तेस्रो विश्वयुद्धका धुरीहरू
तेस्रो विश्वयुद्धका धुरीहरू क्रमशः अझ स्पष्ट बन्दै गइरहेका छन्।
नेतन्याहु/ट्रम्प यो ध्रुव हाल मुख्य रूपमा इरानमा केन्द्रित छ। उनीहरू इरानविरुद्ध सफल भए र इरानको पतन भयो भने, सम्भवतः उनीहरूले आफ्नो सम्पूर्ण ध्यान युक्रेनलाई समर्थन गर्दै रुसलाई लक्षित गर्नतर्फ मोड्नेछन्। तर इरानको कठोर प्रतिरोधले उनीहरूको मुख्य लक्ष्यलाई विचलित गरिदिएको छ। हालको परिस्थितिमा उनीहरूको प्राथमिकता रुस नभएर इरान नै हो। निस्सन्देह भन्न सकिन्छ अब ट्रम्पलाई "शान्ति स्थापना" प्रति कुनै चासो छैन। त्यसैले अब रुससँग हुने कुनै पनि सम्झौताको यदि केही अर्थ रहन्छ भने, त्यो पूर्ण रूपमा औपचारिक मात्र हुनेछ। अबको उनको युद्ध भनेको इरानसँगको युद्ध हो। इजरायलले यस युद्धलाई 'ट्रम्पको युद्ध' बनाइदिएको छ । र ट्रम्प यसबाट पछि हटिरहेका छैनन्।
अब ट्रम्पलाई "शान्ति स्थापना" प्रति कुनै चासो छैन। त्यसैले अब रुससँग हुने कुनै पनि सम्झौताको यदि केही अर्थ रहन्छ भने, त्यो पूर्ण रूपमा औपचारिक मात्र हुनेछ।
यसरी, नै अर्को धुरी निर्माण भएको छ: अमेरिका/इजरायल विरुद्ध इरान। अन्य क्षेत्रीय शक्तिहरूलाई विकल्प दिइँदैछ: जून अत्यन्त अत्यन्त कठोर छ: या त अमेरिकी–इजरायली गठबन्धनमा सामेल होऊ, वा इरान (प्रतिरोध) को पक्षमा उभिऊ। यहाँ कुनै मध्यम मार्गको परिकल्पना गरिएको छैन। यदि कसैले तटस्थ रहन खोज्यो भने उसले दुवै पक्षको आक्रमण र बमबारीको सामना गर्नुपर्ने हुन सक्छ। यहाँ तटस्थताको कुनै स्थान छैन। रेल स्टेसनबाट छुटिसकेको छ र समय धेरै अगाडि बढिसकेको छ।
दोस्रो धुरी: ईयू/बेलायत/अमेरिका (वैश्विकतावादी) यसमा मुख्यतः डेमोक्रेटिक पार्टी लगायतका वैश्विकतावादीहरू पर्दछन्, जो रुसको विरुद्ध र कीभ (युक्रेन) शासनको समर्थनमा छन्। यो एउटा वास्तविक तथा भयंकर युद्ध हो, जहाँ हंगेरी र स्लोभाकिया बाहेक अधिकांश युरोपेली देशहरू प्रत्यक्ष सहभागिताका लागि तयारी गरिरहेका छन्। अमेरिकाको डेमोक्रेटिक पार्टीले यो युद्धलाई सक्रियतापूर्वक प्रवर्द्धन गरिरहेको छ। यो ध्रुवका लागि युक्रेन नै पहिलो प्राथमिकता हो।
कसैले तटस्थ रहन खोज्यो भने उसले दुवै पक्षको आक्रमण र बमबारीको सामना गर्नुपर्ने हुन सक्छ। यहाँ तटस्थताको कुनै स्थान छैन। रेल स्टेसनबाट छुटिसकेको छ र समय धेरै अगाडि बढिसकेको छ।
