जेनकथाः अधीरता

विद्यार्थी अधिर थिए, उनी चाँडो सिक्न चाहन्थे ।

एकजना विद्यार्थी मार्सल आर्ट सिकाउने गुरुकहाँ गएर सोधे– म तपाईंसँग मार्सल आर्ट सिक्न चाहन्छु । त्यसमा पारंगत हुन कति समय लाग्ला ?

गुरूले शान्तभावले जवाफ दिए– दश वर्ष ।

तर विद्यार्थी अधिर थिए, उनी चाँडो सिक्न चाहन्थे । त्यसैले उनले भने– म यसलाई त्योभन्दा चाँडो सिक्न चाहन्छु । म कडा मेहनत गर्छु । म दिनहुँ अभ्यास गर्नेछु, दिनको १० घण्टाभन्दा पनि बढी समय यसैमा समर्पण गर्नेछु । त्यसो गर्दा मलाई सिक्न कति समय लाग्ला ?

उनको कुरा सुनेर गुरुले केहीबेर सोचे, अनि जवाफ दिए– वीस वर्ष !

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।