भारतीय निर्वाचन: भाजपा ठूलो पार्टी बन्दाबन्दै पनि मोदीको व्यक्तिगत हार !
विश्वको सबै भन्दा ठूलो प्रजातन्त्र मानिने भारतको संसदीय निर्वाचनको परिणाम प्राप्त भएको छ। भारतीय संसदको तल्लो सदन लोकसभाको ५४३ सिटका लागि भएको यो निर्वाचन ७ चरणमा गरेर जम्मा ४४ दिन सम्म चलेको थियो । पछिल्लो नतिजा अनुसार सत्तारुढ भारतीय जनता पार्टीले २४० स्थान प्राप्त गरेर सबै भन्दा ठूलो पार्टी बनेको छ। त्यस्तै भारतीय राष्ट्रिय कांग्रेसले ९९ सिट जितेको छ।
यो निर्वाचनमा भारतीय जनता पार्टी सबैभन्दा ठुलो पार्टी बन्न सफल भएपनि यसलाई उसको र विशेष गरी प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत हारको रुपमा हेरिएको छ। भारतीय जनता पार्टीले यो चुनावमा ४०० वटा सिट जित्ने लक्ष्यका साथ अभियान सुरुगरेको थियो। उसको चुनावी नारानै ‘अब की बार ४०० पार’ रहेको थियो। तर आमनिर्वाचनमा साम, दाम, दण्ड र भेद सबै नीति प्रयोग गर्दा समेत ४०० त के ३०० सिट समेत जित्न भारतीय जनता पार्टी सफल भएन।
सरकार बनाउनको लागि कुनै पनि दल वा गठबन्धन संग संसदमा २७२ सिट हुनुपर्छ। अहिले भारतमा कुनै पनि दलले एक्लैले बहुमत प्राप्त गर्न सकेका छैनन्। भारतीय जनता पार्टीले नेतृव गरेको एनडिए गठबन्धनले २९२ सिट जितेको छ। त्यस्तै कांग्रेस पार्टीले नेतृत्व गरेको इन्डिया गठबन्धनले २३३ सिट जितेको छ। सरकार बनाउनको लागि भारतीय जनता पार्टीको बिहारका मुख्यमन्त्री नितिश कुमार र आन्द्र प्रदेशका तेलगु देशमका चन्द्रबाबु नायाडूको मुख्य भूमिका हुनेछ। यी दुवैसंग करिब ३० सिट रहेको छ। नितिश कुमार र चन्द्रबाबु नायाडू अवसरवादिता र अस्थिरताको लागि अत्यन्त बदनाम छन्। उनीहरुले पलटुरामको विशेषण नै पाएका छन् । त्यसैले अब कुन पार्टीले सरकार बनाउछ र त्यो सरकार कति टिकाउ हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न ।
रूस–चीन भिसा-मुक्त यात्रा सम्झौता: नयाँ विश्व व्यवस्थाको प्रतीक
फ्रान्केन्स्टाइनको राक्षसझैँ, तालिबानले पाकिस्तानलाई सताइरहेको छ
पश्चिमा नेतृत्वले कसरी विजयलाई हारमा परिणत गर्यो (१९९०-२०२५)
युरोप अझै पनि युक्रेनको युद्ध जारी राख्न कटिबद्ध छ
मेक्सिकोको 'जेन जेड विद्रोह' भाइरल दक्षिणपन्थी षड्यन्त्रको रूपमा पर्दाफास
चिलीको राष्ट्रपति निर्वाचन: भय र आशाबीच दोधारमा रहेको राजनीतिक भविष्य
सुन र भाडाका सैनिक: सुडान नरसंहारको मूल्य
प्रतिक्रिया