चीनद्वारा क्युबालाई ३०,००० टन चामल सहयोग
– कार्मेन माचुरेल सेनोन्
एकता र सहयोगको भावना स्वरूप जनवादी गणतन्त्र चीनले क्युबालाई ३०,००० टन चामल अनुदान पठाउन सुरु गरेको छ। जसमध्ये पहिलो खेपका ४,८०० टन चामल तत्काल र निःशुल्क रूपमा जनतामा वितरण गर्नका लागि क्युबामा आइपुगिसकेको छ ।
आन्तरिक व्यापार मन्त्री बेट्सी डियाज भेलाज्क्वेजले मारिएल बन्दरगाहमा प्राप्त २,४०० टन चामल पश्चिमी प्रान्तहरूमा जनताको आधारभूत खाद्य सामग्रीको पूरकका रूपमा नि:शुल्क वितरण गरिने जानकारी दिइन्।
उनका अनुसार पिनार देल रियो, मायाबेके र आर्तेमिसा प्रान्तमा जनतालाई प्रतिव्यक्ति २ पाउन्ड चामल दिइनेछ। राजधानी हाभानामा १.५ पाउन्ड वितरण गरिनेछ भने इस्ला दे ला हुवेन्तुद नगरपालिकामा १ पाउन्ड चामल दिइनेछ।
यसैगरी, सान्तियागो दे क्युबा बन्दरगाह हुँदै आएको अर्को २,४०० टन चामल ग्वान्तानामो, ग्रान्मा र होल्गिनका पूर्वी प्रान्तहरूमा प्रतिव्यक्ति २ पाउन्डका दरले र सान्तियागो दे क्युबामा १ पाउन्डका दरले वितरण गरिनेछ।
उप–प्रधानमन्त्री तथा विदेश व्यापार र विदेशी लगानी मन्त्री ओस्कार पेरेज–ओलिभा फ्रागाले यो अनुदान “क्युबाप्रति चीनको उदाहरणीय र निःस्वार्थ सहकार्यको ठोस अभिव्यक्ति” भएको उल्लेख गर्दै घोषणा गरिएको कुल परिमाण पूरा नहुन्जेलसम्म चरणबद्ध रूपमा वितरण गरिने बताए।
यस सन्दर्भमा क्युबास्थित चिनियाँ राजदूत हुआ सिनले यो आपत्कालीन खाद्य सहायता परियोजनाले दुई राष्ट्रबीचको मित्रताको गहिरो र विशेष सम्बन्धलाई मूर्त रूप दिएको र "कठिन समयमा एकसाथ उभिने" सिद्धान्तलाई प्रदर्शन गरेको बताए।
उनले चीनले सकेसम्म कदम चाल्दै क्युबाको “सबैभन्दा बलियो साझेदार”का रूपमा रहने र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन इच्छुक रहेको कुरामा जोड दिए।
Source: https://www.granma.cu
अमेरिका-इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणले हर्मुज जलडमरू र तेल बजारमा नि…
आयतोल्लाह खामेनी: पश्चिमी प्रभुत्वविरुद्ध प्रतिरोधका प्रतीक
पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध
मेक्सिकोका मोस्ट वान्टेड लागूऔषध तस्कर 'एल मेन्चो' मारिए
किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित
अमेरिकी नाकाबन्दीले क्युबाली जनतालाई कसरी आघात पुर्याइरहेको छ
'औपनिवेशिक समर्थन' गर्ने भाषण
प्रतिक्रिया