अझै मरेको छैन पुस्तक प्रेम !
एकैजनाले ३ लाखभारुभन्दा बढीको पुस्तक किने !
भरखरै मात्र ठूलो तामझामका साथ अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भयो । भारत सरकार आफैं सक्रिय भएर लागिपरेको उक्त मन्दिरको दर्शन गर्न ११ दिनमा २५ लाख मानिसहरु सहभागी भएका थिए । त्यस अवसरमा ८ करोड रुपियाँ भेटी संकलन भएको थियो । त्यो धर्मप्रति आम भारतीय रुझानको प्रतिक थियो । तर त्यो भन्दा पनि बढी मानिस कलकत्तामा भरखरै सम्पन्न पुस्तक मेलामा सहभागी भएका थिए । त्यसले कलकत्ताका मानिसहरुमा रहेको अद्भूत पुस्तक प्रेम एवं पठन संस्कृतिलाई प्रकट गरेको थियो ।
गत जनवारी १८ देखि ३१ सम्म चलेको सो अन्तर्राष्ट्रिय पुस्तक मेलामामा २९ लाख मानिसहरु सहभागी भएका थिए । त्यस मेलामा २७ करोड भारतीय रुपियाँ बराबरको किताबहरु बिक्री भएको थियो । अघिल्लो बर्ष भएको पुस्तक मेलामा पनि २५ लाख मानिसहरु सहभागी भएका थिए र त्यसबेला २५ करोड भारतीय रुपियाँ बराबरको पुस्तकहरु बिक्री भएको थियो । यसपालि अघिल्लो पटकभन्दा सहभागिता तथा पुस्तकको समेत बिक्री बढेको हो ।
सबैभन्दा अद्भूत कुरा त के पनि भयो भने यस पटकको पुस्तक मेलामा देवब्रत चटर्जी नाम गरेका पुस्तक प्रेमी एक्लैले ३ लाख १५ हजार भारतीय रुपियाँ बराबरको पुस्तक किनेका छन् । पेशाले निजी शिक्षक चटर्जीको पुस्तक प्रेमलाई देखेर पब्लिशर्स एण्ड बुक सेलर्स गिल्डले उनलाई सम्मानित गरेको छ ।
क्युबा र भेनेजुएलाबीचको सहकार्य: अमेरिकाको युद्ध–निशाना
बुर्किना फासोमा राष्ट्रपति इब्राहिम ट्राओरेविरुद्धको हत्या षड्यन्त्र विफल
ट्रम्पको हुङ्कार: “मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन”
अपहरित मादुरोलाई अमेरिकी साम्राज्यवादी डकैतहरूले देखावटी अदालतमा परेड गराए
अमेरिकी आक्रमणमा भेनेजुएलामा ३२ क्युबालीहरु मारिएको क्युबाको दाबी
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पत्नीसमेत गिरफ्तार गरिएको ट्रम्पको दावी
इरानमा विरोध प्रदर्शन हिंसात्मक बन्दै
प्रतिक्रिया