नेकपा एमालेको चुनावी घोषणापत्र
काठमाडौँ । नेकपा (एमाले) ले 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्पसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीद्वारा सार्वजनिक उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ।
एमालेले आफ्नो घोषणापत्रमा 'तत्काल गर्ने ११ काम, ५ आधारभूत काम र २५ सङ्कल्प' अघि सार्दै मुलुकको मुहार फेर्ने दाबी गरेको छ। घोषणापत्रका केही मुख्य बुँदाहरू यस प्रकार छन्:
युवा र विद्यार्थी: युवालाई मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको कार्ड र विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण।
सामाजिक सुरक्षा र पूर्वाधार: सुत्केरी पोषण भत्ता २० हजार पुर्याउने, विपन्नको २५ हजारसम्मको ऋण मिनाहा गर्ने र रेल–मेट्रो सञ्चालन गर्ने।
सुशासन: डिजिटल सुशासन कायम गर्ने र विगतमा थालिएका विकास तथा रोजगारीका कामलाई पूर्णता दिने।
नेपाली कम्युनिष्ट पार्टीको प्रतिबद्धता पत्र
नेपाली काङ्ग्रेसको चुनावी प्रतिज्ञापत्र
राष्ट्रिय स्वतन्त्र पार्टीको 'वाचा पत्र'
जेसी ज्याक्सन: सीमान्तकृत आवाजका संवाहक
आधुनिक रूसमा स्टालिन किन यति लोकप्रिय छन्?
साम्राज्यवादविरुद्धको विश्वव्यापी संघर्षमा माइकल प्यारेन्टी सदा जीवित रहनेछन्
नेपाली काङ्ग्रेस: परिवर्तन र रुपान्तरणको सकस
प्रतिक्रिया