जब लुलाले चोम्स्कीलाई भने– तपाईंले मानवताको विकासको लागि अझै पनि धेरै देन दिन सक्नु हुन्छ!
ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले प्रख्यात भाषाविद् तथा अमेरिकी विदेश नीतिका प्रखर आलोचक नोम चोम्स्कीलाई भेटेका छन्। राष्ट्रपति लुलाले चोम्स्कीको साओ पाउलो स्थित निवासमा भेटेका हुन्।
करिब चालिस मिनेट सम्म चलेको यो भेटको क्रममा दुवै जनाले एक अर्काको हात समाएका थिए र प्रसंशापूर्वक हेराहेर गरेर स्नेह साटासाट गरेका थिए ।
भेटघाटको क्रममा लुलाले स्नेहपूर्वक आफ्नो हातले चोम्स्कीको निधार र शिरलाई सुम्सुमाउदै मजाक गर्दै भने- ‘तपाईं म भन्दा बुढो हुनुहुन्छ तर तपाईको शिरमा मेरो भन्दा बढी कपाल छन् !’ लुलाको यो भनाइलाई चोम्स्कीकि पत्नी भ्यालेरियाले अनुवाद गरेर सुनाएपछि चोम्स्की मुस्कुराएका थिए।
लुलाले चोम्स्कीको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रसन्नता व्यक्त गरेका थिए। त्यही क्रममा उनले भने- ‘तपाईंले राम्रो गरिरहेको देख्दा मलाई खुशी लागेको छ। तपाईंले मानवताको विकासको लागि अझै पनि धेरै देन दिन सक्नु हुन्छ। त्यस्तो कुनै पनि हप्ता छैन होला, म र सेल्सो एमोरीम ( पुर्व विदेश मन्त्री) बीच तपाईंका बारेमा कुरा नभएको होस्।’
भेटघाटको क्रममा लुलाले दक्षिणपंथी शक्तिहरुको विस्तारका विरुद्धमा प्रगतिशील राष्ट्रपतिहरुको भेला गर्ने आफ्नो योजनाका बारेमा पनि बताएका थिए।
९५ वर्षीय नोम चोम्स्कीलाई गत वर्ष मस्तिस्कघात भएको थियो। उनलाई त्यसपछि ब्राजिलको शहर साओ पाउलोमा ल्याएर उपचार गरिएको थियो। उनलाई अघिल्लो हप्ता अस्पतालबाट डिस्चार्ज गरिएको थियो। नोम चोम्स्कीकी पत्नी भ्यालेरिया वासरम्यान ब्राजिलकी नागरिक हुन्। चोम्स्की दम्पतिको घर ब्राजिलको साओ पाउलो शहरमा समेत रहेको छ।
नोम चोम्स्की र राष्ट्रपति लुला डा सिल्भाबीच लामो समयदेखि मित्रवत सम्बन्ध रहदै आएको छ। लुलालाई आफ्नो २००२ को कार्यकालको समयमा भ्रष्टाचार गरेको फर्जी आरोप लगाएर २०१८ तिर जेलमा राखिँदा नोम चोम्स्कीले उनलाई जेलमै गएर भेटेका थिए।
Image sources: https://media.cnn.com, https://cdn.britannica.com
अमेरिका-इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणले हर्मुज जलडमरू र तेल बजारमा नि…
आयतोल्लाह खामेनी: पश्चिमी प्रभुत्वविरुद्ध प्रतिरोधका प्रतीक
पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध
मेक्सिकोका मोस्ट वान्टेड लागूऔषध तस्कर 'एल मेन्चो' मारिए
किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित
अमेरिकी नाकाबन्दीले क्युबाली जनतालाई कसरी आघात पुर्याइरहेको छ
'औपनिवेशिक समर्थन' गर्ने भाषण
प्रतिक्रिया