क्यामिलो टोरेस: पादरीदेखि छापामारसम्मको यात्रा
'छापामार पादरी' र ६० वर्षपछिको रहस्य
कोलम्बियाका प्रख्यात वामपन्थी छापामार नेता क्यामिलो टोरेस रेस्ट्रेपोको अवशेष फेला परेको छ। उनको हत्या आजभन्दा करिब ६० वर्षअघि, १५ फेब्रुअरी १९६६ मा भएको थियो। 'गुरिल्ला प्रिस्ट' अर्थात् 'छापामार पादरी' को उपनामले प्रख्यात क्यामिलो टोरेसलाई उनको मातृभूमि कोलम्बिया र पूरै ल्याटिन अमेरिकाभरि चे ग्वेभारासँगै विद्रोहको प्रतीकका रूपमा लिने गरिन्छ।
कोलम्बियामा अन्यायविरुद्ध बलिदानको सर्वोच्च प्रतीक बन्न पुगेका तिनै क्यामिलो टोरेसको अवशेष भेटिएसँगै कोलम्बियाली विद्रोहका यी नायकको अन्त्येष्टिबारे रहेको रहस्यको पटाक्षेप भएको छ। साथै, कोलम्बियामा लामो समयदेखि चलिरहेको विद्रोहका एक प्रमुख पात्रले अन्ततः यथोचित सम्मान र विश्राम पाउन लागेका छन्।
सामाजिक मुद्दाहरूप्रति उनको चासोको कारण उनी सन् १९५४ मा पादरी बन्न पुगे। कोलम्बियाको गरिबीको कारणलाई जान्न र बुझ्न उनी बेल्जियम गए र लुभेनको क्याथोलिक विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गरे।
कुलीन परिवारमा जन्म र पादरी बन्ने निर्णय
क्यामिलो टोरेस रेस्ट्रेपोको जन्म ३ फेब्रुअरी १९२९ मा बोगोटाको एक सम्पन्न र कुलीन कोलम्बियाली परिवारमा भएको थियो। राष्ट्रिय विश्वविद्यालयमा एक सेमेष्टर कानुन अध्ययन गरेपछि, आफ्नी प्रेमिकाका पितामार्फत चिनजान भएका केही डोमिनिकन पादरीहरूको प्रभावका कारण उनी क्याथोलिक पादरी बन्न कानुनको पढाई परित्याग गरे । सामाजिक मुद्दाहरूप्रति उनको चासोको कारण उनी सन् १९५४ मा पादरी बन्न पुगे। कोलम्बियाको गरिबीको कारणलाई जान्न र बुझ्न उनी बेल्जियम गए र लुभेनको क्याथोलिक विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गरे।
समाजशास्त्रमा योगदान र प्राज्ञिक यात्रा
सन् १९५९ मा कोलम्बिया फर्केपछि, उनी एक 'च्यापलेन' (धर्मगुरु) बने र राष्ट्रिय विश्वविद्यालयमा समाजशास्त्र संकायको सह-स्थापना गरे। उनको प्राज्ञिक कार्य गरिबहरूको "सर्वहाराकरण" मा केन्द्रित थियो। चर्चले आध्यात्मिक आवश्यकता मात्र नभई भौतिक दुःखलाई पनि सम्बोधन गर्नु नैतिक दायित्व भएको उनको तर्क थियो। समाजशास्त्रमा उनको ज्ञानले उनलाई धेरै अध्ययन र लेखहरू तयार गर्न मद्दत गर्यो, जसले सामाजिक विज्ञानमा महत्त्वपूर्ण योगदान पुर्यायो।
क्यामिलो टोरेस सिद्धान्तमा मात्र सीमित रहन चाहेनन्। अरूभन्दा फरक, उनले विभिन्न सामाजिक अनुभवहरूमा सहभागी हुँदै कार्यक्षेत्रमा उत्रने निर्णय गरे। जनसरोकारका मुद्दाहरूमा उनको प्रतिबद्धता बढ्दै गयो।
