सिआइएले खोलेको नक्कली कम्युनिस्ट पार्टी: क्रान्तिको मुकुण्डोभित्र जासुसीको खेल
सामान्यतया कम्युनिस्ट पार्टी भन्नेबित्तिकै प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्ति भन्ने बुझिन्छ। अझ तीमध्ये पनि माओवादीहरू झनै क्रान्तिकारी हुन्छन्। तर विश्व कम्युनिस्ट आन्दोलनमा यस्ता अनौठा दृष्टान्तहरू भेटिन्छन्, जसले हाम्रो यो बुझाइलाई गलत साबित गरिदिन्छन्।
१९६० को दशकको सुरुवातमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठुलो विभाजन आएको थियो। सोभियत संघ र चीनको समर्थन गर्ने कम्युनिस्ट पार्टीहरूले आफ्ना अलग-अलग पार्टी खोल्न थालेका थिए। चिनियाँ नेता माओ त्से तुङ्गको विचारधारा मान्नेहरूको जबर्जस्त प्रभाव एसिया, ल्याटिन अमेरिका र अफ्रिकातिर थियो। तर युरोपका युवाहरूमाझ पनि माओवादी विचारधाराको उल्लेखनीय प्रभाव फैलिएको थियो। माओवादीहरूले मार्क्सवादी-लेनिनवादी पार्टी खोल्ने गर्थे।
कुरा युरोपको एउटा देश नेदरल्याण्ड्सको हो। नेदरल्याण्ड्समा सन् १९६८ मा एउटा त्यस्तै पार्टी खुल्यो, जसको नाम थियो– 'नेदरल्याण्ड्सको मार्क्सवादी-लेनिनवादी पार्टी' (Marxistisch-Leninistische Partij van Nederland) । उक्त पार्टीलाई छोटकरीमा एमपिएलएन (MLPN) भनिन्थ्यो। यसको स्थापना कम्युनिस्ट नेता क्रिस पिटर्सनले गरेका थिए। उनको असली नाम पिटर बुभे थियो। उनी नेदरल्याण्ड्सको एउटा विद्यालयका गणित शिक्षक थिए।
१९६० को दशकको सुरुवातमा चिनियाँ नेता माओ त्से तुङ्गको विचारधारा मान्नेहरूको जबर्जस्त प्रभाव एसिया, ल्याटिन अमेरिका र अफ्रिकातिर थियो। तर युरोपका युवाहरूमाझ पनि माओवादी विचारधाराको उल्लेखनीय प्रभाव फैलिएको थियो।
क्रिस पिटर्सनले सन् १९५७ मा सोभियत संघको मस्कोमा भएको अन्तर्राष्ट्रिय युवा महोत्सवमा भाग लिएका थिए। सोभियत संघसँग वैचारिक मतभेद भएपछि चीनले युरोपमा आफूप्रति सहानुभूति राख्ने समर्थकहरू खोज्न थालेको थियो। चीनले क्रिस पिटर्सनलाई आफ्नो देश भ्रमण गर्ने निम्तो दियो। सन् १९६० मा उनी चीन गए, जहाँ उनलाई ६ हप्तासम्म माओवादी विचारधाराको तालिम दिइयो। त्यहाँ उनले राम्रो प्रदर्शन गरे र चिनियाँहरू उनीबाट एकदमै प्रभावित बने। चीनबाट फर्केपछि उनले 'द कम्युनिस्ट' नामक पत्रिका पनि प्रकाशित गर्न थाले। यो पत्रिकाको प्रकाशनमा चीनले आर्थिक सहयोग गरेको थियो। पत्रिका प्रकाशन भएको एक वर्षपछि सन् १९६९ मा नेदरल्याण्ड्सको मार्क्सवादी-लेनिनवादी पार्टी स्थापना गरियो।
