हुथी विद्रोहीहरुले अमेरिकी ड्रोन खसाले !
गाजा क्षेत्रमा इजरालले गरेको नरसंहार तथा इजरायलको समर्थनमा अमेरिका लगायत युरोपेली देशहरु लागिपरेपछि यमनका हुथी विद्रोहीहरुले लालसागरमा प्रतिरोधी आक्रमण जारी राखेका छन् । यसैक्रममा पछिल्लो पटक उनीहरुले बेलायती तेलवाहक जहाज ‘एन्ड्रोमेडा स्टार’माथि मिसाइल आक्रमण गरेर क्षति तुल्याएका छन् भने अमेरिकी ड्रोन एमक्यू– ९ लाई पनि खसालिदिएका छन् ।
हुथी आक्रमणमा परी ‘एन्ड्रोमेडा स्टार’ मा सामान्य मात्रै क्षति पुगेको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । अहिले अमेरिका र उसका गठबन्धनले लालसागरमा हुथी विरुद्ध सेना नै परिचालन गरेको छ ।
अहिलेसम्म अमेरिकाले आफ्ना ड्रोन हुथी विद्रोहीले खसालिदिएको बारे कुनै प्रतिक्रिया जनाएको छैन । तर अमेरिकी मिडियाहरुले सो बारे खबर प्रकाशित गरेका छन् । हुथीहरुले खसालिदिएको अमेरिकी ड्रोन अत्याधुनिक र महंगो मानिन्छ । एक खबरअनुसार सो ड्रोनको मूल्य ३० मिलियन अमेरिकी डलर पर्छ ।
गाजामा इजरायलले आक्रमण शुरु गरेयता हुथीहरुले अमेरिकाको आक्रमक ड्रोनलाई खसालिदिएको यो तेस्रो घटना हो ।
हुथी विद्रोही समूह इरान समर्थित विद्रोही मानिन्छन् । यो समूह संसारकै सबैभन्दा ठूलो सैनिक क्षमता भएको विद्रोही समूह हो । यस समूहमा डेढ लाख जति सक्रिय सेना तथा अत्याधुनिक हातहतियारहरु रहेको विश्वास गरिन्छ ।
Image source: https://www.aljazeera.com
युद्धले खारिएको हुथीलाई कमजोर आँक्ने हुँदैछ गल्ती
रूस–चीन भिसा-मुक्त यात्रा सम्झौता: नयाँ विश्व व्यवस्थाको प्रतीक
फ्रान्केन्स्टाइनको राक्षसझैँ, तालिबानले पाकिस्तानलाई सताइरहेको छ
पश्चिमा नेतृत्वले कसरी विजयलाई हारमा परिणत गर्यो (१९९०-२०२५)
युरोप अझै पनि युक्रेनको युद्ध जारी राख्न कटिबद्ध छ
मेक्सिकोको 'जेन जेड विद्रोह' भाइरल दक्षिणपन्थी षड्यन्त्रको रूपमा पर्दाफास
चिलीको राष्ट्रपति निर्वाचन: भय र आशाबीच दोधारमा रहेको राजनीतिक भविष्य
सुन र भाडाका सैनिक: सुडान नरसंहारको मूल्य
प्रतिक्रिया