राजनीतिक विचारधाराको द्विध्रुवीय विमर्श: वामपन्थ र दक्षिणपन्थ

फ्रान्सेली क्रान्तिदेखि आधुनिक नेपालसम्म: राजनीतिक ध्रुवीकरणको विकासक्रम र चुनौतीहरू

राजनीतिक विचारधारा र वर्गीकरणको आधार

राजनीतिमा धेरै विचारधाराहरू छन्  । तीमध्ये समाजवाद (Socialism), पुँजीवाद सबैभन्दा बढी चर्चित शब्दहरु  हुन्  । त्यसबाहेक आजभोलि अर्को शब्द चर्चित छ–  उदारवाद (Liberalism) । त्यसैगरी अराजकतावाद (Anarchism), फासीवाद (Fascism) जस्ता शब्दहरू पनि राजनीतिक भाषामा प्रचलित छन् । यीलगायतका थरिथरिका प्रतिनिधित्वमूलक शब्द वा नामावलीले व्यक्तिलाई मार्क्सवादी, पुँजीवादी, अराजकतावादी, फासीवादी, नारीवाद लगायतका लेबलहरुले सुसज्जित गरिने प्रचलन सामान्य नै हो ।

अब यी सबै विचारधाराहरूलाई बुझाउने क्रममा सबैभन्दा चर्चित शब्दहरु पनि छन् । ती शब्दहरु हुन्– वामपन्थी र दक्षिणपन्थी ।

स्वभाविक रुपमा प्रश्न उठ्छ — वामपन्थी हुनु भनेको के हो? दक्षिणपन्थी हुनु भनेको के हो? वास्तवमा यी राजनीतिक विचारधारा वा पक्षधरताका आधारमा गरिने वर्गीकरणलाई जनाउने शब्दावली हुन् । यही आधारभूत वर्गीकरण (classification) भित्र बाँकी सबै विचारधाराहरू प्रायः छुट्याइने गरिन्छ।

वामपन्थ वा दक्षिणपन्थको शुरुवात कसरी भयो भन्नेबारे आधिकारिक रुपमा ठ्याक्कै यही हो भन्न सकिने अवस्था छैन । तर बहुस्वीकार्य मान्यता अनुसार यसको ऐतिहासिक पृष्ठभूमि सन् १७८९ को फ्रेन्च क्रान्तिसँग जोडिन पुग्छ ।

उदाहरणका लागि,  मार्क्सवाद र समाजवाद दुवै सबै वामपन्थी विचारधाराहरू हुन्। फासीवाद र नाजीवाद यी दक्षिणपन्थी विचारधाराहरू हुन्। केही विचारधाराहरू यस वर्गीकरणमा ठ्याक्कै फिट हुँदैनन् । तिनलाई मध्यपन्थी वा सामान्यत: दक्षिणपन्थी नै मान्ने गरिन्छ ।

ऐतिहासिक पृष्ठभूमि: फ्रान्सेली क्रान्ति र शब्दको उत्पत्ति

 वामपन्थ वा दक्षिणपन्थको शुरुवात कसरी भयो भन्नेबारे आधिकारिक रुपमा ठ्याक्कै यही हो भन्न सकिने अवस्था छैन । तर बहुस्वीकार्य मान्यता अनुसार यसको ऐतिहासिक पृष्ठभूमि सन् १७८९ को फ्रेन्च क्रान्तिसँग जोडिन पुग्छ । इतिहासमा सर्वाधिक महत्त्वको र चर्चित फ्रान्सेली क्रान्तिको दौरानमा भएको एउटा घटनाले संसारलाई दुइवटा विशद् परिभाषा प्रदान गरेको मानिन्छ ।

भनिन्छ, फ्रान्सको नेशनल असेंबलीको बैठक चलिरहेको थियो। बीचमा अध्यक्ष अर्थात् राजा थिए। त्यसबेला क्रान्तिका हावा तेज चलिरहेको थियो र समाज र राजनीति राजाका समर्थन वा विरोध– दुई ध्रुवमा विभाजित थियो। त्यसक्रममा राजाका दायाँपट्टि उनका समर्थकहरू बसे  ।  अनि बाँया पट्टि बसे राजाका विरोधीहरू ।