सो पार्टीका संस्थापक नेता क्रिस पिटर्सन माओवादबारे धाराप्रवाह रूपमा घण्टौँ बोल्न सक्थे। यस्तो लाग्थ्यो– उनले स्वयं माओ त्से तुङ्गबाटै तालिम लिएका हुन्। उनले चीनको २५ पटक भ्रमण गरे। उनलाई चीनको 'ग्रेट हल अफ द पिपल' मा हुने भोजहरूमा सामेल गराइन्थ्यो। उनले चाओ एन-लाई र सम्भवतः माओ त्से तुङ्गसँग पनि वार्ता गर्ने अवसर पाए।
चिनियाँहरू क्रिस पिटर्सनलाई निकै रुचाउँथे। उनीहरूले उनलाई गणतन्त्र दिवस र सैन्य दिवसहरू लगायतका चीनका महत्त्वपूर्ण पर्वहरूमा निमन्त्रणा गर्थे। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र 'पिपल्स डेली' मा उनको बारेमा लेखहरू प्रकाशित हुन्थे र उनले राम्रै आर्थिक सहयोग पनि पाउँथे। क्रिस पिटरसँग चीन मात्र नभएर अर्को कट्टर समाजवादी देश अल्बानिया समेत प्रभावित थियो। उनले अल्बानियाका राष्ट्रपति अनवर होक्जासँग एउटै मञ्चबाट त्यहाँको स्वतन्त्रता दिवसको परेड अवलोकन गर्ने अवसर समेत पाएका थिए।
चिनियाँहरू क्रिस पिटर्सनलाई निकै रुचाउँथे। उनीहरूले उनलाई गणतन्त्र दिवस र सैन्य दिवसहरू लगायतका चीनका महत्त्वपूर्ण पर्वहरूमा निमन्त्रणा गर्थे। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र 'पिपल्स डेली' मा उनको बारेमा लेखहरू प्रकाशित हुन्थे र उनले राम्रै आर्थिक सहयोग पनि पाउँथे।
विश्वभर चर्चा कमाए पनि नेदरल्याण्ड्सभित्र भने यो पार्टीको अवस्था खासै बलियो थिएन। पार्टी सदस्यहरू केही दर्जन मात्र थिए। उनीहरूलाई पनि सुरक्षाको कारण देखाउँदै भूमिगत राख्न 'सेल कमिटी' मा सङ्गठित गरिएको हुन्थ्यो। पार्टीले खासै ठुला गतिविधिहरू गर्दैनथ्यो, महिनामा वा कहिलेकाहीँ हप्तामा बैठक बस्ने र कहिलेकाहीँ पर्चा-पम्प्लेटहरू बाँड्ने काम मात्र हुन्थ्यो।
त्यस्तै, नेदरल्याण्ड्सको मार्क्सवादी-लेनिनवादी पार्टीले 'नेदरल्याण्ड्स-अल्बानिया फाउन्डेसन' पनि गठन गरेको थियो। यस संस्थाले अल्बेनियाली कम्युनिस्ट नेता अनवर होक्जाका रचनाहरू अनुवाद गर्ने गर्थ्यो। त्यसैगरी, १९७० को दशकको पूर्वार्धमा 'नेदरल्याण्ड्स-कम्पुचियाली फाउन्डेसन' समेत गठन गरियो, जसले पोल पोटको नेतृत्वमा रहेको कम्बोडियाको कम्युनिस्ट सरकारको पैरवी गर्थ्यो।
सन् १९७६ मा माओ त्से तुङ्गको निधन र केही वर्षपछि देङ्ग सियाओपिङ्गको उदयसँगै युरोपमा माओवादी आन्दोलन कमजोर हुन थाल्यो। पार्टीका गतिविधि सुस्त देखिए पनि भित्री रूपमा पार्टी सञ्चालन भइरहेकै थियो। सन् १९८९ मा चीनको तियानमेन स्क्वायरमा भएको घटनामा क्रिस पिटर्सन र उनको पार्टी एमलपिएन (MLPN) ले चीन सरकारको समर्थन गर्यो। तर, त्यसको लगत्तै पूर्वी युरोपका समाजवादी सत्ताहरूको पतन भयो। बर्लिनको पर्खाल ढलेको केही महिनापछि नै समाजवादको औचित्य समाप्त भएको भन्दै एमलपिएनले आफूलाई विघटन गर्यो।