लेवनानमाथि इजरायली हमलाले पश्चिम एशियामा युद्धको आगो सल्कने खतरा

गत अक्टोबर ७ को घटनापछि शुरु भएको इजरायलको सैनिक कारवाही गाजापट्टीबाट सरेर लेवनानतिर फैलिएको छ । विगत केही दिनदेखि इजरायलले लेवनानमा हवाइ आक्रमण बढाएको छ । इजरायलविरुद्ध संघर्ष गरिररहेका हिजबुल्लाहलाई लक्षित गरेर गरेको सो आक्रमणमा हताहती हुनेहरुको संख्या दिनानुदिन बढेर गइरहेको छ । यसै क्रममा पछिल्लो पटक इजरायली आक्रमणबाट कम्तीमा ४९२ जनाको मृत्यु भएको छ, जसमा ३५ बालबालिका पनि छन्। कम्तीमा १,६४५ जना घाइते भएका छन्।
यस आक्रमणको प्रतिकारमा लेबनानको हिजबुल्लाहले इजरायली वायुसेनाका आधारहरूमा मिसाइल प्रहार गरेको छ। विश्व नेताहरू र संयुक्त राष्ट्रसंघले तत्काल तनाव घटाउन आह्वान गरेका छन्। इजरायलको लेबनानमाथिको आक्रमणले "पूरै क्षेत्रलाई अराजकतातर्फ लैजान सक्ने" टर्कीले चेतावनी दिएको छ ।
उता गाजापट्टीमा, इजरायली हवाई आक्रमणले एकै दिनमा कम्तीमा २४ जनाको हत्या गरेको छ, जसमा मध्य देइर अल-बालाहमा एकजना महिला र उनका चार बच्चाहरू पनि परेका छन्।
इजरायलको गाजामा जारी युद्धमा हालसम्म कम्तीमा ४१,४३१ जनाको मृत्यु भएको छ र ९५,८१८ जना घाइते भएका छन्। इजरायलमा, अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा कम्तीमा १,१३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरण गरिएको थियो।

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

इजरायली हवाई आक्रमणमा यमनका हुथी प्रधानमन्त्री मारिए

अमेरिका–रूस शिखर बैठक

प्राचीन मन्दिर वरिपरि क्याम्बोडिया र थाईल्याण्डबीचको युद्ध

प्रतिक्रिया