राजाका समर्थकहरू राजतन्त्रको पक्षमा थिए। उनीहरू राजतन्त्रलाई यथावत राखिरहन चाहन्थे । तर बायाँपट्टि बसेकाहरु राजतन्त्रको विरोधमा थिए, र उनीहरु राष्ट्रप्रमुख पनि जनताद्वारा निर्वाचित हुने लोकतान्त्रिक शासन व्यवस्था चाहन्थे। फ्रान्समा पनि त्यही मागको पक्षमा जनधारणा प्रवल बन्दै गइरहेको थियो ।

यसरी सामान्यत: प्रचलित राज्यसत्ता (फ्रान्सको हकमा राजतन्त्र) का समर्थकहरूलाई “राइटिस्ट” र विरोधीहरू “लेफ्टिस्ट” भनेर भन्ने प्रचलन शुरु भयो ।  

साधारण नागरिकहरू राजतन्त्रबाट अनि त्यसद्वारा समर्थित धार्मिक जडताबाट प्रताडित थिए । उनीहरुलाई फ्रान्समा “थर्ड स्टेट” भनिन्थ्यो । यो वर्गले राजतन्त्रबाट तुलनात्मक वञ्चनाको अनुभूति (Feeling of Relative Deprivation) गरिरहेका थिए ।

फ्रान्समा राजतन्त्रका समर्थकहरू सम्भ्रान्त वर्गका अर्थात शक्तिशाली, धनी, र प्रभावशाली मानिसहरू थिए । त्यसैगरी धेरैजसो धर्मगुरु अर्थात चर्चका प्रतिनिधिहरु (Clergy) पनि राजतन्त्रको समर्थनमा नै थिए । चर्च र राजतन्त्रबीच सुदृढ सम्बन्ध थियो, त्यसैले धार्मिक वर्ग राजाको समर्थनमा थियो। उनीहरुका लागि राजतन्त्र नै सर्वोत्तम व्यवस्था थियो । त्यस प्रणालीले उनीहरुलाई मनग्ने फाइदा पुगिरहेकोले उनीहरुका लागि परिवर्तनको खाँचो थिएन । अर्थात् उनीहरु यथास्थितिवाद (Status quoism) कै पक्षमा थिए ।

त्यसको विपरीत राजतन्त्रको विरुद्धमा आम जनताका व्यापक हिस्सा उभिएको थियो ।  साधारण नागरिकहरू राजतन्त्रबाट अनि त्यसद्वारा समर्थित धार्मिक जडताबाट प्रताडित थिए । उनीहरुलाई फ्रान्समा “थर्ड स्टेट” भनिन्थ्यो । यो वर्गले राजतन्त्रबाट तुलनात्मक वञ्चनाको अनुभूति (Feeling of Relative Deprivation) गरिरहेका थिए । त्यही अनुभूतिले उनीहरु राजतन्त्रलाई जरैदेखि उन्मूलन गरिनुपर्ने पक्षमा आन्दोलित थिए ।

त्यसपछि नेशनल असेंबली र कन्स्टिटुएन्ट असेंबलीका बैठकहरूमा यही ध्रुवीकरण दोहोरियो — परिवर्तनका पक्षधर, आम जनता, धर्मबाट टाढा रहनेहरू बाँया (लेफ्ट) तिर बसे। राजतन्त्रका समर्थक, समृद्ध वर्ग, चर्चका नजिकका मानिसहरू दायाँ (राइट) तिर। र विस्तारै यो विचारधारालाई प्रतिनिधित्व गर्न प्रवृत्तिको रुपमा स्थापित भयो ।विस्तारै “राइट” हुनु र “लेफ्ट” हुनुको अर्थ के हो भन्ने हिसाबले यो कुरा फ्रान्सबाहिर पनि फैलियो ।

अन्तत: राइट अर्थात दक्षिणपन्थको अर्थ यथास्थितिवादलाई रुचाउने र लेफ्ट अर्थात् वामपन्थको अर्थ यथास्थितिवादलाई भङ्ग गर्ने र अगाडि बढ्ने अर्थात् प्रगतिशीलतातिर जाने रुपमा स्थापित भयो । यी दुई भिन्न विचारधारा र प्रवृत्तिहरुलाई प्रतिनिधित्व गर्ने मानकको रुपमा स्थापित भयो । त्यसको दायरा राजनीतिक वा शासन प्रणालीको घेराभन्दा बाहिर व्यापक रुपमा विस्तारित भयो ।

