठा र सामाजिक सम्मान
के मार्क्सवाद विज्ञान नै हो ?
बढ्दो सैन्य खर्च र सैन्यीकरण: मानवताका लागि एउटा खतरा
सरकार कि विनिर्माणको प्रयोगशाला ?
प्रतिक्रिया