इरान: हत्या गरेर पनि नमर्ने, दबाबमा पनि न ढल्ने राष्ट्र
विगतका दशकहरूमा पश्चिमा विश्लेषणहरूमा भएको एउटा रणनीतिक त्रुटि भनेको इरानलाई केही मुठ्ठीभर राजनीतिक व्यक्तित्वहरूमा मात्र सीमित गरेर हेर्नु हो। उनीहरूले राज्य केही व्यक्तिहरूको वरिपरि मात्र घुम्छ भन्ने ठाने। यद्यपि, ऐतिहासिक अनुभवले देखाउँछ कि इरान व्यक्तिहरूमा होइन, बरु एक गहिरो जरा गाडिएको राष्ट्रिय प्रवाहमा अडिएको छ । जुन सन् १९७९ को क्रान्तिदेखि वर्तमानसम्मका हरेक कठिन मोडहरूमा निरन्तर पुनर्जीवित हुँदै आएको छ। हत्या, प्रतिबन्ध र दबाबले व्यक्तिहरूलाई हटाउन त सक्लान्, तर गहिरो ऐतिहासिक स्मृति र प्रतिरोधी सभ्यताको पहिचान बोकेको एउटा राष्ट्रलाई नामेट पार्न सक्दैनन्। इरानले यो प्रमाणित गरिदिएको छ कि नेताहरूको अन्त्यले विघटन निम्त्याउँदैन; बरु, यसले प्रायः एकतालाई अझ मजबुत बनाउँछ।
इरानी जनता र शासन प्रणाली दुवैको उत्थानशिलतालाई सधैं कम आँकिएको छ। डोनाल्ड ट्रम्पको कार्यकालमा, "अत्यधिक दबाब"को अभियानले इरानलाई आत्मसमर्पण गर्न बाध्य तुल्याउनेछ भन्ने विश्वास प्रबल थियो। तर ऐतिहासिक यथार्थले बेग्लै कथा भन्छ। इरानले इराकी बाथ शासनविरुद्ध आठ वर्षको युद्ध झेल्यो, जुन द्वन्द्वमा सद्दाम हुसेनले पूर्व र पश्चिम दुवै पक्षबाट एकैसाथ समर्थन पाएका थिए।
आजको इरान १९८० को दशकको तुलनामा कमजोर छैन; बरु, यससँग उल्लेखनीय रूपमा बढी रक्षात्मक क्षमता, रणनीतिक गहिराइ र संस्थागत अनुभव छ। युद्ध, प्रतिबन्ध र लक्षित हत्याहरू भोग्दै आएको समाजले दबाबका बिच कसरी जीवित रहने र अघि बढ्ने भन्ने सिकिसकेको छ।
ठूला सुरक्षा संकटका सुरुवाती दिनहरूमा, अमेरिकी-जियोनिष्ट रणनीतिक घेराभित्रको एउटा आकलन के थियो भने आन्तरिक अशान्ति देशव्यापी विद्रोहमा परिणत हुनेछ। शीर्ष नेतृत्वको अन्त्य र मनोवैज्ञानिक धक्काले प्रणालीविरुद्ध जनविद्रोह निम्त्याउने उनीहरूको अनुमान थियो। यद्यपि, जे भयो त्यसले यी अपेक्षाहरूलाई गलत साबित गरिदियो। शासनका समर्थकहरू एकजुट भए भने विरोधीहरूले पनि बाह्य शत्रुहरूसँग हात मिलाएनन्। दोस्रो र तेस्रो दिनसम्म आइपुग्दा, जब "आन्तरिक पतन" को योजना सफल नहुने स्पष्ट भयो, तब ध्यान स्वास्थ्य सेवा लगायतका नागरिक पूर्वाधारहरूलाई निशाना बनाउनेतर्फ मोडियो । जुन स्पष्ट रूपमा सुरुवाती आकलनहरूको असफलताको सङ्केत थियो।
यी मुठभेडहरूमा इरान प्रभावकारी रूपमा एक्लै उभिएको छ। द्वन्द्वको सुरुवाती चरणमै नेटो जस्ता सैन्य गठबन्धनबाट तुरुन्तै सहयोग खोज्ने केही क्षेत्रीय पात्रहरूभन्दा फरक, इरानले मुख्य रूपमा आफ्नै आन्तरिक क्षमतामा भर परेको छ। स्वदेशी रक्षा उद्योग र परिचालित सामाजिक आधार नै संकटको समयमा निर्णायक रणनीतिक सम्पत्ति बनेका छन्।
अन्ततः, इस्लामिक गणतन्त्रलाई पूर्वराजपरिवार पहलवी पारिवारिक शासनसँग तुलना गर्नु विश्लेषणात्मक रूपमा त्रुटिपूर्ण छ। क्रान्तिपूर्वको प्रणाली अत्यधिक व्यक्तिगत र बाह्य समर्थनमा निर्भर थियो। यसको विपरीत, इस्लामिक गणतन्त्र एक बहु-स्तरिय संस्थागत सञ्जालमा आधारित छ, जुन द्रुत प्रतिस्थापन र संरचनात्मक निरन्तरताका लागि सक्षम छ। हालैका द्वन्द्व र संकटहरूले यो प्रमाणित गरेका छन् कि निश्चित अवयवहरूको निष्कासन वा प्रतिस्थापनले सम्पूर्ण प्रणालीलाई पक्षाघात गर्दैन।
आजको इरानले यो सावित गरेको छ कि यो न त कुनै अस्थायी राजनीतिक परियोजना हो, न त पूर्ण रूपमा नेता-केन्द्रित प्रणाली नै। यो त एक ऐतिहासिक र राष्ट्रिय प्रवाहको प्रकटीकरण हो। यस्तो प्रवाहलाई प्रतिबन्ध, हत्या वा मनोवैज्ञानिक युद्धमार्फत ध्वस्त पार्न सकिँदैन। इरानी इतिहासले साक्षी दिन्छ कि आफ्ना कठिनतम क्षणहरूमा यो राष्ट्रले केवल सहनशीलता मात्र देखाउँदैन बरु आफूलाई पुन: परिभाषित र थप सुदृढ बनाउँछ।
अली खामेनीको सहादत: शिया इतिहासको आत्मबलिदानको शृङ्खलामा थपिएको अर्को एउटा …
लुकिङ ग्लास र नेपाली राजनीति: देखिएभन्दा नजिकैको जोखिम
नोम चोम्स्की, जेफ्री एप्स्टीन र विश्वासघातको राजनीति
फौलादी उम्मेदवार मातृका यादवका प्राथमिकता
एप्स्टीनको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान नगर्नु हाम्रो लापरवाही थियो
चीनमा राजवंशको पतन
जेफ्री एप्सटीन र नोम चोम्स्की बीचका ईमेलहरूका सम्बन्धमा
प्रतिक्रिया