सामाजिक यथार्थ र विचारधाराको वैश्विक रूपान्तरण

वामपन्थ र दक्षिणपन्थको अर्थ राजनीतिक पक्षधरताको आधारमा मात्र तय हुने कुरा होइन । यो समाजका अन्य अवस्थाहरुमा पनि देखापर्ने गर्छ । उदाहरणको लागि, फ्रान्समा जाति व्यवस्था थिएन, तर भारतमा थियो। फ्रान्समा वर्णभेदको समस्या तीव्र थिएन, तर अमेरिकामा थियो। त्यसैले जब यो विचार भारत र अमेरिकाजस्ता देशमा पुग्यो, त्यहाँका बुद्धिजीवीहरूले त्यसलाई आफ्ना सामाजिक यथार्थ अनुसार रूपान्तरण गरे।

उदाहरणको लागि,  अमेरिकामा रङभेद चर्को थियो। त्यसको विरोध गर्नेहरू स्वाभाविक रूपमा  पीडित अश्वेत (काला) थिए ।  श्वेत (गोरा) वर्गका एउटा ठूलो हिस्साले आफूहरुलाई फाइदा पुर्‍याउने त्यो रङ्गभेदी प्रणालीलाई यथावत राख्न चाहे ।  फलत: पीडित अश्वेत समुदाय विस्तारै वामपन्थी विचारतिर झुक्न थाले, र श्वेत वर्ग दक्षिणपन्थी विचारतिर। पीडित वर्गले यथास्थितिबाट परिवर्तन चाहन्छन् । यो अकाट्य सत्य हो ।   सन् १८६० को अमेरिकी गृहयुद्धको बेला दासप्रथाको समर्थन गर्नेहरु दक्षिणपन्थी र त्यसको विरोध गर्नेहरु वामपन्थी मानिनु पनि त्यसै कुराको द्योतक थियो ।

भारतमा जातिभेद–लिङ्गभेदले जब्बर रुपमा जरो गाडेको अवस्था थियो, अझै छ । त्यो दुस्चक्रका विरुद्ध खडा हुनेहरु स्वभाविक रुपमा यथास्थितिका विरोधी हुने भएकोले तिनलाई विचारधारागत रुपमा वामपन्थी मानियो ।अहिले भारतमा जातिभेद–लिङ्गभेदका विरुद्ध आवाज बुलन्द गर्नेहरु, त्यसमा आधारित भएर राजनीति गर्नेहरुलाई  स्वाभाविक रूपमा, तिनीहरूको विचारधारा वामपन्थी मानिन्छ। त्यसको ठीक विपरीत जातिभेद–लिङ्गभेदलाई पक्षपोषण गर्ने वा त्यसका विरुद्धमा खासै आवाज नउठाउने,  परम्परागत रूपमा शक्तिशाली र लाभमा रहेर जसले परिवर्तनको आवश्यकता  नठान्नेहरुलाई दक्षिणपन्थी मानिन्छन्।

यही कुरा महिलाको अधिकारको सवालमा पनि लागू हुन्छ ।

सैद्धान्तिक रुपमा समानता र समान अधिकारको जतिसुकै डिङ हाँकिए पनि प्रवृत्तिगत रुपमा संसारभरि नै महिलाहरूका अधिकार पुरुषहरूको तुलनामा कम वा सीमित छन् । तुलनात्मक रुपमा हेर्दा स्रोत, साधन, अवसर र सम्पत्ति लगायतका कुराहरुमा पुरुषहरूले बढी अवसर प्राप्त गर्ने गरेका उदाहरण संसारभरि नै देखिन्छ । यो स्थितिका विरुद्ध, महिला अधिकारका पक्षमा आवाज उठाउनेहरु स्वत: वामपन्थमा गनिन्छन् ।

संसारभरि नै पितृसत्ताले महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा राखेको छ । सैद्धान्तिक रुपमा समानता र समान अधिकारको जतिसुकै डिङ हाँकिए पनि प्रवृत्तिगत रुपमा संसारभरि नै महिलाहरूका अधिकार पुरुषहरूको तुलनामा कम वा सीमित छन् । तुलनात्मक रुपमा हेर्दा स्रोत, साधन, अवसर र सम्पत्ति लगायतका कुराहरुमा पुरुषहरूले बढी अवसर प्राप्त गर्ने गरेका उदाहरण संसारभरि नै देखिन्छ ।

