जेफ्री एप्सटीन र नोम चोम्स्की बीचका ईमेलहरूका सम्बन्धमा

अहिले नोम बोल्न वा लेख्न र एप्सटीन सँगको आफ्नो सम्बन्धबारे स्पष्टीकरण दिन नसक्ने अवस्थामा भएकोले यो विषय निकै संवेदनशील  जटिल बनेको छ।

मेरो हृदय छियाछिया भएको छ।

एउटा सानो बालकको रूपमा मैले भयानक यौन हिंसा भोगेको थिएँ, जसको बारेमा मैले पहिले पनि लेखिसकेको छु र त्यसको दाग दशकौं पछिसम्म पनि ममा बाँकी नै छ। यसको अर्थ यो हो कि, साना बालबालिकाहरूको शोषण गर्ने जोकोहीलाई पनि म सहन सक्दिनँ । यो मेरो लागि केवल नैतिक प्रश्न मात्र नभएर शारीरिक पीडाको विषय पनि हो। बालबालिकालाई हानि पुर्‍याउने जोकोहीप्रति म घृणा भाव राख्दछु र कसैले बच्चालाई अनुशासनको नाममा गाली गर्दा समेत म काँप्ने गर्छु। मेरा दुई सन्तान वयस्क भइसकेका छन् भने दुई अझै बालबालिका नै छन् उनीहरू प्रत्येकको कोमलता र भविष्यप्रति म अत्यन्तै संवेदनशील छु र थिएँ। मेरो विचारमा, बच्चामाथि हिंसा गर्ने व्यक्तिका लागि दोस्रो मौका हुनै सक्दैन।

म जेफ्री एप्सटीन प्रकरणबा बारेमा पढ्छु, बालबालिका र युवाहरूमाथि हुने यस्ता खतरनाक हिंसाका बारेमा पढ्दा मलाई अत्यन्तै पीडा हुन्छ।

तर पक्कै पनि, मेरा मित्र एवं सहकर्मी नोम चोम्स्की र एप्सटीन  बीचका ईमेलहरूलाई बेवास्ता गर्नु असम्भव थियो। मैले भेटेसम्मका जानकारीहरू पढेको छु र मैले जे देख्नुपर्ने थियो, त्यो देखिसकेको छु। नोम मेरा लागि एक महान् मार्गदर्शक रहेका छन्, र हामीले सँगै दुईवटा पुस्तक तयार गरेका छौँ (अन्तिम पुस्तक उनको अन्तिम कृति थियो)। ती दुवै पुस्तक एप्स्टिनसँग उनको पत्राचार चलिरहेको समयतिर लेखिएका थिए। तर हाम्रो धेरैजसो छलफलहरूमा न त त्यो पत्राचारका विषयवस्तुहरू उठे, न त उनले एप्स्टिनसँग भेटघाट गरिरहेको तथ्य नै उल्लेख भयो। नोम र मैले अमेरिकी साम्राज्यवाद र त्यसका अपराधहरूबारे, अनि क्युबाबारे कुराकानी गर्‍यौँ। यी राजनीतिक विषयबाहेक हामीले व्यक्तिगत रूपमा कुरा गरेको एक मात्र अर्को विषय कुकुरप्रतिको हाम्रो प्रेम र अरबी भाषा थियो।

जब ती तस्बिर र ईमेलहरू सार्वजनिक भए, म एप्सटीनको बाल-यौन दुराचार (Paedophilia) बाट र सँगसँगै नोमसँगको उनको मित्रताबाट तुरुन्तै विरक्त भएँ। मेरो विचारमा, यसको कुनै बचाउ हुन सक्दैन; कुनै सन्दर्भ वा परिस्थितिले पनि यो आक्रोशजनक व्यवहारलाई व्याख्या गर्न सक्दैन

अहिले नोम बोल्न वा लेख्न र एप्सटीन सँगको आफ्नो सम्बन्धबारे स्पष्टीकरण दिन नसक्ने अवस्थामा भएकोले यो विषय निकै संवेदनशील  जटिल बनेको छ। उनको तर्फबाट भन्नुपर्ने केही बाँकी छैन। जब ती तस्बिर र ईमेलहरू सार्वजनिक भए, म एप्सटीनको बाल-यौन दुराचार (Paedophilia) बाट र सँगसँगै नोमसँगको उनको मित्रताबाट तुरुन्तै विरक्त भएँ। मेरो विचारमा, यसको कुनै बचाउ हुन सक्दैन; कुनै सन्दर्भ वा परिस्थितिले पनि यो आक्रोशजनक व्यवहारलाई व्याख्या गर्न सक्दैन

मैले 'काउन्टरपन्च' (CounterPunch) का सम्पादक जेफ्री सेन्ट क्लेयरलाई सोधेको थिएँ– हाम्रा साझा मित्र अलेक्जेन्डर ककबर्नले यी खुलासाहरूलाई कसरी लिन्थे होलान्? जेफ्रीले लेखे, 'मलाई लाग्छ, नोमले एक कट्टर जियोनिस्ट  र सम्भावित इजरायली एजेन्टसँग यति घनिष्ठ सम्बन्ध राखेको देख्दा एलेक्स चिन्तित हुने थिए... सामान्यतया यति विचारशील र तर्कपूर्ण निर्णय लिने व्यक्तिबाट भएको यो गम्भीर रूपमा गलत निर्णय हो।'

