दक्षिण कोरियाको राजनीतिमा हलचल: राष्ट्रपति युनविरुद्ध महाभियोग पारित
दक्षिण कोरियामा राष्ट्रपति युन सुक-योलविरुद्ध शनिबार महाभियोग प्रस्ताव पारित भएको छ। संसदमा उनको विरुद्ध २०४ मत परेको थियो भने उनको पक्षमा केवल ८५ मत मात्र आएको थियो।
राष्ट्रपति युनले डिसेम्बर ३ को राति देशमा मार्शल ल लगाएका थिए। तर, ठूलो विरोधपछि उनले ६ घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो। युनको यो कदमपछि दक्षिण कोरियामा उनको निकै विरोध भइरहेको थियो। गत शनिबार पनि उनलाई हटाउन महाभियोग प्रस्ताव ल्याइएको थियो, तर राष्ट्रपति सम्बद्ध पिपल्स पावर पार्टीले सो मतदान बहिष्कार गरेकाले संसदको कोरम नपुगेर प्रस्ताव पारित हुन सकेको थिएन।
संसदमा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएपछि उनी तत्काल निलम्बित भएका छन्। अब यो प्रस्तावलाई संवैधानिक अदालतसमक्ष प्रस्तुत गरिनेछ। संवैधानिक अदालतले १८० दिनभित्र राष्ट्रपति युन सुक-योलको बारेमा निर्णय गर्नेछ। यदि अदालतले बहुमतले महाभियोगलाई अनुमोदन गरेमा राष्ट्रपति युन सुक-योल पदमुक्त हुनेछन्। साथै, युन सुक-योल महाभियोग लागेर आफ्नो पद गुमाउने दोस्रो राष्ट्रपति बन्नेछन्। २०१६–१७ मा तत्कालीन राष्ट्रपति पार्क ग्युन हेईलाई पनि महाभियोग लगाएर हटाइएको थियो। अब प्रधानमन्त्री हान डक-सू कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन्।
रूस–चीन भिसा-मुक्त यात्रा सम्झौता: नयाँ विश्व व्यवस्थाको प्रतीक
फ्रान्केन्स्टाइनको राक्षसझैँ, तालिबानले पाकिस्तानलाई सताइरहेको छ
पश्चिमा नेतृत्वले कसरी विजयलाई हारमा परिणत गर्यो (१९९०-२०२५)
युरोप अझै पनि युक्रेनको युद्ध जारी राख्न कटिबद्ध छ
मेक्सिकोको 'जेन जेड विद्रोह' भाइरल दक्षिणपन्थी षड्यन्त्रको रूपमा पर्दाफास
चिलीको राष्ट्रपति निर्वाचन: भय र आशाबीच दोधारमा रहेको राजनीतिक भविष्य
सुन र भाडाका सैनिक: सुडान नरसंहारको मूल्य
प्रतिक्रिया