राष्ट्रपति मदुरोको रक्षा गर्ने एक जीवित क्युबाली लडाकूको गवाही
योहान्ड्रिस भारोना टोरेस भेनेजुएलाका राष्ट्रपति मादुरोको व्यक्तिगत सुरक्षा टोलीको सदस्य भएको दुई महिना ६ दिन पुगेको थियो जब त्यो आक्रमण भयो। २३ वर्षको सैन्य सेवा र उनको पहिलो अन्तर्राष्ट्रिय मिशनमा यो सबैभन्दा तीव्र अनुभव थियो।
तर त्यो शनिबार, जनवरी ३ को दिन घातक सावित भयो। राति १२ बजे उनी आफ्नो ड्युटीमा खटिएका थिए, उनको ड्युटी ६ घण्टाको थियो। सबै कुरा शान्त देखिए तापनि योहान्ड्रीलाई थाहा थियो कि सबैभन्दा ठूलो खतरा नै 'अति विश्वास' गर्नुमा हुन्छ। त्यसैले उनी निकै सतर्कताका साथ पहरा दिइरहेका थिए।
बिहानको करिब २ बजेको थियो जब उनले अमेरिकी कमाण्ड समूहको पहिलो हेलिकप्टर देखे । जुन त्यो बिहान सबेरै राष्ट्रपति निकोलास मदुरोलाई अपहरण गर्न काराकासमा अवतरण गर्दै थियो।
उनले आफ्नो ड्युटी पोस्टबाट निस्केर केही मिटर टाढाको एउटा सुरक्षित पर्खालको आड लिन र गोली चलाउन मात्र भ्याएका थिए। त्यही निर्णय वा भाग्यले उनको ज्यान जोगायो। मिलिमिटरको सटीकतासहित मानौं तिनीहरूलाई कुनै नक्साले निर्देशित गरेको थियो, आक्रमणकारीहरूले ठ्याक्कै त्यही पोस्टमा अन्धाधुन्ध गोली प्रहार गरे जहाँ उनी केही सेकेन्ड अघिसम्म बसिरहेका थिए।
योहान्ड्री भन्छन्, "हामीसँग हल्का हतियार मात्र थिए, तर उनीहरूसँग निकै ठूलो मारक क्षमता थियो। उनीहरूको अर्को सबल पक्ष भनेको उनीहरूलाई कुन कुरा कहाँ छ भन्ने सबै थाहा थियो। त्यसैले उनीहरूले हामी क्युबालीहरू बसेका पोस्टहरू र सुत्ने कोठाहरूमा सिधै आक्रमण गरे र सुरुमै हाम्रा कमाण्डरहरूलाई मार्न सफल भए।"
व्यक्तिगत सुरक्षा निर्देशनालयमा २३ वर्षको अनुभव बटुलेका उनले यसअघि कहिल्यै यस्तो भोग्नुपरेको थिएन। तर तालिममा उनलाई राम्रोसँग सिकाइएको थियो र त्यो बिहान उनले दुश्मनहरूमाथि एकपछि अर्को म्यागजिन खाली गर्दै गोली बर्साए।
"मैले हतियार चलाउनु र प्रहार गर्नु नै थियो। रक्षा गर्नु र मार्नु नै मेरो लक्ष्य थियो," उनले दृढताका साथ भने। "हामीले हामीमाथि गोली चलाइरहेका विमानहरूलाई पनि निशाना बनायौं। हाम्रा हतियार साना भए तापनि हामीले लड्न छोडेनौं, हामीले डटेर सामना गर्यौं। मसँग तयारी थियो र मलाई कसरी लड्नुपर्छ भन्ने थाहा थियो, तर उनीहरू हामीभन्दा शक्तिशाली थिए। त्यस समयमा मेरो एउटै सोचाइ थियो—लडाईं। मैले गोली चलाउनु पर्ने थियो र मैले त्यही गरें।"
उनले थपे, "उनीहरूको फायर पावर बढी भए तापनि म पक्का छु कि हामीले उनीहरूलाई क्षति पुर्यायौं। उनीहरूले स्वीकार गरेभन्दा बढी क्षति। हामीले कडा प्रहार गर्यौं। हामीमध्ये लगभग सबैजना नढलेसम्म, कोही मृत त कोही घाइते, हामीले लडिरह्यौं।"
यो कुनै छोटो वा सजिलो लडाईं थिएन, जस्तो कि सुरुमा ट्रम्प र उनका अनुयायीहरूले अरूलाई विश्वास दिलाउन चाहेका थिए। दिनहरू बित्दै जाँदा यो पुष्टि भएको छ कि केवल मृत्यु र गोलाबारुदको अभावले मात्र क्युबाली प्रतिरोधलाई शान्त पार्न सक्यो।
योहान्ड्री सबै कुरा एकदमै प्रस्टसँग सम्झन्छन्। उनका आँखाहरूले ती दृश्यहरूलाई एक-एक गरी नियालिरहे जस्तो देखिन्छ। उनी रुन्छन्। उनी आक्रोशमा रोइरहेका छन्।
उनी भन्छन् कि उनले त्यो मुठभेड कहिल्यै बिर्सन सक्दैनन्, विशेष गरी त्यसपछिका केही घण्टाहरू, जसमा समूहका जीवित सदस्यहरूले आफ्ना सहिद साथीहरूको शव उठाउनु परेको थियो।
"हामीले उनीहरूलाई बोक्यौं र एउटा भवनमा लग्यौं जुन क्षतिग्रस्त भए पनि उपचारका लागि उपयुक्त थियो। यो निकै कठिन थियो, किनकि ती मानिसहरूलाई हामीले चिनेका थियौं, जोसँग हामी केही घण्टा अघिसम्म सँगै बसेका थियौं। तर हामीले सबैलाई ल्यायौं, कसैलाई पनि पछि छोडेनौं।"
"जब बमहरू खस्न थाल्छन्, तपाईँले सोच्ने भनेको लडाईंको बारेमा मात्र हो। हामी त्यहीँका लागि थियौं र हामीले त्यही गर्यौं। मसँग अब बाँकी केवल यो पीडा छ कि हामीले उनीहरूलाई रोक्न सकेनौं। र यो पीडा," आफ्नो छाती पिट्दै उनी भन्छन्, "मैले दुश्मनसँगै बदला लिएर मेटाउनुपर्नेछ।"
अमेरिका-इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणले हर्मुज जलडमरू र तेल बजारमा नि…
आयतोल्लाह खामेनी: पश्चिमी प्रभुत्वविरुद्ध प्रतिरोधका प्रतीक
पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध
मेक्सिकोका मोस्ट वान्टेड लागूऔषध तस्कर 'एल मेन्चो' मारिए
किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित
अमेरिकी नाकाबन्दीले क्युबाली जनतालाई कसरी आघात पुर्याइरहेको छ
'औपनिवेशिक समर्थन' गर्ने भाषण
प्रतिक्रिया