तर यो पार्टीको इतिहास अझै समाप्त भएको थिएन। पार्टी विघटनको २५ वर्षपछि 'बिभिडी' (BVD) का पूर्व गुप्तचर फ्रिट्स होइस्का, जो यो अप्रेसनमा संलग्न थिए, उनले नेदरल्याण्ड्सको गुप्तचर निकायको स्वर्णिम कालका बारेमा एउटा पुस्तक लेखे। यो पुस्तक प्रकाशित भएपछि मात्र यो घटना सार्वजनिक भयो।

पार्टी विघटन भएको २५ वर्षपछि यसका नेता पिटर बुभे उर्फ क्रिस पिटर्सनले यो पार्टी गठनपछाडिको अन्तरकथा रहस्योद्घाटन गरे। पिटर बुभेले यस अप्रेसनमा आफू संलग्न भएको स्वीकार गरे। उनी मस्कोमा भएको युवा महोत्सवमा जानुभन्दा अगाडि नै नेदरल्याण्ड्सको गुप्तचर विभाग 'डच सेक्रेट सर्भिस' (BVD) का एजेन्ट रहेछन्। उनी आफ्नो नक्कली नाम 'क्रिस पिटर्सन' राखेर मस्को पुगेका थिए।
उनले बिभिडीको योजनाअनुसार नै आफूलाई चीनवादीका रूपमा प्रस्तुत गरेका रहेछन्। चीनबाट फर्केपछि उनले 'द कम्युनिस्ट' नामक अखबार सञ्चालन गरे, जसका लागि हेगस्थित चिनियाँ कूटनीतिज्ञहरूले आर्थिक सहयोग गरेका थिए। तर, यो अखबारको सम्पादन गोप्य रूपमा नेदरल्याण्ड्सको गुप्तचर विभागले नै गर्ने गर्थ्यो। नेदरल्याण्ड्सको गुप्तचर विभाग र अमेरिकी गुप्तचर विभाग (CIA) ले युरोपमा चीनको गतिविधि, माओवादी पार्टीहरूको क्रियाकलाप र स्वयं चीनभित्रका विशिष्ट नेतृत्वको भित्री जानकारी पाउनका लागि एउटा कम्युनिस्ट पार्टी खोल्ने योजना बनाएका थिए। यो संयुक्त योजनालाई सिआइएले 'अप्रेसन रेड हेरिङ' (Operation Red Herring) र नेदरल्याण्ड्सको बिभिडीले 'अप्रेसन मंगोल' (Operation Mongool) नाम दिएका थिए।
नेदरल्याण्ड्सको गुप्तचर विभाग र अमेरिकी गुप्तचर विभाग (CIA) ले युरोपमा चीनको गतिविधि, माओवादी पार्टीहरूको क्रियाकलाप र स्वयं चीनभित्रका विशिष्ट नेतृत्वको भित्री जानकारी पाउनका लागि एउटा कम्युनिस्ट पार्टी खोल्ने योजना बनाएका थिए।
करिब दुई दशकसम्म सो फर्जी कम्युनिस्ट पार्टीले डच गोप्य प्रहरीलाई नेदरल्याण्ड्सको वैध कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्न, युरोपका माओवादी समूहहरूमा निगरानी राख्न र चीनका उच्चवर्गीय वृत्तसम्म पहुँच हासिल गर्न सहयोग गर्यो। प्रत्येक पटक चीन अथवा अल्बानिया भ्रमण गरेर फर्केपछि पिटर बुभेले बिभिडीको अड्डामा गएर रिपोर्ट दिने गर्थे। पिटर बुभेले नेदरल्याण्ड्समा हुने आमचुनावका बेला नियमित रूपमा विज्ञप्तिहरू जारी गर्थे, जुन प्रायजसो बिभिडीद्वारा नै तयार पारिएका हुन्थे। ती विज्ञप्तिहरूमा नेदरल्याण्ड्सका वास्तविक कम्युनिस्टहरूलाई 'बिकाउ' भन्दै निन्दा गरिन्थ्यो र मतदाताहरूलाई उनीहरूलाई अस्वीकार गर्न आह्वान गरिन्थ्यो।

