भेनेजुएलामा निकोलस मादुरो पुन:निर्वाचित
भेनेजुएलामा आइतबार भएको राष्ट्रपति चुनावमा निकोलस मादुरो पुन:निर्वाचित भएका छन्।
भेनेजुएलाको निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार निकोलस मादुरोले ५१.२ प्रतिशत भोट प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दीले एडमुंडो गोंजालेजले ४४.२ प्रतिशत भोट प्राप्त गरेका छन्।
तर बिपक्षी नेताहरुले आफ्नो उम्मेदवारले ७० प्रतिशत मत प्राप्त गरेर स्पष्ट जित हासिल गरेको दावी गरेका छन्। अमेरिका र पश्चमी देशहरुले यो नतिजा प्रति शंका व्यक्त गरेका छन्। अमेरिकी विदेश मंत्री एंटनी ब्लिंकनले चुनाबको परिणाम प्रति आशंका व्यक्त गर्दै भनेका छन्- अमेरिकालाई गम्भीर चिन्ता छ कि घोषित गरिकेको नतिजाले भेनेजुएलाका जनताको इच्छा वा भोटहरुलाई प्रतिविम्बित गर्दैन। अमेरिकाको ठीक विपरीत क्युबा र रसियाले निकोलस मादुरोलाई जितको उपलक्षमा बधाई दिएका छन्।
जितपछि राजधानी काराकासका सडकहरुमा निकोलस मादुरोका समर्थकहरुले खुशियाली मनाएका छन् भने उनका विपक्षीहरुले टायर बालेर विरोध जनाएका छन्।
मादुरो यो जितसंगै लगातार तेश्रो पटक राष्ट्रपति बन्दै छन्। स्मरणीय छ भेनेजुएलामा राष्ट्रपतिको कार्यकाल ६ बर्षको हुनेगर्छ। उनको यो जित संगै भेनेजुएलामा त्यहाका लोकप्रिय बामपन्थी नेता ह्युगो चाभेजको विचारधारा चाभेजवादले निरन्तरता पाउने भएको छ। बामपन्थी नेता ह्युगो चाभेजले भेनेजुएला १४ वर्षसम्म शासन गरेका थिए। उनको २०१३ मा निधन भएको थियो।
Image source: https://www.aljazeera.com
रूस–चीन भिसा-मुक्त यात्रा सम्झौता: नयाँ विश्व व्यवस्थाको प्रतीक
फ्रान्केन्स्टाइनको राक्षसझैँ, तालिबानले पाकिस्तानलाई सताइरहेको छ
पश्चिमा नेतृत्वले कसरी विजयलाई हारमा परिणत गर्यो (१९९०-२०२५)
युरोप अझै पनि युक्रेनको युद्ध जारी राख्न कटिबद्ध छ
मेक्सिकोको 'जेन जेड विद्रोह' भाइरल दक्षिणपन्थी षड्यन्त्रको रूपमा पर्दाफास
चिलीको राष्ट्रपति निर्वाचन: भय र आशाबीच दोधारमा रहेको राजनीतिक भविष्य
सुन र भाडाका सैनिक: सुडान नरसंहारको मूल्य
प्रतिक्रिया