यी दुई ध्रुवहरूको मुख्य रणनीति इरान र रुसबीच दरार उत्पन्न गर्नु हो, ताकि उनीहरूले आफू एउटै साझा शत्रुविरुद्ध लडिरहेका छौँ भन्ने महसुस गर्न नसकून्। अमेरिका र इजरायलको युरोपेली सङ्घ (EU) तथा वैश्विकतावादीहरूसँग मुख्य गुनासो के छ भने उनीहरू एप्स्टाइन सभ्यताका दुई विपक्षी शक्तिहरूसँग एकैसाथ दुई युद्ध लडिरहेका छन् । उनीहरू 'एकपछि अर्को' गरी होइन, 'एकै समयमा' दुई मोर्चामा अल्झिएका छन्। ठ्याक्कै यही गुनासो युरोपेली सङ्घ र वैश्विकतावादीहरूको पनि अमेरिका र इजरायलप्रति रहेको छ।
इरानसँगको युद्ध लम्बिँदै जाँदा, इजरायल बिस्तारै गाजाको अवस्थामा परिणत हुँदैछ। स्ट्रेट अफ होर्मुज बन्द भएकाले (केही देशहरूमा ऊर्जा प्रतिबन्धहरू पहिले नै लागू भइसकेका छन्) विश्व अर्थतन्त्रमा गम्भीर समस्या पैदाभइ पतनको संघारमा पुगेको छ। यस परिस्थितिमा, वैश्विकतावादी शक्तिहरू ट्रम्पका विरुद्ध उभिएका छन्, किनकि उनीहरूको दृष्टिमा ट्रम्पले “युक्रेनलाई धोका दिइरहेका छन्” र उनीहरुको मुख्य शत्रु– रूसबाट आफ्नो ध्यान अरुतिर मोडिरहेका छन्।
यो धारणा विशेषगरी जर्ज सोरोसका सञ्जालहरूद्वारा तीव्र रूपमा फैलाइँदैछ, जसले सामान्यतया ट्रम्प र नेतान्याहू दुवैलाई घृणा गर्छन्। तर यहाँ एउटा कुरा स्मरणीय छ: जसले इरानसँगको युद्धका लागि ट्रम्प र इजरायलको कडा आलोचना गरिरहेका छन्, तिनीहरू वास्तविक युद्धविरोधी भने होइनन्। बरु, तिनीहरू रूससँगको युद्धका कट्टर समर्थक हुन्। युरोपका प्रायः सबै शक्तिहरू र नेतान्याहूमाथि आक्रामक रूपमा उत्रिएका देशहरू वास्तवमा जेलेन्स्कीको शासनलाई प्राथमिकता दिनुपर्ने माग गरिरहेका छन्। अमेरिकामा डेमोक्र्याटहरू पनि यसै विषयमा चर्को स्वरमा बोलिरहेका छन्।
पश्चिमले पहिले कसलाई निसाना बनाउँछ र त्यसपछि कसरी अर्कोतिर ध्यान केन्द्रित गर्दै जान्छ, यही नै वास्तविक मुद्दा हो । यस विषयलाई लिएर कसैले पनि कुनै किसिमको भ्रम पालेको छैन। निस्सन्देह, रूस र इरान एउटै पक्षमा छन् र एउटै साझा शत्रुविरुद्ध लडिरहेका छन्।
इरान र रूसले यो स्पष्ट रूपमा बुझिसकेका छन् कि यहाँ पश्चिमभित्र कसले युद्धको पक्ष वा विपक्ष लिइरहेको छ भन्ने प्रश्न मुख्य होइन। बरु, पश्चिमले पहिले कसलाई निसाना बनाउँछ र त्यसपछि कसरी अर्कोतिर ध्यान केन्द्रित गर्दै जान्छ, यही नै वास्तविक मुद्दा हो । यस विषयलाई लिएर कसैले पनि कुनै किसिमको भ्रम पालेको छैन। निस्सन्देह, रूस र इरान एउटै पक्षमा छन् र एउटै साझा शत्रुविरुद्ध लडिरहेका छन्। सतहमा देखिने राजनीतिक गतिविधिहरूले तेस्रो विश्वयुद्धको वास्तविक सारलाई कुनै किसिमले परिवर्तन गर्दैनन्। वर्तमान वार्ता, अन्योल र भ्रमहरू केवल रणनीतिक 'छल' मात्र हुन्।