यद्यपि, क्यामिलो टोरेस सिद्धान्तमा मात्र सीमित रहन चाहेनन्। अरूभन्दा फरक, उनले विभिन्न सामाजिक अनुभवहरूमा सहभागी हुँदै कार्यक्षेत्रमा उत्रने निर्णय गरे। जनसरोकारका मुद्दाहरूमा उनको प्रतिबद्धता बढ्दै गयो। उनी 'मुनिप्रोक' (MUNIPROC) का संस्थापक र सदस्य थिए, 'इन्कोरा' (INCORA) को कृषि सुधार प्राविधिक समितिको हिस्सा थिए र पहिलो राष्ट्रिय समाजशास्त्र कांग्रेसको अध्यक्षता समेत गरे।
राजनीतिक सक्रियता र चर्चसँगको वैचारिक टकराव
उनका बहुआयामिक सामाजिक र सामुदायिक गतिविधिहरूले चाँडै नै क्याथोलिक चर्चको उच्च नेतृत्व सँग, विशेष गरी सन् १९६१ देखि कार्डिनल लुइस कोन्चा कोर्डोभासँग निरन्तर टकराव निम्त्यायो।
भूमि सुधार र स्रोतसाधनको राष्ट्रियकरणको माग गर्ने उनको आमुल परिवर्तनकारी अडानले चर्चको नेतृत्वलाई क्रुद्ध बनाउदै लग्यो।
१९६० को दशकको सुरुतिर, टोरेस शान्तिपूर्ण सुधारबाट निराश भए। उनले खण्डित कोलम्बियाली वामपन्थीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले 'युनाइटेड फ्रन्ट अफ द पिपल' नामक राजनीतिक अभियान स्थापना गरे। तर, भूमि सुधार र स्रोतसाधनको राष्ट्रियकरणको माग गर्ने उनको आमुल परिवर्तनकारी अडानले चर्चको नेतृत्वलाई क्रुद्ध बनाउदै लग्यो। सन् १९६५ मा युनाइटेड फ्रन्ट स्थापना गरेपछि, उनले आफ्नो अडानलाई थप कडा बनाए र समाजमा वास्तविक र गहन परिवर्तनका लागि सबै जनमुखी, क्रान्तिकारी, लोकतान्त्रिक र निर्वाचन बहिष्कार गर्ने शक्तिहरूलाई एकीकृत गर्ने राजनीतिक आन्दोलन सिर्जना गर्ने निर्णय गरे।
पद त्याग र 'मुक्तिको धर्मशास्त्र' (Liberation Theology)
सन् १९६५ मा भ्याटिकनले उनलाई पादरीको कर्तव्य वा राजनीतिक सक्रियतामध्ये एक रोज्न दबाब दियो। टोरेसले पादरीको पद त्याग (Laicization) को अनुरोध गरे। त्यसबेला उनले भनेको ‘आफूले विश्वास त्यागेका होइनन्, बरु क्रान्तिमार्फत त्यसलाई पूरा गर्दैछु’ भन्ने भनाइ निक्कै चर्चित बनेको थियो । उनको तर्क थियो: जुन क्याथोलिक क्रान्तिकारी छैन, उनी महापापमा बाँचिरहेका हुन्छ।
कोलम्बियामा छापामार युद्ध लडिरहेको इएलएन (National Liberation Army) सँगको उनको आबद्धता र सक्रियताले छापामार युद्धलाई ‘नैतिक र धार्मिक वैधता’ प्रदान गरेको थियो । उनको कर्मले "एक ईसाई हुनुको अर्थ क्रान्तिकारी हुनु पनि हो" भन्ने विचार स्थापित गरिदिए।
