८० भन्दा बढी पृथ्वी अट्ने सूर्य ज्वालाको लप्का !

माथिको तस्विरमा  सूर्यको जुन भागमा घेरा देखाइएको छ। यो सूर्यबाट उछिट्टिएको सूर्यको नै भाग हो। यसलाई सौर्यज्वाला  (SOLAR FLARE) भनिन्छ।
सूर्यबाट दिनहुँ यस्ता ज्वाला निस्किएर अन्तरिक्षमा गइरहेका हुन्छन् । माथिको तस्विर  ६ डिसेम्बर सन् २०१२ का दिन ५ बजेर ५० मिनेट जाँदा ‘सोलार डायनेमिक्स अब्जरभेटरी’बाट खिचिएको थियो ।
तपाईंलाई यो ज्वालाको आकारबारे पढ्दा विश्वास नलाग्न सक्छ ! विज्ञानमा रुचि हुनेलाई हाम्रो पृथ्वीको आकारबारे भनिराख्नु पर्दैन होला ! आखिर हाम्रो पृथ्वी छ नै कत्रो ? अरुसँग त के तुलना गराई भयो, सौर्यमण्डलकै अन्य ठूला ग्रहको दाँजोमा पृथ्वी एउटा सामान्य कचौरा जत्रो न हो !
तस्विरमा देखिएको सौर ज्वालाको आकार यति ठुलो थियो कि यसभित्र पृथ्वी आकारका ८० भन्दा बढी संरचना अटाउन सक्थे । यसको आकार १० लाख किमिसम्म फैलिएको थियो ।
अब तपाईंहरुलाई भनी राख्नु परेन विज्ञानको एउटा अवधारणा अनुसार विगतमा कुनै दिन सूर्यबाट यस्तै सौर्य ज्वाला उच्छिटिएर पृथ्वीको निर्माण भएको थियो।
यस अवधारणामा केही सत्यता छ भने ६ डिसेम्बर २०१२ का दिन पृथ्वीको समयानुसार दिनको ५ बजेर ५० मिनेट जाँदा सूर्यबाट विदावारी भई निस्किएको यो सौर्य ज्वाला पनि विशाल अन्तरिक्षको कुनै कुनामा अड्किन गएर अर्को कुनै पृथ्वी वा त्यस्तै कुनै खगोलीय पिण्डको निर्माण प्रक्रियामा संलग्न त भएको होइन !?   

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।