यो स्थितिका विरुद्ध, महिला अधिकारका पक्षमा आवाज उठाउनेहरु स्वत: वामपन्थमा गनिन्छन् । त्यसका विपरीत, धर्म, प्रथा, प्रचलन वा सामाजिक मान्यता लगायतका दुहाइ दिएर महिला अधिकारको पक्षपोषण नगर्ने, यथास्थतिलाई नै रुचाउने पक्षहरु दक्षिणपन्थीका रुपमा मानिन्छन् ।

सैद्धान्तिक भिन्नता: यथास्थितिवाद विरुद्ध प्रगतिशीलता

वामपन्थ र दक्षिणपन्थको कुरा गर्दा मार्क्सवादको कुरा स्वत: आउँछ।मार्क्सवादले यथास्थतिवादलाई भङ्ग गर्ने, बदल्ने कुरा गर्छ । यस हिसाबले मार्क्सवाद वामपन्थ हो । तर भुल्नै नहुने कुरा के हो भने वामपन्थ र मार्क्सवाद एउटै कुरा भने पटक्कै होइन । मार्क्सवाद वामपन्थ हो तर वामपन्थले मात्रै चाहिँ मार्क्सवादको समुच्चलाई धारण वा प्रतिनिधित्व गर्न सक्दैन ।

मार्क्सवादी परिकल्पनाले आधुनिक राजनीतिक विमर्शमा समानता र आर्थिक न्यायको आवाज बलियो बनाएको छ, र यसको प्रभाव १९औं र २०औं शताब्दीका राजनीतिक आन्दोलनहरूमा स्पष्ट देखिन्छ।

भने वामपन्थ र मार्क्सवाद एउटै कुरा भने पटक्कै होइन । मार्क्सवाद वामपन्थ हो तर वामपन्थले मात्रै चाहिँ मार्क्सवादको समुच्चलाई धारण वा प्रतिनिधित्व गर्न सक्दैन ।

तर दक्षिणपन्थ भनेको केवल “निजी व्यवसाय गर्ने अधिकार” वा “नागरिक स्वतन्त्रता” भन्ने संकुचित मर्म मात्र होइन। परम्परावाद, सामाजिक संस्थाहरूको स्थायित्व, कानूनी–नैतिक दावीहरू, र राज्य तथा समाजबीचको सम्बन्धमा परम्परागत मूल्य मान्यताहरुले प्रधानता पाउनु– यी सबै दक्षिणपन्थीय चिन्तनका अङ्ग हुन्। यसले सामाजिक अनुशासन, पारिवारिक संरचना र सांस्कृतिक निरन्तरताको नाममा दक्षिणपन्थलाई जब्बर ढङ्गले पक्रन्छ र त्यसअनुसारको मान्यताहरुलाई लागू गर्न खोज्छ ।

तर वामपन्थ र दक्षिणपन्थको कुरा गर्दा कतिपयले वामपन्थको अर्थ समानतालाई प्रधानता दिने र दक्षिणपन्थको अर्थ निजी स्वतन्त्रतालाई प्रधानता दिने अर्थमा जोड दिने गर्छन् । तर बामपन्थलाई ‘समानता’ र दक्षिणपन्थलाई ‘स्वतन्त्रता’ को अर्थमा बढी जोड दिएर विभाजन गर्नु उचित होइन। व्यवहारिक राजनीतिमा मध्य–धारका चलन र रणनीतिले यी दुवै पन्थहरुको मान्यतालाई खण्डन गर्छ ।  १९९० दशक र त्यसपछिका तयारीहरूले “थर्ड वे”ले बाजारी दक्षता र सामाजिक सुरक्षा बीचको सन्तुलन खोज्यो, राजनीतिक स्पेक्ट्रमलाई नयाँ रूप दिन खोज्यो। वामपन्थ र दक्षिणपन्थको बीचको धारलाई पैरवी गर्ने सोचलाई मध्यपन्थी धार पनि भन्ने गरिन्छ । यो धारको मान्यता अनुसार वामपन्थ र दक्षिणपन्थबीचको धारमा उभिएर मात्र सामाजिक न्याय र आर्थिक प्रतिस्पर्धालाई सँगसँगै अघि बढाउन सम्भव छ।