टोरेस भन्दा पहिले, कोलम्बियाका छापामार आन्दोलनहरू मुख्यतया मार्क्सवादी-लेनिनवादी विचारधाराबाट प्रेरित थिए । ती आन्दोलनलाई कट्टर क्याथोलिक समाजले सन्देहको नजरले हेर्थ्यो। तर टोरेसले त्यसलाई हेर्ने दृष्टिकोणमा उथलपुथल ल्याइदिए । कोलम्बियामा छापामार युद्ध लडिरहेको इएलएन (National Liberation Army) सँगको उनको आबद्धता र सक्रियताले छापामार युद्धलाई ‘नैतिक र धार्मिक वैधता’ प्रदान गरेको थियो । उनको कर्मले "एक ईसाई हुनुको अर्थ क्रान्तिकारी हुनु पनि हो" भन्ने विचार स्थापित गरिदिए। उनले भनेका थिए–"क्रान्तिकारी हुनु भनेको एउटा ईसाईका लागि अनिवार्य कर्तव्य हो। किनभने क्रान्ति बिना हामीले ती भोकाहरूलाई खुवाउन सक्दैनौँ, नाङ्गाहरूलाई लुगा दिन सक्दैनौँ र उत्पीडितहरूलाई न्याय दिलाउन सक्दैनौँ।" अझ उनको एउटा चर्चित भनाइ नै छ: "येशू आजको समयमा जीवित हुनुभएको भए, उनी पक्कै पनि एउटा छापामार (Guerrilla) योद्धा हुने थिए र अन्यायपूर्ण सत्ताको विरुद्ध लडिरहेका हुने थिए।"
उनले कम्युनिष्ट र ईसाईहरूलाई एउटै उद्देश्यका लागि मिल्न आह्वान गर्दै भनेका थिए: "हामीलाई कसले विभाजन गर्यो? शत्रुले। तर हामीलाई कसले जोड्छ? भोकमरी र गरिबीले। त्यसैले हामी कुन भगवान् मान्छौँ भन्ने कुरा छोडौँ र यो धर्तीलाई कसरी स्वर्ग बनाउने भन्नेमा केन्द्रित होऔँ।"
"येशू आजको समयमा जीवित हुनुभएको भए, उनी पक्कै पनि एउटा छापामार (Guerrilla) योद्धा हुने थिए र अन्यायपूर्ण सत्ताको विरुद्ध लडिरहेका हुने थिए।"
क्यामिलो टोरेस रेस्ट्रेपोका विचारहरुबाट प्रभावित भएर धार्मिक आस्था भएका ग्रामीण किसानहरू पनि विद्रोही समूहमा आकर्षित भएका थिए ।क्रान्तिलाई "पाप" नभई "पुण्य" को रूपमा व्याख्या गर्दै चर्चसँग उनले गरेको विद्रोहले कोलम्बियाको क्याथोलिक चर्चभित्र ठूलो विभाजन ल्यायो । भुइँतहमा क्रियाशील पादरीहरु गरिबको पक्षमा उभिन र बोल्न थाले । उनकै सक्रियताका कारण मध्यम वर्ग र बुद्धिजीवीहरुलाई छापामार आन्दोलनसँग जोडिन हौसला र प्रेरणा मिलेको थियो । उनले इसाइ धर्म र मार्क्सवादको मिलन गराएर ‘क्यामिलिस्मो (Camilismo) विचारधारालाई जन्म दिएका थिए । उनको विचारधारा वास्तवमा इसाइ मूल्यमान्यता र समाजवादी आर्थिक प्रणालीको मिश्रण थियो । उनकै कारण कोलम्बियाको गृहयुद्ध सत्ता परिवर्तनको लडाइँ मात्र रहेन, त्यो एक साँस्कृतिक र धार्मिक संघर्ष पनि बन्यो ।
उनको एउटा निकै प्रसिद्ध अवधारणा थियो— प्रभावकारी माया 'Effective Charity'। उनी भन्थे कि गरिबलाई एक छाक खाना दिनु 'माया' त हो, तर गरिबी हटाउने व्यवस्था ल्याउनु चाहिँ 'प्रभावकारी माया' हो । उनी भन्ने गर्थे – "म केवल भिक्षा दिएर कसैको आँसु पुछ्न चाहन्न, म त त्यो हातलाई बलियो बनाउन चाहन्छु जसले आफ्नो अधिकार आफैँ खोसेर लिन सकोस्।"
