क्युबा र भेनेजुएलाबीचको सहकार्य: अमेरिकाको युद्ध–निशाना

पृष्ठभूमि: आधिकारिक तनाव र विद्रोही प्रेरणाबीच

१९५९ मा क्युबाली क्रान्तिको विजयपछि क्युबा र भेनेजुएलाबीच सुरुमा सौहार्दपूर्ण रहेको द्विपक्षीय सम्बन्ध तिब्र रुपमा बिग्रँदै गयो। मार्कोस पेरेज जिमेनेजको तानाशाहीको पतन र रोमुलो बेटान्कुर्त सत्तामा उदाएसँगै भेनेजुएला फिडेल  कास्त्रोका लागि क्षेत्रीय स्तरमा प्रमुख प्रतिद्वन्द्वी बन्यो। वाशिङ्टनका हितसँग मेल खाने ‘बेटान्कुर्त सिद्धान्त’का कारण सम्बन्ध विच्छेद भयो र सन् १९६२ मा क्युबालाई ओएएस (अमेरिकी राज्यहरूको संगठन) बाट निष्कासन गराउने प्रक्रियाको अगुवाइ गरियो।

राउल लेओनी प्रशासन र संयुक्त राज्य अमेरिकाले क्युबाली क्रान्तिलाई भेनेजुएलाको ‘बाह्य शत्रु’का रूपमा प्रस्तुत गर्ने विमर्श मजबुत पार्न, तथा यस देशमा साम्यवाद–विरोधी राजनीति र सैन्य रणनीति अघि बढाउन प्रयोग गरे।

सन् १९६७ मा माचुरुकुटोमा भएको अवतरणसँगै तनाव चरमबिन्दुमा पुग्यो। उक्त घटनामा करिब एक दर्जन क्युबाली सैन्यकर्मी र भेनेजुएलाका गुरिल्लाहरूले मिरान्डा राज्यको तटीय क्षेत्रमा विद्रोह सुरु गर्ने प्रयास गरेका थिए। यस घटनालाई राउल लेओनी प्रशासन र संयुक्त राज्य अमेरिकाले क्युबाली क्रान्तिलाई भेनेजुएलाको ‘बाह्य शत्रु’का रूपमा प्रस्तुत गर्ने विमर्श मजबुत पार्न, तथा यस देशमा साम्यवाद–विरोधी राजनीति र सैन्य रणनीति अघि बढाउन प्रयोग गरे।

तर भेनेजुएलाको वामपन्थका लागि क्युबा सधैं एउटा दीपस्तम्भ रह्यो। पुँतो फिहो(Punto Fijo) लोकतन्त्रको दमनका बाबजुद, सिएरा माएस्त्राले युवाहरूको एक पुस्तालाई प्रेरित गर्‍यो, जसले उक्त उपलब्धिलाई अनुकरणीय नमूनाका रूपमा देखे। फाब्रिसियो ओहेदाजस्ता व्यक्तित्वहरूको नेतृत्वमा रहेको क्रान्तिकारी वाम आन्दोलन (एमआईआर) र राष्ट्रिय मुक्ति सशस्त्र बल (एफएएलएन) जस्ता आन्दोलनहरूले भेनेजुएलाका पहाडी क्षेत्रमा ‘फोकोवाद’ दोहोर्याउने प्रयास गरे जसले क्रमशः आउने सरकारहरूद्वारा अमेरिकाको आदेशप्रति गरिएको अधीनतालाई अस्वीकार गर्ने वैचारिक सम्बन्धलाई जीवित राख्यो।

१९९४: इतिहास बदल्ने भेट

डिसेम्बर १४, १९९४ एक निर्णायक मोड बन्यो। सन् १९९२ को सैनिक विद्रोहपछि कारावासबाट हालै मुक्त भएका हुगो चाभेज हवाना पुगे, जहाँ फिडेल  कास्त्रो स्वयंले विमानको सिँढीमै उभिएर उनलाई राष्ट्रप्रमुखसरहको सम्मानका साथ स्वागत गरे।

त्यो योजनाबद्ध र दूरदर्शी इशाराले चाभेजलाई महादेशीय वामपन्थको भावी नेता को रुपमा वैधता दिएको मात्र होइन, राजनीतिक र व्यक्तिगत सम्बन्धको बीउ पनि रोप्यो, जसले पछि अभूतपूर्व रणनीतिक गठबन्धनको आधार तयार गर्‍यो।

सन् १९९२ को सैनिक विद्रोहपछि कारावासबाट हालै मुक्त भएका हुगो चाभेज हवाना पुगे, जहाँ फिडेल  कास्त्रो स्वयंले विमानको सिँढीमै उभिएर उनलाई राष्ट्रप्रमुखसरहको सम्मानका साथ स्वागत गरे।