सन् २०२१ मा, हाम्रो पहिलो पुस्तक 'द विड्रल' (The Withdrawal) का लागि मैले नोमलाई सोधेको थिएँ– 'के तपाईं हेनरी किसिन्जरलाई भेट्न जानुहुन्थ्यो?' उनले हाँस्दै भने  'जान्न ' भनेका थिए। तर त्यसअघि नै, मलाई थाहा नै नदिई  उनले एक युद्ध अपराधीलाई  भेटिसकेका रहेछन्।

एप्सटीन  दक्षिणपन्थी विचारधाराका र एक जियोनिस्ट व्यक्ति थिए । उनी शक्ति र प्रभाव भएका त्यस्ता मानिसहरूलाई जम्मा गर्थे, जो संसारलाई आफ्नो लागि स्वर्ग र हाम्रा लागि नर्क बनाउन चाहन्छन्। उनले नै नोमलाई एहुद  बराकसँग भेटाएका थिए, जो सन् २००० को दशकको सुरुतिर भ्रष्टाचारको आरोप खेपिरहेका व्यक्ति थिए र जसले इजरायली प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा युद्ध अपराधहरू गरेका थिए। सन् २००९ मा, बराकले गाजामा प्यालेस्टिनीहरू विरुद्ध एक भयानक युद्धको नेतृत्व गरे, जहाँ करिब १५०० प्यालेस्टिनीहरूको निर्मम हत्या गरियो। रिचर्ड गोल्डस्टोनको अध्यक्षतामा गठित संयुक्त राष्ट्र संघको छानबिन समितिले आफ्नो प्रतिवेदनमा बराकको नेतृत्वमा रहेको इजरायली सरकारले युद्ध अपराध गरेको ठहर गरेको थियो। जब बराक सोही वर्ष संयुक्त अधिराज्य (UK) भ्रमणमा गए, वकिलहरूले १९८८ को फौजदारी न्याय ऐन (Criminal Justice Act) अन्तर्गत पक्राउ पुर्जी जारी गर्न 'सिटी अफ वेस्टमिन्स्टर' मा मुद्दा दायर गरे, जसले युद्ध अपराधका मामिलामा विश्वव्यापी क्षेत्राधिकार प्रदान गर्दछ। तर त्यस्तो कुनै पुर्जी जारी भएन। यी घटनाहरूको छ वर्षपछि, सन् २०१५ मा नोमले किन एक युद्ध अपराधीलाई भेटे होलान्? सन् २०२१ मा, हाम्रो पहिलो पुस्तक 'द विड्रल' (The Withdrawal) का लागि मैले नोमलाई सोधेको थिएँ– 'के तपाईं हेनरी किसिन्जरलाई भेट्न जानुहुन्थ्यो?' उनले हाँस्दै भने  'जान्न ' भनेका थिए। तर त्यसअघि नै, मलाई थाहा नै नदिई  उनले एक युद्ध अपराधीलाई  भेटिसकेका रहेछन्।

त्यस्तो प्रवृत्ति भएको व्यक्तिसँग किन यति सहजै घुलमिल हुने? एउटा बाल-यौन दुराचारीलाई उसको अपराधका लागि किन सान्त्वना र सल्लाह दिने?

मेरो तर्फबाट भन्नुपर्दा, म अत्यन्तै त्रसित र स्तब्ध छु।

सान्टियागो, चिली

Source: https://www.counterpunch.org

 

विजय प्रशाद

विजय प्रशाद एक भारतीय इतिहासकार, सम्पादक तथा पत्रकार हुन्। उनी ग्लोबट्रटर (Globetrotter) मा लेखन फेलो तथा प्रमुख संवाददाता हुन्। उनी लेफ्टवर्ड बुक्स (LeftWord Books) का सम्पादक तथा ट्राइकोन्टिनेन्टल: सामाजिक अनुसन्धान संस्थान (Tricontinental: Institute for Social Research) का निर्देशक पनि हुन्। उनले द डार्कर नेशन्स र द पुअरर नेशन्स सहित २० भन्दा बढी पुस्तक लेखेका छन्। उनका पछिल्ला कृतिहरूमा अन क्युबा: ७० वर्षको क्रान्ति र संघर्षमाथि चिन्तन (नोम चोम्स्कीसँग संयुक्त रूपमा), स्ट्रगल मेक्स अस ह्युमन: समाजवादका आन्दोलनहरूबाट सिकाइ, तथा (फेरि नोम चोम्स्कीसँगै) द विथड्रअल: इराक, लिबिया, अफगानिस्तान र अमेरिकी शक्तिको नाजुकता समावेश छन्। चेल्वा र प्रशादको संयुक्त पुस्तक हाउ द इन्टरनेशनल मोनेटरी फन्ड इज सफोकेटिङ अफ्रिका यसै वर्ष इन्कानी बुक्स (Inkani Books) बाट प्रकाशन हुने छ।