क्यमिलो टोरेस ल्याटिन अमेरिकामा लिबरेसन थियोलोजी (मुक्तिको धर्मशास्त्र) का सुरुवाती अभ्यासकर्ता मध्ये एक थिए।
उनको विचारधारा वास्तवमा इसाइ मूल्यमान्यता र समाजवादी आर्थिक प्रणालीको मिश्रण थियो । उनकै कारण कोलम्बियाको गृहयुद्ध सत्ता परिवर्तनको लडाइँ मात्र रहेन, त्यो एक साँस्कृतिक र धार्मिक संघर्ष पनि बन्यो ।
२४ जुन १९६५ मा, आँखाभरि आँसु पार्दै उनले बोगोटाको सान डिएगो चर्चमा आफ्नो अन्तिम प्रार्थना सभा सम्पन्न गरे। कट्टरपन्थी कोलम्बियाली क्याथोलिक चर्चको दबाब क्यामिलोको दृष्टिकोणसँग बाझिएको थियो, जसले साँचो इसाईहरू क्रान्तिकारी संघर्षमा सामेल हुनुपर्छ भन्ने ठान्थे।
'छापामार क्यामिलो' र हतियारबद्ध संघर्षको घोषणा
देशभरि र्याली, परिचालन, विरोध र ठूला जनसभाहरू आयोजना गरिरहँदा, उनले ४ जुलाई १९६४ मा स्थापना भएको विद्रोही समूह 'नेशनल लिबरेसन आर्मी' (ELN) सँग सम्पर्क बढाए। जनआन्दोलन र क्रान्तिकारी संघर्षसँगको उनको कडा सम्बन्ध, उनको करिश्मा र नेतृत्व कौशल र इएलएन सँगको सम्पर्क सरकारी सुरक्षा बलका लागि स्पष्ट भयो।
क्यामिलो टोरेसको जीवन जोखिममा थियो र सरकारी सुरक्षा बलद्वारा उनको हत्या हुन सक्ने डर बढ्दै गयो। शासक वर्गले चुनावको माध्यमबाट कहिल्यै सत्ता नछोड्ने विश्वासका साथ, टोरेस अक्टोबर १९६५ मा सान्टान्डरको जंगलमा गए र नेशनल लिबरेसन आर्मी (इएलएन) मा सामेल भए। एक मार्क्सवादी-लेनिनवादी छापामार समूहमा उनको प्रवेश र "पादरी क्यामिलो" बाट "छापामार क्यामिलो" मा भएको यो रुपान्तरणले सम्पूर्ण ल्याटिन अमेरिकामा हलचल ल्यायो।

“कोलम्बियाका पहाडहरूबाट, म जनताका लागि सत्ता प्राप्त नगरेसम्म हातमा हतियार लिएर लडाइँ जारी राख्न चाहन्छु। एक कदम पनि पछि हट्ने छैन! मुक्ति वा मृत्यु!”
जंगलको मोर्चा र क्युबाली क्रान्तिको प्रभाव
इएलएन विद्रोही समूहसँग क्यामिलो टोरेस रेस्ट्रेपोको सम्बन्ध ७ जनवरी १९६६ मा उनै क्रान्तिकारीद्वारा हस्ताक्षरित सार्वजनिक विज्ञप्तिमार्फत सार्वजनिक भयो। सन् १९६६ जनवरीमा इएलएन द्वारा छापिएको एउटा पर्चामा टोरेसको तस्विर सार्वजनिक भएको थियो, जसमा क्यमिलो टोरेस सैन्य वर्दीमा राइफल समातिरहेको अवस्थामा देखिन्थे र साथमा यी शब्दहरू लेखिएका थिए: “कोलम्बियाका पहाडहरूबाट, म जनताका लागि सत्ता प्राप्त नगरेसम्म हातमा हतियार लिएर लडाइँ जारी राख्न चाहन्छु। एक कदम पनि पछि हट्ने छैन! मुक्ति वा मृत्यु!”