यो प्रकरणको सबै विवरण बाहिर आएपछि नेदरल्याण्ड्समा ठुलै हलचल मच्चियो। देशको सफल गुप्तचरी अभियानको अन्तरकथा बाहिरिएकोमा नेदरल्याण्ड्स सरकार विस्मित भएको थियो। तर यो पार्टीका नेता पिटर बुभेले यस अप्रेसनमा आफू संलग्न भएको स्वीकार गरेपछि, उनको पार्टी एमलपिएन (MLPN) का इमानदार कार्यकर्ताहरूको भावनामा गहिरो चोट लाग्यो। उनीहरूले 'क्रिस पिटर्सन' ले आफूहरूलाई दुरुपयोग गरेको आरोप लगाए।
नेदरल्याण्ड्सको फर्जी कम्युनिस्ट पार्टी स्थापना प्रकरणमा चीन र अल्बानियाको निकै ठुलो रकम बर्बाद भयो। एउटा अनुमानअनुसार चीनले यो प्रकरणमा करिब १० लाख (एक मिलियन) पाउण्ड खर्च गरेको हुनुपर्छ।
ती कार्यकर्तामध्ये एक थिए– पल वारटेना। पलले खेद प्रकट गर्दै भने, "मैले आफ्नो जीवनको १२ वर्ष खेर फालेँ। साथै, मैले आफ्नो कमाइको २०% जति चन्दा त्यो पार्टीलाई दिने गरेको थिएँ। मलाई त्यसबेला पनि त्यो पार्टीका बारेमा केही सन्देह त थियो, तर म वफादार रहेँ। म त्यसबेला निकै सोझो थिएँ र श्रीमान् पिटर बुभे निकै राम्रा कलाकार थिए।" पल वारटेनाले आफूले त्यस फर्जी कम्युनिस्ट पार्टीलाई दिएको सबै चन्दा फिर्ता गर्न नेदरल्याण्ड्सको गुप्तचर विभागसँग माग समेत गरे। आफ्ना पूर्व कार्यकर्ताका बारेमा प्रतिक्रिया दिँदै पिटर बुभेले भने– "ऊ मूर्ख थियो!"
नेदरल्याण्ड्सको फर्जी कम्युनिस्ट पार्टी स्थापना प्रकरणमा चीन र अल्बानियाको निकै ठुलो रकम बर्बाद भयो। एउटा अनुमानअनुसार चीनले यो प्रकरणमा करिब १० लाख (एक मिलियन) पाउण्ड खर्च गरेको हुनुपर्छ। यसबाट अमेरिका र नेदरल्याण्ड्सले युरोपमा चलिरहेको माओवादी आन्दोलनका बारेमा सहज ढंगले सूचना संकलन गर्न सफलता पाए। तर, सबैभन्दा ठुलो घाटा भने चीन र क्रान्तिको सपना देख्ने ती इमानदार युवाहरूलाई भयो, जो निकै नराम्रो ढंगले ठगिए।
राजनीतिक कार्यकर्ताहरूले कानुनी लडाइँहरूप्रति बेवास्ता गर्दै कठोरतम सजायलाई प…
जुर्गेन हेबरमासले देखाइदिए: दर्शन कस्तो हुनुपर्छ !
संसारका सबै महिलाहरूले एक दिन बिदा लिए भने के होला?
रोजा लक्जेमबर्ग : समाजवादी आन्दोलनको अद्वितीय व्यक्तित्व
सन् २०२५ मा विश्व ट्रोट्स्कीवाद: एक संक्षिप्त रूपरेखा
एरिस्टोटल: विश्वविजेता अलेक्जेण्डर निर्माण गर्ने महागुरु
नेपाली कम्युनिष्ट पार्टीको प्रतिबद्धता पत्र
प्रतिक्रिया