तुरन्तै युद्धविराम र मानवीय सहायता पुग्न दिनुपर्ने प्रस्ताव पारित
संयुक्त राष्ट्रसंघको महासभाले मानवीयताको आधारमा इजरायल र हमासले तुरुन्तै युद्धविराम गर्नुपर्ने र गाजाक्षेत्रमा सहायता पुर्याउन दिनुपर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्तावमा गाजाक्षेत्रमा फँसेका आम नागरिकहरुको जीवन रक्षाका लागि अत्यावश्यक सहयोग सामग्री तथा सेवाहरु निरन्तर, पर्याप्त मात्रामा निर्वाध पुग्न दिनुपर्ने समेत माग गरिएको छ ।
उक्त प्रस्तावको पक्षमा १२० वटा देशहरुले मत हालेका थिए भने अमेरिका र इजरायल लगायत १४ वटा देशहरुले भने विपक्षमा मतदान गरेका थिए । ४५ वटा देशहरु चाहिँ मतदानमा अनुपस्थित रहे । मतदानमा अनुपस्थित रहेको क्यानडाले प्रस्तवामा हमासले अक्टोबर ७ मा गरेको ‘आतंककारी’ आक्रमणको कडा शब्दमा भत्सर्ना गर्नुपर्ने र हमासले बन्धक बनाएकाहरुलाई तुरुन्तै रिहा गर्नुपर्ने माग समावेश गरिनुपर्ने कुरा उठाएको थियो ।
उक्त प्रस्तावको पक्षमा मतदान गर्ने देशहरुमा चीन, फ्रान्स, दक्षिण कोरिया, इन्डोनेशिया, इरान, कुवेत, वेल्जियम, ब्राजिल, लक्जेम्वर्ग, कतार, रुस, सउदी अरेबिया लगायतका देशहरु छन् । नेपालले पनि प्रस्तावको पक्षमा मतदान गरेको थियो ।
बाध्यकारी नहुने उक्त प्रस्ताव राष्ट्रसंघको आपतकालीन सत्रमा जोर्डनले पेश गरेको थियो ।
क्युबा र भेनेजुएलाबीचको सहकार्य: अमेरिकाको युद्ध–निशाना
बुर्किना फासोमा राष्ट्रपति इब्राहिम ट्राओरेविरुद्धको हत्या षड्यन्त्र विफल
ट्रम्पको हुङ्कार: “मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन”
अपहरित मादुरोलाई अमेरिकी साम्राज्यवादी डकैतहरूले देखावटी अदालतमा परेड गराए
अमेरिकी आक्रमणमा भेनेजुएलामा ३२ क्युबालीहरु मारिएको क्युबाको दाबी
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पत्नीसमेत गिरफ्तार गरिएको ट्रम्पको दावी
इरानमा विरोध प्रदर्शन हिंसात्मक बन्दै
प्रतिक्रिया