क्युबाली क्रान्ति उनको राजनीतिक कट्टरपन्थीकरणको मुख्य केन्द्रबिन्दु थियो। १९६० को दशकको सुरुतिरको अन्य ल्याटिन अमेरिकी वामपन्थीहरू जस्तै, टोरेसले पनि क्युबाको राजनीतिक प्रक्रियालाई नजिकबाट नियालेका थिए। उनले यसलाई असमानता र बहिष्कारले थिचिएका समाजहरूमा संरचनात्मक परिवर्तन सम्भव छ भन्ने प्रमाणको रूपमा व्याख्या गरे। क्युबाको घटनाक्रमले उनलाई क्रमिक सुधारहरू अपर्याप्त छन् र निश्चित परिस्थितिहरूमा सशस्त्र संघर्षले नैतिक औचित्य प्राप्त गर्छ भन्ने विश्वास दिलायो।

https://worldview.stratfor.com
टोरेसले ग्रामीण बालबालिकाहरूलाई 'बाइबल' सिकाउँथे र माओ त्सेतुङ, भ्लादिमिर लेनिन र फिडेल क्यास्ट्रोका लेखहरू अनुवाद गर्थे। उनले एउटा "जंगलको चर्च" समेत संगठित गरेका थिए, जहाँ उनले क्रुस (Crucifix) को छेउमा क्यास्ट्रोको तस्विर झुण्ड्याएका थिए।
इएलएनमा, टोरेसले मुख्यतया क्याथोलिक दृष्टिकोणबाट आध्यात्मिक र वैचारिक सहयोग प्रदान गरे। उनले छापामारहरूका लागि शारीरिक र "आध्यात्मिक" दुवै रूपमा चिकित्सकको काम पनि गरे। उनले ग्रामीण बालबालिकाहरूलाई 'बाइबल' सिकाउँथे र माओ त्सेतुङ, भ्लादिमिर लेनिन र फिडेल क्यास्ट्रोका लेखहरू अनुवाद गर्थे। उनले एउटा "जंगलको चर्च" समेत संगठित गरेका थिए, जहाँ उनले क्रुस (Crucifix) को छेउमा क्यास्ट्रोको तस्विर झुण्ड्याएका थिए।
क्यामिलो टोरेसको वैचारिक योगदान र 'संयुक्त मोर्चा' को भूमिका
क्यामिलो टोरेसले सम्पादन गरेका 'Frente Unido' (संयुक्त मोर्चा) नामक पत्रिका तत्कालीन समयको एक सशक्त वैचारिक माध्यम थियो। उनले आफ्ना लेखहरूमार्फत कोलम्बियाको सामाजिक संरचनाको सूक्ष्म विश्लेषण गर्दै राज्यको गरिबीका लागि 'अल्पतन्त्र' (Oligarchy) वा सीमित सम्भ्रान्त परिवारको हातमा निहित सत्तालाई जिम्मेवार ठहर्याएका थिए।
टोरेसले सुरुमा शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनको वकालत गरे तापनि परिस्थितिको बाध्यतालाई उल्लेख गर्दै "जब शान्तिका सम्पूर्ण विकल्पहरू समाप्त हुन्छन्, तब सशस्त्र विद्रोह अपरिहार्य बन्छ" भन्ने मान्यता अघि सारे।
सैद्धान्तिक रूपमा टोरेसले सुरुमा शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनको वकालत गरे तापनि राज्यको दमनकारी नीतिका कारण उनको दृष्टिकोणमा परिवर्तन आयो। उनले परिस्थितिको बाध्यतालाई उल्लेख गर्दै "जब शान्तिका सम्पूर्ण विकल्पहरू समाप्त हुन्छन्, तब सशस्त्र विद्रोह अपरिहार्य बन्छ" भन्ने मान्यता अघि सारे। उनका यिनै क्रान्तिकारी दृष्टिकोणहरूले ल्याटिन अमेरिकामा ' मुक्ति धर्मशास्त्र' (Liberation Theology) को वैचारिक आधार तयार पारेका थिए।
पहिलो युद्धमै सहादत र गोप्य अन्त्येष्टि