नेपाली राजनीतिको चरित्र र वैचारिक सान्दर्भिकता

इतिहासमा राजसंस्था, जनआन्दोलन र लामो गृहयुद्ध बोकेको नेपाल जस्तो देशमा सैद्धान्तिक मूल्य मान्यताका आधारमा कम, तात्कालिक राजनीतिक लाभ–हानीका जोडघटाउमा राजनीतिक गठबन्धनहरू बदलिने प्रवृत्ति प्रधान छ । यस्तो अवस्थामा  त्यहाँ “वाम” र “दक्षिण” का रूपहरू देशीय राजनीतिमा विशेष तरिकाले प्रकट हुन्छन्।

विगतका संसदीय चुनावमा तथा त्यसपछि भएको गठबन्धन, र त्यसपछि फेरि अलग–अलग हुँदा देखिएको परिवर्तनले यो बताउँछ कि विचार र व्यवहार बीच सम्बन्ध सधैं स्थिर नहुँदो रहेछ । राजनीतिक रणनीति, स्थानीय संरचना, र विद्यमान सामाजिक संवेदनशीलताले विचारधारालाई रूपान्तरित गर्ने गरेको तथा दक्षिणपन्थ–वामपन्थ–मध्यपन्थ सबैलाई मिसमास पारेर नेपाली राजनीतिमा वर्णशंकर प्रवृत्तिलाई जन्माउने गरेको मनग्गे उदाहरणहरु पाइन्छन् ।

विगत दशकमा नेपालमा कम्युनिष्ट दलहरूको उभार, उनीहरूको निर्वाचित सत्ता सञ्चालन र उनीहरुभित्रैका विभाजनहरूले वामपन्थ–दक्षिणपन्थको परम्परागत मान्यता र परिभाषाहरुलाई धमिल्याइदिने गरेको देखिन्छ । विगतका संसदीय चुनावमा तथा त्यसपछि भएको गठबन्धन, र त्यसपछि फेरि अलग–अलग हुँदा देखिएको परिवर्तनले यो बताउँछ कि विचार र व्यवहार बीच सम्बन्ध सधैं स्थिर नहुँदो रहेछ । राजनीतिक रणनीति, स्थानीय संरचना, र विद्यमान सामाजिक संवेदनशीलताले विचारधारालाई रूपान्तरित गर्ने गरेको तथा दक्षिणपन्थ–वामपन्थ–मध्यपन्थ सबैलाई मिसमास पारेर नेपाली राजनीतिमा वर्णशंकर प्रवृत्तिलाई जन्माउने गरेको मनग्गे उदाहरणहरु पाइन्छन् ।

त्यसैले, नीति, सिद्धान्त र वैचारिकीभन्दा व्यवहारवाद प्रधान बन्दै गरेको नेपाली राजनीतिमा जब्बर रुपमा के प्रश्न उठ्ने गर्छ भने – के अझै “वाम” र “दक्षिण” भन्ने लेबलहरूको सान्दर्भिकता छ ?

निश्चय पनि त्यसको उत्तर हुनेछ– सान्दर्भिकता छ ।  वास्तवमा, राजनीतिमा नीति, सिद्धान्त र वैचारिकीको अधोपतन भएको वर्तमान समयमा यस किसिमको वर्गीकरण अर्थहीन लाग्न सक्छ । तर धमिल्यिएको राजनीतिलाई सङ्ग्ल्याउन र राजनीतिले पक्रेको दिशालाई सही ढङ्गले बुझ्नका लागि यी वर्गीकरणहरुलाई अझ प्रखर र सुस्पष्ट पारिनु जरुरी छ । यी वर्गीकरणहरुले समाज–राजनीतिले वर्तमानमा पक्रिइरहेको व्यापक मूल्यधाराका दिशालाई संकेत गर्छन् र सामान्य जनताका लागि कित्ताकाट गरेर पक्ष विपक्षमा उभिन तथा त्यसलाई सही दिशामा डोर्‍याउन सजिलो हुन्छ ।