अबको मुख्य कुरा भनेको हामीलाई हाम्रो प्रमुख शत्रु (सामूहिक पश्चिम, एप्स्टाइनको सभ्यता) बाट एक–एक गरेर पराजित हुनबाट रोक्नु वा उनीहरुमाथि विजय पाउनु हो। हामीले सकेसम्म छिटो र सकेसम्म कठोर रूपमा युद्धमा प्रवेश गर्नुपर्छ। मित्र र सहयोगीहरूलाई समर्थन गर्नुपर्छ, डगमगाइरहेकाहरूलाई पुर्ण रुपमा विश्वस्त पार्नुपर्छ र समाजलाई संभावित आपतकालीन अवस्थाका लागि तयार पार्नुपर्छ। यसको एक ज्वलन्त उदाहरण इरानको सूचना युद्ध हो। जहाँ उनीहरूले उत्कृष्ट रूपमा विजय हासिल गरिरहेका छन्। यो केवल एउटा सानो अनुभव हो।
हामीले सकेसम्म छिटो र सकेसम्म कठोर रूपमा युद्धमा प्रवेश गर्नुपर्छ। मित्र र सहयोगीहरूलाई समर्थन गर्नुपर्छ, डगमगाइरहेकाहरूलाई पुर्ण रुपमा विश्वस्त पार्नुपर्छ र समाजलाई संभावित आपतकालीन अवस्थाका लागि तयार पार्नुपर्छ।
अबको धेरै कुरा चीनमा निर्भर हुनेछ। अहिलेसम्म चीनले 'पर्ख र हेर' को रणनीति अपनाइरहेको छ। तर, उसले आफ्नो नवीनतम मनोवैज्ञानिक अस्त्र– प्रोफेसर जियाङ स्युएछिनलाई पहिले नै प्रयोगमा ल्याइसकेको छ। उनले आफ्ना भविष्यवाणीहरूमार्फत विश्वव्यापी विश्लेषकहरूको चेतनामाथि प्रभाव पार्न थालेका छन्। पहिलो पटक चिनियाँ बौद्धिकहरूले जियोनिस्ट षड्यन्त्र, अन्तकालसम्बन्धी चिन्तन (Eschatology), इलुमिनाटी र विश्वव्यापी पूँजीवादी अभिजात वर्ग जस्ता गम्भीर भू-राजनीतिक विषयमा खुल्ला चर्चा गर्न थालेका छन्। चीनको रणनीतिक सोच अब स्पष्ट हुँदैछ। अब यी केवल सतही "विन-विन" (Win-Win) वा नरम "पाण्डा रणनीति" मा सीमित छैनन् बरु चीनले अब विषयवस्तुलाई तिनको वास्तविक नाम र गम्भीरताका साथ सम्बोधन गर्न थालेको छ।
बेइजिङले ताइवानमाथि आक्रमण गर्न बहुध्रुवीय शक्तिहरू कमजोर हुने वा पतन हुने समयसम्म पर्खिरह्यो भने (जुन नहोस् भन्ने हाम्रो चाहना हो), चीन अन्ततः एक्लो पर्नेछ। त्यसैले, अहिलेको क्षणमै प्रहार गर्नु उचित देखिन्छ ।
बेइजिङले ताइवानमाथि आक्रमण गर्नेछ, तर त्यो कहिले हुन्छ भन्ने कुरा अझै स्पष्ट छैन। यदि उसले बहुध्रुवीय शक्तिहरू कमजोर हुने वा पतन हुने समयसम्म पर्खिरह्यो भने (जुन नहोस् भन्ने हाम्रो चाहना हो), चीन अन्ततः एक्लो पर्नेछ। त्यसैले, अहिलेको क्षणमै प्रहार गर्नु उचित देखिन्छ । अर्थात् तेस्रो मोर्चा खोल्दै त्यही साझा शत्रुविरुद्ध पूर्ण र प्रत्यक्ष रूपमा जाइलाग्नु।