बोलिभारियन क्रान्ति र क्युबाली क्रान्ति: एक नयाँ एकीकरण मोडेल

१९९९ मा हुगो चाभेज सत्तामा आएपछि नाराहरू व्यवहारिक कार्यमा रूपान्तरण भए। ३० अक्टोबर २००० मा हस्ताक्षर गरिएको भेनेजुएला–क्युबा समग्र सहकार्य सम्झौता यस नयाँ चरणको आधारस्तम्भ बन्यो। यसमार्फत अभूतपूर्व एकता–आधारित क्षतिपूर्ति संयन्त्र स्थापना गरियो । भेनेजुएलाले न्यायोचित वित्तीय सर्तमा टापु राष्ट्र क्युबालाई ऊर्जाको सुनिश्चित आपूर्ति गर्‍यो, भने क्युबाले आफ्नो सबैभन्दा मूल्यवान पुँजी—मानव प्रतिभा र वैज्ञानिक उपलब्धिहरू प्रदान गरेर प्रत्युत्तर दियो।

यस आदान–प्रदानबाट भेनेजुएलामा सामाजिक मिसनहरू जन्मिए, जुन चाभिस्मोको सामाजिक नीतिको कार्यकारी अंग बने:

  • बारियो अडेन्ट्रो मिसन: हजारौँ क्युबाली चिकित्सकमार्फत देशका सबैभन्दा गरिब र दुर्गम बस्तीहरूमा निःशुल्क प्राथमिक स्वास्थ्य सेवा पुर्‍यायो।
  • रोबिन्सन मिसन: “यो, सी पुएदो” (हो, म सक्छु) विधिबाट भेनेजुएलामा निरक्षरता उन्मूलन गर्‍यो (सन् २००५ मा युनेस्कोद्वारा मान्यता)।
  • मिसियोन मिलाग्रो: निःशुल्क आँखाको शल्यक्रियामार्फत सयौँ हजारौँ ल्याटिन अमेरिकीहरूको दृष्टि पुनःस्थापित गर्‍यो।

सामाजिक क्षेत्रमा मात्र सीमित नभई, सहकार्यले पहिचान प्रणालीको आधुनिकीकरण (SAIME), कृषि विकास, तथा खेलकुदको लोकप्रियकरणजस्ता रणनीतिक क्षेत्रहरू पनि समेट्यो।

रक्षा गठबन्धन र क्युबाली शहीद नायकहरू

यस गठबन्धनको सबैभन्दा संवेदनशील र गहिरो आयाम सुरक्षा र रक्षा क्षेत्रमा भएको सहकार्य हो। क्युबाले बोलिभारियन राष्ट्रिय सशस्त्र बल (FANB) को पुनर्संरचनामा, साथै गुप्तचर र प्रतिगुप्तचर सिद्धान्तको अद्यावधिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ  जसले राष्ट्रलाई असमान युद्धका परिदृश्यहरूका लागि तयार पारेको छ।

यो रक्तरञ्जित घटना अलगथलग होइन; यो क्युबाली क्रान्तिको ऐतिहासिक अन्तर्राष्ट्रवादी आत्मासँग जोडिएको छ। यही आत्माले उसका लडाकुहरूलाई अफ्रिकातर्फ डोर्‍यायो, अङ्गोला र नामिबियाको मुक्ति सङ्घर्षमा लड्न र रंगभेदी शासनको पराजयमा सहयोग गर्न।

यही जुझारु भ्रातृत्वको सन्दर्भमा हालै घटेको युद्धको घटनामा ३२ जना क्युबाली सैन्य सहयोगीहरू युद्धमा मारिएका छन्। जनवरी ३ मा संयुक्त राज्य अमेरिकाद्वारा गरिएको प्रत्यक्ष आक्रमणका क्रममा, जसले राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला तथा प्रथम लडाकु सिलीया फ्लोरेसको अपहरणसम्मको परिणाम ल्यायो, यी व्यक्तिहरूले भेनेजुएलाको भूमिमा आफ्नो ज्यान गुमाए।

यो रक्तरञ्जित घटना अलगथलग होइन; यो क्युबाली क्रान्तिको ऐतिहासिक अन्तर्राष्ट्रवादी आत्मासँग जोडिएको छ। यही आत्माले उसका लडाकुहरूलाई अफ्रिकातर्फ डोर्‍यायो, अङ्गोला र नामिबियाको मुक्ति सङ्घर्षमा लड्न र रंगभेदी शासनको पराजयमा सहयोग गर्न। आज, यी ३२ क्युबाली र ५० भन्दा बढी भेनेजुएलाका सैनिकहरूको युद्धमा भएको मृत्युले दुई देशका जनताबीचको भाइचाराको सम्बन्धलाई रगतले निर्णायक रूपमा छाप लगाएको छ।, जसले संयुक्त रूपमा अमेरिकी साम्राज्यवादको सबैभन्दा हिंस्रक र निराशाजनक चरणको सामना गरिरहेका छन्।

Source: https://globetrotter.media/

 

कार्मेन नावास रेयेस

भेनेजुएलाकी एक राजनीतिशास्त्री हुन्। उनले मानव विकासका लागि पारिस्थितिकी (Ecology for Human Development) विषयमा (UNESR) बाट स्नातकोत्तर उपाधि प्राप्त गरेकी छिन्। हाल उनी भेनेजुएलास्थित रोमुलो गालेगोस ल्याटिन अमेरिकी अध्ययन केन्द्र प्रतिष्ठान (CELARG) मा विद्यावारिधि (PhD) का छात्रा हुन् । उनी ट्राइकन्टिनेन्टल इन्स्टिच्युट फर सोशल रिसर्चको अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्की सदस्य पनि हुन्।