ढल्यो पत्रकारिता एवं डकुमेन्ट्रीको एउटा खम्बा !
जोन पिल्जरले संसारभरिका आवाजविहीन, गरिब, दबाइएकाहरु, विस्थापितहरुलाई आवाज दिएका छन्
प्रख्यात अस्ट्रेलियाली पत्रकार, डकुमेन्ट्री निर्माता र अभियन्ता जोन पिलजरको ८४ वर्षको उमेरमा हिजो आइतबार निधन भएको छ। जोन पिल्जरको निधन बेलायतमा भएको हो। उनको जन्म अस्ट्रेलियाको न्यु साउथ वेल्समा १९३९ मा भएको थियो। सन् साठीको दशकदेखि जोन पिल्जर बेलायतमै बसोबास गर्थे। उनी साठीको दशक देखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए। जोन पिलजर साठी र सत्तरीको दशकमा भएका भियतनाम युद्ध, कम्बोडिया युद्ध, नाइजेरियाको बाइफ़ारा युद्ध र बंगलादेशको युद्धबारे रिपोर्टिंगका कारण चर्चित थिए। त्यस्तै उनले अमेरिकामा भएको उथलपथलकारी समयको बारेमा पनि रिपोर्टिंग गरेका थिए। १९६८ मा अमेरिकाका महान्याधिवक्ता तथा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचनका प्रत्यासी रोबेर्ट केनेडीको हत्या हुदा जोन पिलजर घटनास्थलमै थिए।
जोन पिलजर आफ्ना डकुमेन्ट्रीहरुका कारण चर्चित थिए। उनले ५० भन्दा बढी डकुमेन्ट्री निर्माण गरेका छन्। उनले १९७९ मा क्याम्बोडियामा खमेर रुजको शासनबारे जिरो एअर: साइलेन्ट डेथ अफ क्याम्बोडिया नामक डकुमेन्ट्री निर्माण गरेका थिए। यसले खमेर रुज शासनकालका बर्बरताहरुलाई उजागर गरेको थियो। त्यस्तै उनले फेरी १९९० मा क्याम्बोडियाकै बारेमा अर्को डकुमेन्ट्री बनाएका थिए। जसको नाम थियो- क्याम्बोडिया: धोका। यो डकुमेन्ट्रीका लागि जोन पिलजरलाई एमी एवार्ड प्रदान गरिएको थियो।
जोन पिलजर अस्ट्रेलियाका मूलवासीहरु माथि गरिएको शोषण र अत्याचार बारे सजग थिए। उनले त्यस विषयमा अनेकौं फिल्महरु निर्माण गरेका थिए। १९८५ मा निर्माण भएको दि फर्स्ट अस्ट्रेलियन फाइट ब्याक, २०१३ मा बनेको युटोपिया चर्चित छन्। जोन पिलजरले २०१६ मा अमेरिका र चीनबीच बढ्दो द्वन्दबारे कमिंग वार अन चाइना भन्ने डकुमेन्ट्री निर्माण गरेका थिए। उनको अन्तिम डकुमेन्ट्री बेलायतको सार्वजनिक स्वास्थ्य सेवामाथि निजीकरणको खतरा बारे थियो। २०१९ मा यसबारे डर्टी वार अन नेसनल हेल्थ सर्भिस भन्ने डकुमेन्ट्री बनाएका थिए।
जोन पिलजर विकिलिक्सका संस्थापक जुलियन आसान्जका प्रखर समर्थक थिए। उनले जुलियन असान्ज बेलायत स्थित इक्वेडरको राजदुताबासमा शरण लिएर बसेको समयमा अनेकौं पटक भेटेका थिए। जोन पिल्जरले आफ्नो जीवनकालभरि संसारभरि भइरहेका अन्याय अत्याचार, युद्ध र साम्रज्यवादको विरोधमा आवाज उठाए। त्यसविरुद्ध अनुसन्धान र खोज पत्रकारिता गरे। उनले संसारभरिका आवाजविहीन, गरिब, दबाइएकाहरु, विस्थापितहरु आवाज दिए। त्यस्तै उनले त्यस्ता मानिसहरुको पक्षमा लडिरहेका अधिकारकर्मीलाई आशा, उत्साह र ऐक्यबद्धता प्रदान गरेका थिए। उनले पश्चिमी देशहरुको पाखण्डको भण्डाफोर गर्दै आएका थिए। जोन पिलजर अर्का प्रख्यात बामपन्थी पत्रकार वेल्फ्रेड ब्रुचेटका उत्तराधिकारी थिए। जोन पिलजरको निधन संगै विश्वले एउटा सच्चा पत्रकार गुमाएको छ।
रूस–चीन भिसा-मुक्त यात्रा सम्झौता: नयाँ विश्व व्यवस्थाको प्रतीक
फ्रान्केन्स्टाइनको राक्षसझैँ, तालिबानले पाकिस्तानलाई सताइरहेको छ
पश्चिमा नेतृत्वले कसरी विजयलाई हारमा परिणत गर्यो (१९९०-२०२५)
युरोप अझै पनि युक्रेनको युद्ध जारी राख्न कटिबद्ध छ
मेक्सिकोको 'जेन जेड विद्रोह' भाइरल दक्षिणपन्थी षड्यन्त्रको रूपमा पर्दाफास
चिलीको राष्ट्रपति निर्वाचन: भय र आशाबीच दोधारमा रहेको राजनीतिक भविष्य
सुन र भाडाका सैनिक: सुडान नरसंहारको मूल्य
प्रतिक्रिया