अहिले शत्रुले तयारी त गरिरहेको छ, तर ऊ अझै पनि एकैपटक तीनवटा मोर्चामा युद्ध लड्न पूर्ण रूपमा सक्षम छैन। यदि बहुध्रुवीय विश्वका अन्य शक्तिले थप मोर्चा खोलिदिने हो भने, शत्रुका शक्तिहरू विश्वभरि नै छरिन बाध्य हुनेछन्। 'बाअल' (Baal) को तानाशाहीविरुद्ध विश्वव्यापी विद्रोह सुरु गर्ने समय आइसकेको छ। उसले आफ्नो वास्तविक स्वरूप आफैँ उजागर गरिसकेको छ।
यो कुनै संयोग होइन कि पिटर थिएल, जसले ट्रम्पलाई सत्तामा ल्याए, अहिले विश्वभर घुम्दै “एन्टीक्राइस्ट” बारे व्याख्यान दिइरहेका छन्। सबैले पश्चिमको वास्तविक अनुहार देखिसकेका छन्। त्यो एपस्टिन हो। त्यो इरानी विद्यालयकी छात्राहरूको हत्या हो। त्यो गाजामा रहेका हजारौँ शिशुहरूको कत्लेआम हो। अब कसैले पनि भन्न सक्दैन: “मलाई थाहा थिएन, मैले देखिनँ, म सचेत थिइनँ।” यस्तो बहानाले अब काम गर्दैन। सबैले देखेका छन् र सबैलाई थाहा छ र यदि उनीहरू अझै पनि हाम्रो पक्षमा लडिरहेका छैनन् भने, मूलतः उनीहरू हाम्रो शत्रु पक्षमा छन्। र उनीहरू वैध निशाना बन्छन्। बनाईनुपर्छ।
सबैले पश्चिमको वास्तविक अनुहार देखिसकेका छन्। त्यो एपस्टिन हो। त्यो इरानी विद्यालयकी छात्राहरूको हत्या हो। त्यो गाजामा रहेका हजारौँ शिशुहरूको कत्लेआम हो।
हाल ल्याटिन अमेरिका यो सङ्घर्षको कमजोर कडीजस्तो देखिन्छ। भेनेजुएलाको सरकारमा रहेका केही कमजोर र डरपोक व्यक्तिहरूले क्रान्तिका विचार र चाभेजको विरासतलाई लज्जाजनक रूपमा त्याग्नु निराशाजनक छ। अबका शताब्दीयौँसम्म कसैले आफ्ना छोरीहरूको नाम "डेल्सी" राख्ने छैनन् र "रोड्रिगेज" उपनामको गरिमा पनि गम्भीर रूपमा खस्किएको छ। लुलाको ब्राजिल, मेक्सिको र कोलम्बियाले क्युबालाई केही सहयोग त गरिरहेका छन्, तर उनीहरू प्रत्यक्ष रूपमा अमेरिकालाई चुनौती दिने साहस गर्दैनन्। उनीहरू डराएका छन्, तर अब डराएर बस्नुको कुनै अर्थ छैन; किनकि समय धेरै घर्किसकेको छ।
अर्कोतर्फ, बुर्किना फासो, नाइजर र मालीजस्ता साहेल सङ्घका देशदेखि गौरवशाली इथियोपिया, मध्य अफ्रिकी गणतन्त्र र आंशिक रूपमा दक्षिण अफ्रिकासम्मका राष्ट्रहरू 'वीरहरूको राष्ट्र' का रूपमा उभिएका छन्। उनीहरूले पतनशील पश्चिमा सभ्यताका सामु घुँडा टेकेनन्। अफ्रिकाको यो उदाहरणले हामीलाई सतर्क आशावादी बन्न प्रेरित गर्दछ।
