चतुरो स्याल

शिकारको खोजमा निस्केको बाघले एक दिन एउटा श्याललाई शिकारको रुपमा भेट्यो ।

श्यालले भन्यो, “बाघ, तपाइँ मलाई समातेर खान सक्नु हुन्न । किन थाहा छ ? म हिजोआज यस जङ्गलका पशुहरुको राजा नियुक्त भएको छु । तपाईंले मलाई खानुभयो भने सारा पशुहरु तपाईंका विरुद्ध हुनेछन् । तपाईंलाई मेरो नियुक्तिमा विश्वास छैन भने ल मेरो पछिपछि आउनोस् । प्रत्यक्ष देख्नुहुन्छ ।”

श्यालको कुरा मानेर बाघ “ल हेरुँ त !” भन्दै श्यालको पछि लाग्न तैयार भयो । श्याल अघिअघि, बाघ पछिपछि जंगलमा भ्रमण शुरु गरे । तिनीहरु आउँदै गरेको देखेपछि जंगलका जीवजन्तुहरु जहाँ पनि भर्कने र भाग्ने गरेको देखियो ।

बाघले यी जन्तु जनावर मलाई देखेर भागेका हुन् भन्ने बुझ्न सकेन । उसले त यो सबै स्यालको कारणले भागेको ठान्यो ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।