भारतीय माओवादीका लागि घातक बन्दै छ स्थिति !
हिजो भारतको छत्तीसगढ राज्यको बिजापुर जिल्लामा सुरक्षाबल संग भएको भिडन्तमा १२ जना माओवादीहरुको मृत्यु भएको छ
। यो घटना बिजापुर जिल्लाको गंगालपुर इलाकामा भएको थियो। यो ठाउलाई माओवादीहरुको गढ मानिन्छ।
स्मरणीय छ गत १६ अप्रिलमा छत्तीसगढ राज्यकै कांकेर जिल्लामा भएको सुरक्षाकर्मीहरु संग भएको मुठभेडमा २९ जना माओवादी छापामारहरुको मृत्यु भएको थियो। भारतीय माओवादीहरुको लागि यो वर्ष सबै भन्दा घातक साबित हुन थालेको छ। यो वर्षको ५ महिनाभित्रै १०३ जना माओवादी छापामारहरुको मृत्यु भएको छ।
२००६ मा प्रधानमन्त्री मनमोहन सिंहले माओवादी आन्दोलनलाई भारतको आन्तरिक सुरक्षाको लागि सबै भन्दा ठुलो चुनौती हो भनेर भनेका थिए। त्यसपछि उनको सरकारले माओवादी बिरुद्ध अप्रेसन ग्रिन हन्ट सुरु गरेको थियो। २०१४ मा सरकारमा आएको नेता नरेन्द्र मोदी सरकारले लामो समय देखी भारतमा चल्दै आएको माओवादी आन्दोलनलाई समाप्त पार्न आफ्नो मुख्य लक्ष्य बनाएको छ। जसअनुसार भारतीय राज्य सत्ता माओवादी आन्दोलनलाई समाप्त पार्न आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ।
अमेरिका-इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणले हर्मुज जलडमरू र तेल बजारमा नि…
आयतोल्लाह खामेनी: पश्चिमी प्रभुत्वविरुद्ध प्रतिरोधका प्रतीक
पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध
मेक्सिकोका मोस्ट वान्टेड लागूऔषध तस्कर 'एल मेन्चो' मारिए
किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित
अमेरिकी नाकाबन्दीले क्युबाली जनतालाई कसरी आघात पुर्याइरहेको छ
'औपनिवेशिक समर्थन' गर्ने भाषण
प्रतिक्रिया