नेपाली काङ्ग्रेसको चुनावी प्रतिज्ञापत्र
नेपाली कांग्रेसले 'बदलिएको कांग्रेस, बदल्छौँ देश' भन्ने मूल नाराका साथ 'समुन्नत नेपाल: सम्मानित नेपाली' बनाउने मुख्य संकल्प गर्दै चुनावी को यो प्रतिज्ञापत्र (२०८२) जारी गरेको छ ।
नेपाली काङ्ग्रेसको प्रतिज्ञापत्रका मुख्य सारहरू निम्नानुसार छन्–
० सुशासन र भ्रष्टाचार नियन्त्रण: कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउँदै वि.सं. २०४८ सालपछिका सबै उच्चपदस्थ सार्वजनिक व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रतिज्ञा गरेको छ।
० आर्थिक समुन्नति: आगामी ५ वर्षमा नेपालको प्रतिव्यक्ति आयलाई २५०० अमेरिकी डलर पुर्याउने र अर्थतन्त्रको आकार ११५ खर्ब पुर्याउने लक्ष्य राखिएको छ । यसका लागि ८० प्रतिशत निजी क्षेत्रको लगानी परिचालन गर्ने र अर्थतन्त्रलाई 'प्रो-प्राइभेट' र 'प्रो-ग्रोथ' बनाउने रणनीति छ ।
० रोजगारी र युवा शक्ति: 'मिसन रोजगारी' मार्फत आगामी ५ वर्षमा १५ लाख नयाँ मर्यादित रोजगारी सिर्जना गर्ने संकल्प गरिएको छ। युवाहरूलाई 'भोलिको कर्णधार' मात्र नभई 'आजको साझेदार' मानी नीति निर्माण र प्रशासनमा निर्णायक भूमिका सुनिश्चित गरिनेछ।
० स्वास्थ्य र शिक्षा: सबै नेपालीलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गर्ने, ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने र कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा विनियोजन गर्ने प्रतिज्ञा छ। शिक्षालाई आधुनिक, सीपमूलक र प्रविधिमैत्री बनाउँदै 'डिग्रीसँगै सीप' को अवधारणा लागू गरिनेछ।
० कृषि र पूर्वाधार: किसानलाई समयमै मल, उन्नत बीउ र बजारको ग्यारेन्टी गरिनेछ। आधुनिक सिँचाइ प्रणालीको विस्तार र 'मल कारखाना' स्थापनाको पहल गरिनेछ। पूर्वाधारतर्फ ठूला आयोजनाहरूलाई समयमै सम्पन्न गर्न 'प्रोजेक्ट गभर्मेन्ट' को अवधारणा ल्याइनेछ ।
० डिजिटल नेपाल र प्रविधि: सूचना प्रविधिलाई अर्थतन्त्रको नयाँ मेरुदण्ड बनाई ५ वर्षमा ४ खर्बको आईटी सेवा निर्यात गर्ने र १ लाख उच्च गुणस्तरको रोजगारी सिर्जना गर्ने लक्ष्य छ। सरकारी सेवालाई 'पेपरलेस' र 'फेसबुक जत्तिकै सजिलो' बनाइनेछ।
० सामाजिक न्याय र समावेशीता: महिला, दलित, मधेशी, आदिवासी जनजाति, मुस्लिम र पिछडिएका क्षेत्रको समानुपातिक प्रतिनिधित्व र उनीहरूको आर्थिक-सामाजिक सशक्तीकरणका लागि विशेष 'उत्थान' कार्यक्रमहरू सञ्चालन गरिनेछ।
० पर्यटन: आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई स्थानीय रोजगारीको मुख्य आधार बनाउने संकल्प छ।
यस प्रतिज्ञापत्रको कार्यान्वयनका लागि कांग्रेसले 'मासिक रिपोर्ट कार्ड' मार्फत जनतालाई जवाफ दिने र 'टिम नेपाल' को भावनामा सबै दल र नागरिकसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाली कम्युनिष्ट पार्टीको प्रतिबद्धता पत्र
राष्ट्रिय स्वतन्त्र पार्टीको 'वाचा पत्र'
नेकपा एमालेको चुनावी घोषणापत्र
जेसी ज्याक्सन: सीमान्तकृत आवाजका संवाहक
आधुनिक रूसमा स्टालिन किन यति लोकप्रिय छन्?
साम्राज्यवादविरुद्धको विश्वव्यापी संघर्षमा माइकल प्यारेन्टी सदा जीवित रहनेछन्
नेपाली काङ्ग्रेस: परिवर्तन र रुपान्तरणको सकस
प्रतिक्रिया