लुलाको ब्राजिल, मेक्सिको र कोलम्बियाले क्युबालाई केही सहयोग त गरिरहेका छन्, तर उनीहरू प्रत्यक्ष रूपमा अमेरिकालाई चुनौती दिने साहस गर्दैनन्। उनीहरू डराएका छन्, तर अब डराएर बस्नुको कुनै अर्थ छैन; किनकि समय धेरै घर्किसकेको छ।
सुन्नी इस्लामिक विश्व विभाजित छ। यसको उच्च तहहरू भ्रष्ट छन् र एप्स्टिन संरचनासँग एकीकृत भएका छन्। जनसाधारण मूर्खतापूर्ण सलाफीवाद र वहाबीवादद्वारा विकृत भएका छन्, जसले मुसलमानहरूलाई निर्दोषहरूमाथि आक्रोश पोख्न र अमेरिका तथा इजरायलका हितहरूको रक्षा गर्न प्रेरित गर्छ। तुलनात्मक रूपमा सार्वभौम स्थिति पाकिस्तान (यद्यपि यसले तालिबान–पश्तुनहरूसँग आफ्नै द्वन्द्व भोगिरहेको छ) र इन्डोनेसियाले कायम राखेका छन्। जहाँसम्म जियोनिस्टहरूको प्रश्न छ त्यसको अर्को निशानामा एर्दोआन छन्। तर उनी सधैंझैँ डगमगाउनेछन्।
नयाँ दिल्लीले चीनलाई आफ्नो प्रमुख क्षेत्रीय प्रतिस्पर्धीको रूपमा हेर्छ र मोदी तथा वरिपरि रहेका हिन्दुत्व विचारधाराले इस्लामप्रति गहिरो शङ्काको दृष्टिकोण राख्छन्। यसले भारतलाई अमेरिका र इजरायलसँगको गठबन्धनतर्फ धकेलिरहेकोछ।
भारत, बहुध्रुवीयताको एक स्तम्भ र एक सभ्यतागत राष्ट्र (State-Civilization) भएता पनि, हाल आफैमा कठिन परिस्थितिबाट गुज्रिरहेको छ। नयाँ दिल्लीले चीनलाई आफ्नो प्रमुख क्षेत्रीय प्रतिस्पर्धीको रूपमा हेर्छ र मोदी तथा वरिपरि रहेका हिन्दुत्व विचारधाराले इस्लामप्रति गहिरो शङ्काको दृष्टिकोण राख्छन्। यसले भारतलाई अमेरिका र इजरायलसँगको गठबन्धनतर्फ धकेलिरहेकोछ। यद्यपि यस मोर्चामा भारतको सक्रिय नीति त्यति धेरै अपेक्षित देखिँदैन।
उत्तर कोरिया सबैभन्दा उपयुक्त देशजस्तो देखिन्छ भने जापान सबैभन्दा अनुपयुक्त।
तेस्रो विश्वयुद्ध ती पक्षहरू बीच भइरहेको छ जसले कुनै पनि मूल्यमा सामूहिक पश्चिमाको अधिपत्यलाई जोगाउन र सुदृढ पार्न चाहन्छन् चाहे त्यो उग्र ट्रम्पवादी–जियोनिस्ट संस्करण होस् वा विश्वव्यापी युरो–मोडेल र अर्कोतर्फ बहुध्रुवीय मानवता अर्थात् हामी। यो युद्ध पहिले नै सुरु भइसकेको छ। र, यो अहिले उत्कर्षमा छ।
निस्सन्देह, मानिसहरू अझै पनि यस्तो केही हुँदैछ भन्ने वास्तविकतालाई बेवास्ता गर्दै, ‘केही भएको छैन’ को बहाना बनाउन सक्छन्। तर, यस्तो आँखा चिम्लने प्रवृत्ति किन?
Source: https://www.geopolitika.ru
अनुवाद: मोहन प्रसाद ज्ञवाली
रुसी तेल ट्याङ्कर क्युबा पुग्यो
उनीहरू वामपन्थीहरूको साथ किन छोडेर गए?
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
प्रतिक्रिया