दक्षिण कोरियाको राजनीतिमा हलचल: राष्ट्रपति युनविरुद्ध महाभियोग पारित
दक्षिण कोरियामा राष्ट्रपति युन सुक-योलविरुद्ध शनिबार महाभियोग प्रस्ताव पारित भएको छ। संसदमा उनको विरुद्ध २०४ मत परेको थियो भने उनको पक्षमा केवल ८५ मत मात्र आएको थियो।
राष्ट्रपति युनले डिसेम्बर ३ को राति देशमा मार्शल ल लगाएका थिए। तर, ठूलो विरोधपछि उनले ६ घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो। युनको यो कदमपछि दक्षिण कोरियामा उनको निकै विरोध भइरहेको थियो। गत शनिबार पनि उनलाई हटाउन महाभियोग प्रस्ताव ल्याइएको थियो, तर राष्ट्रपति सम्बद्ध पिपल्स पावर पार्टीले सो मतदान बहिष्कार गरेकाले संसदको कोरम नपुगेर प्रस्ताव पारित हुन सकेको थिएन।
संसदमा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएपछि उनी तत्काल निलम्बित भएका छन्। अब यो प्रस्तावलाई संवैधानिक अदालतसमक्ष प्रस्तुत गरिनेछ। संवैधानिक अदालतले १८० दिनभित्र राष्ट्रपति युन सुक-योलको बारेमा निर्णय गर्नेछ। यदि अदालतले बहुमतले महाभियोगलाई अनुमोदन गरेमा राष्ट्रपति युन सुक-योल पदमुक्त हुनेछन्। साथै, युन सुक-योल महाभियोग लागेर आफ्नो पद गुमाउने दोस्रो राष्ट्रपति बन्नेछन्। २०१६–१७ मा तत्कालीन राष्ट्रपति पार्क ग्युन हेईलाई पनि महाभियोग लगाएर हटाइएको थियो। अब प्रधानमन्त्री हान डक-सू कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन्।
अमेरिका-इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणले हर्मुज जलडमरू र तेल बजारमा नि…
आयतोल्लाह खामेनी: पश्चिमी प्रभुत्वविरुद्ध प्रतिरोधका प्रतीक
पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध
मेक्सिकोका मोस्ट वान्टेड लागूऔषध तस्कर 'एल मेन्चो' मारिए
किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित
अमेरिकी नाकाबन्दीले क्युबाली जनतालाई कसरी आघात पुर्याइरहेको छ
'औपनिवेशिक समर्थन' गर्ने भाषण
प्रतिक्रिया