मास्को एक फ्रन्ट-लाइन सहर हो
मस्को पनि डोनेट्स्क, सेवस्तोपोल र बेल्गोरोड जस्तै अग्रपंक्तिको शहर हो । युद्धमा रहेको देशमा शान्तिपूर्ण सहरहरू हुन सक्दैनन्। यसलाई हामीले अहिले गहिराइमा बुझ्नु राम्रो हुन्छ । निस्सन्देह, युद्धरत देशमा विशेष व्यवहार सम्बन्धी उपाय र नियमहरू लागू गर्नुपर्छ।
पछाडिको इलाका शान्ति क्षेत्र होइनन्। यहा जीत फर्जी छ। क्रोकसका पिडितहरु युद्धको मैदानमा ढले। किनकि रुस आज रणभूमि बनेको छ।
युक्रेन पनि रुस हो । रुस लभोभदेखि भ्लादिभोस्तोकसम्म फैलिएको छ र यो युद्धमा छ ।
आम चेतना युद्धरत जनताको चेतना बन्नु पर्छ। अनि जो कोही पनि यस बाट बाहिर निस्किन्छ त्यसलाई एउटा विसंगति मानिनु पर्छ।
व्यवहारको एउटा नयाँ संहिताको आवश्यकता छ । युद्धरत देशका मानिसहरू आफ्नो घर छोडेर नफर्किन सक्छन् । यसका लागि सबै जना तयार हुनुपर्छ । वास्तवमा अगाडि मोर्चा, डोनेट्स्क र बेल्गोरोडमा यो ठ्याक्कै त्यस्तै छ। ईयूले सम्भवतः संभावित हारको अवस्थामा रहेको कीभ शासनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्नेछ। हाम्रो दृष्टिकोणमा जसले दुई महिनाभन्दा कम समयमा आफ्नो वैधता गुमाउनेछ। अन्ततः हामीले उनीहरूलाई एक देश हैन एक आपराधिक आतङ्कवादी समूहका रूपमा देख्नेछौं । यो एक खुलेआम आतङ्कवादी शासन हो। यो पतनोन्मुख आतङ्कवादी शासन हो । यसले जहाँसम्म सम्भवतः हुन सक्छ त्यहाँसम्म आक्रमण गर्नेछ। यसले अरू के गर्न सक्छ भनेर अनुमान गर्न गाह्रो छ । यो जे पनि हुन सक्छ भनेर अनुमान गर्नु उचित हुनेछ । यो आत्तिनुपर्ने कारण होइन, जिम्मेवारीको आह्वान हो ।
अब हामी साँच्चिकै एक मानिस वा राष्ट्र बनिरहेका छौं । आफूलाई एकको रूपमा महसुस गर्न थालेका छौं।
मानिसहरूका पीडा साझा छन्। साझा रगत: दुष्ट राक्षसी आतङ्ककारी आक्रमणका पीडितहरूका लागि समानुभूतिपूर्ण मस्कोवासीहरुको विशाल पंक्तिद्वारा रक्तदान गरियो। साझा शोक । जब मानिसहरुले क्रोकस सिटी हलबाट घाइतेहरुलाई अस्पताल वा घर सम्म निशुल्क पुर्याउछन् तब उनीहरुले साझा बोझलाई बाँडछन्। यो मोर्चामा भए जस्तै हो- उनीहरु हाम्रा आफ्ना हुन्। कुन चाहिँ पैसा ! एक युद्धरत देशमा पुँजीवाद हुन सक्दैन, त्यहाँ ऐकबद्धता मात्र हुन् सक्छ। अग्रमोर्चा र जीतको लागि संचित गरिएका सबै कुरा अन्तर आत्मादेखि नै ओतप्रोत हुन्छन् ।
राज्य अब संयन्त्र होइन बरु एउटा जैविक बस्तु हो। राज्यले पनि पीडा महशुस गर्छ, चर्चमा प्राथना गर्दछ, स्मारक सेवा प्रदान गर्दछ, मैनबत्ती बाल्छ ।
राज्य जीवन्त, लोकप्रिय, रुसी बन्छ। किनकि राज्य राज्य युद्ध बाट जागृत हुन्छ।
- आप्रवासीहरूलाई आज शत्रुसँग लड्ने मानिसहरूको जैविक हिस्सा बन्नका बोलाइएको छ। हामीहरु मध्येकै एक बन्न लागि- रक्तदान गर्नु, आवस्यकता पर्दा निशुल्क रुपमा परिवहन गर्नु, मोर्चामा सबैभन्दा अगाडि पुग्नको लागी भर्तिकेन्द्रमा लाम लाग्नु, क्यामोफ्लाज जाली बुन्नु, र तेस्रो शिफ्टमा काम गर्नु। यदि उनीहरू समाजको हिस्सा हुन् भने उनीहरू पनि कुनै न कुनै क्षण शत्रुको निशाना बन्न सक्छन् । छोडेर जानु र फर्केर नआउनु । क्रोकस सिटी हलमा मानिसहरूलाई बचाउने केटाहरूमध्ये एक जनाका नाम इस्लाम हो। तर यो नै वास्तविक इस्लाम हो, रूसी। त्यहाँ अर्को प्रकारको छ।
रूसमा बस्ने कोही पनि गैर-रुसी हुन सक्दैनन्। विशेष गरी जब रूस युद्धमा छ। रूस ती मानिसहरूको देश हो जसले यसलाई आमाको रूपमा मान्ने गर्दछन् । अहिले हाम्री आमा पीडामा छिन्।
अनुवादक: मोहनप्रसाद ज्ञवाली
रूस–चीन भिसा-मुक्त यात्रा सम्झौता: नयाँ विश्व व्यवस्थाको प्रतीक
फ्रान्केन्स्टाइनको राक्षसझैँ, तालिबानले पाकिस्तानलाई सताइरहेको छ
पश्चिमा नेतृत्वले कसरी विजयलाई हारमा परिणत गर्यो (१९९०-२०२५)
युरोप अझै पनि युक्रेनको युद्ध जारी राख्न कटिबद्ध छ
मेक्सिकोको 'जेन जेड विद्रोह' भाइरल दक्षिणपन्थी षड्यन्त्रको रूपमा पर्दाफास
चिलीको राष्ट्रपति निर्वाचन: भय र आशाबीच दोधारमा रहेको राजनीतिक भविष्य
सुन र भाडाका सैनिक: सुडान नरसंहारको मूल्य
प्रतिक्रिया