इजरायल हमासबीच युद्धविराम हुने
पश्चिम एशियाको गाँजापट्टीमा युद्धरत इजरायल–हमास र अमेरिकाबीच युद्धविराम हुने खबर सार्वजनिक भएको छ ।
वासिङटन पोष्टलाई हवाला दिँदै समाचार संस्था रोयटर्सले प्रकाशित गरेको जानकारी अनुसार कम्तिमा पाँच दिनका लागि युद्धविराम गर्ने र हमासले बन्धक बनाएकाहरुमध्ये बालबच्चा, महिला तथा विरामीहरुलाई रिहा गर्ने सहमति भएको छ ।
त्यसअनुसार ६ पेजको सम्झौता पत्र तयार गरिएको तथा हमासले बन्धक बनाएका मध्ये ५० वा सोभन्दा बढीलाई ससानो समूहमा चरणबद्ध रुपमा रिहा गर्ने सहमति भएको छ ।
वासिङटन पोष्टले उक्त वार्ताबारे जानकारहरुको हवाला दिँदै हिजो शनिवार उक्त सामाचार प्रकाशित गरेको थियो ।
स्मरण रहोस्, हमासले गत अक्टोबर ७ गते इजरायलमा गरेको अप्रत्याशित छापामार आक्रमणमा १२०० भन्दा बढी इजरायलीहरुको हत्या गर्नुको साथै २४० जना जतिलाई बन्धक बनाएको थियो । त्यस आक्रमणमा परी १० जना नेपालीहरुको पनि ज्यान गएको थियो । त्यसको बदलामा इजरायलले गाजा क्षेत्रमा जारी राखेको हवाइ हमलामा दशौं हजार निर्दोष प्यालेष्टिनीहरुको हत्या भइसकेको छ । बदलाको कारवाहीमा इजरायलले अस्पताल, स्कुल तथा शरणार्थी शिविरहरुमा समेत अन्धधुन्ध हवाइ तथा स्थल आक्रमण गरेर भयानक युद्ध अपराध गरिरहेको छ । तर अमेरिका तथा युरोपको साथ समर्थन पाएको इजरायलको यो युद्ध अपराध निर्वाध रुपमा चल्दै आएको छ ।
अमेरिका-इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणले हर्मुज जलडमरू र तेल बजारमा नि…
आयतोल्लाह खामेनी: पश्चिमी प्रभुत्वविरुद्ध प्रतिरोधका प्रतीक
पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध
मेक्सिकोका मोस्ट वान्टेड लागूऔषध तस्कर 'एल मेन्चो' मारिए
किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित
अमेरिकी नाकाबन्दीले क्युबाली जनतालाई कसरी आघात पुर्याइरहेको छ
'औपनिवेशिक समर्थन' गर्ने भाषण
प्रतिक्रिया