अरुन्धतीविरुद्ध मुद्दा चलाउन अनुमति
दिल्लीका लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनाले लेखिका अरुन्धती रोयलाई गैरकानूनी गतिविधि रोकथाम ऐन (UAPA) अन्तर्गत मुद्दा चलाउन अनुमति दिएका छन् । भारतीय समाचार संस्था पिटिआइले अधिकारीहरुको हवाला दिँदै जनाएअनुसार उनलाई सन् २०१० मा कथित 'उत्तेजक' भाषणको लागि सो आदेश दिएको हुन् ।
त्यसैगरी, कश्मीरको केन्द्रीय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका पूर्व प्राध्यापक डा शेख शोकत हुसैनलाई पनि उनले गैरकानूनी गतिविधि (रोकथाम) ऐनको धारा ४५(१) अन्तर्गत मुद्दा चलाउन स्वीकृति दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गत अक्टोबरमा सक्सेनाले रोय र कश्मीरको केन्द्रीय विश्वविद्यालयका पूर्व प्राध्यापक शेख शोकत हुसैनलाई सीआरपीसीको धारा १९६ अन्तर्गत भारतीय दण्ड संहिताका विभिन्न धाराहरू अन्तर्गत दण्डनीय अपराधहरूका लागि मुद्दा चलाउन अनुमति दिएका थिए।
उनीहरुले बोलेका कुराले भारतको अखण्डतामाथि आँच ल्याउने काम भएको तथा कश्मीरलाई भारतबाट अलग गर्ने कुरालाई प्रचार गरिएको आरोप छ । गिलानी र रोयले काश्मिर भारतको हिस्सा कहिल्यै नरहेके तथा उक्त क्षेत्रलाई भारतको सेनाले जबरजस्ती कब्जा गरेको भनी बोलेको आरोप लगाइएको छ ।
यसअघि उनीहरुविरुद्ध सुशील पण्डित नाम गरेका एक व्यक्तिले सिआरपिसीको धारा १५६(३) अन्तर्गत नयाँ दिल्लीको मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा उजुरी दायर गरेका थिए ।
क्युबा र भेनेजुएलाबीचको सहकार्य: अमेरिकाको युद्ध–निशाना
बुर्किना फासोमा राष्ट्रपति इब्राहिम ट्राओरेविरुद्धको हत्या षड्यन्त्र विफल
ट्रम्पको हुङ्कार: “मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन”
अपहरित मादुरोलाई अमेरिकी साम्राज्यवादी डकैतहरूले देखावटी अदालतमा परेड गराए
अमेरिकी आक्रमणमा भेनेजुएलामा ३२ क्युबालीहरु मारिएको क्युबाको दाबी
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पत्नीसमेत गिरफ्तार गरिएको ट्रम्पको दावी
इरानमा विरोध प्रदर्शन हिंसात्मक बन्दै
प्रतिक्रिया