१५ फेब्रुअरी १९६६ मा 'पाटियो सिमेन्टो' मा भएको आफ्नो पहिलो युद्धमै टोरेस मारिए। इएलएन समुहले राष्ट्रिय सेनाको एउटा टोलीलाई एम्बुसमा पारेपछि युद्ध सुरु भएको थियो। राष्ट्रिय सेनाले विशेष गरी टोरेसलाई निशाना बनाएको थियो र मृत्युको समयमा उनलाई निर्दयीपूर्वक कुटपिट गरिएको थियो। टोरेससँगै इएलएनका अन्य पाँच छापामारहरू पनि मारिए। उनी मात्र ३७ वर्षका थिए। पछि यो पनि खुलासा भयो कि उनलाई निकै नजिकबाट (Point-blank range) गोली हानिएको थियो। विडम्बनाको कुरा, सरकारी सेनाको नेतृत्व उनका बाल्यकालका साथी कर्नल अल्भारो भलेन्सिया टोवरले गरेका थिए । राष्ट्रिय सेनाले उनको शवलाई अन्य सामूहिक चिहानभन्दा छुट्टै गोप्य स्थानमा लुकायो र सो स्थान सार्वजनिक गरिएन। उनको मृत्युपछि, क्यामिलो टोरेस इएलएनको आधिकारिक 'शहीद' बने।
क्यामिलो टोरेस केवल एक लडाकु मात्र थिएनन्, उनी कोलम्बियाको गृहयुद्धलाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर मानवीय र नैतिक मुद्दाहरूसँग जोडिदिने प्रभावशाली विचार थिए । उनको प्रभावले गर्दा नै आज पनि कोलम्बियामा शान्तिको अर्थ केवल 'युद्धको अन्त्य' मात्र नभई 'सामाजिक न्यायको स्थापना' भन्ने बुझिन्छ। विशेष गरी इएलएनको लागि टोरेस एक शक्तिशाली प्रतीक बने, जसको कारणले यो समूहले अन्तर्राष्ट्रिय स्तरमा चर्चा र सहानुभूति बटुल्न सफल भयो। उनको बलिदानले गर्दा 'क्यामिलिस्मो' नामक नयाँ विचारधाराको जन्म भयो, जसले ल्याटिन अमेरिकाको राजनीतिमा धर्म र समाजवादको अनौठो मिश्रण प्रस्तुत गर्यो। टोरेसको सक्रियताले क्याथोलिक चर्चभित्र पनि ठूलो हलचल पैदा गरिदियो, जसका कारण तल्लो तहका धेरै पादरीहरूले राज्यको दमन विरुद्ध बोल्न थाले र कतिपय त प्रत्यक्ष रूपमा छापामार आन्दोलनमै सहभागी भए।

क्यामिलो टोरेस केवल एक लडाकु मात्र थिएनन्, उनी कोलम्बियाको गृहयुद्धलाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर मानवीय र नैतिक मुद्दाहरूसँग जोडिदिने प्रभावशाली विचार थिए । उनको प्रभावले गर्दा नै आज पनि कोलम्बियामा शान्तिको अर्थ केवल 'युद्धको अन्त्य' मात्र नभई 'सामाजिक न्यायको स्थापना' भन्ने बुझिन्छ।
उनको मृत्युपछि पनि कोलम्बियाको राजनीतिमा उनको प्रभाव हराएर गएन, बरु उनी न्यायका लागि लड्ने एक अमर शहीदका रूपमा स्थापित भए। विद्रोहीहरूले उनलाई आफ्नो आदर्श मान्दै दशकौंसम्म युद्ध जारी राखे र धेरै सैन्य दस्ताहरूको नाम समेत उनकै सम्मानमा राखियो। यसरी क्यामिलो टोरेसले कोलम्बियाको गृहयुद्धलाई केवल सत्ता परिवर्तनको लडाइँमा मात्र सीमित नराखी, यसलाई एउटा गहिरो सामाजिक र सांस्कृतिक आन्दोलनको रूपमा रूपान्तरण गरिदिए। उनको मृत्युले इएलएनलाई एउटा सैन्य समूहबाट 'आध्यात्मिक-राजनीतिक' आन्दोलनमा रूपान्तरण गरिदियो। उनको बलिदानबाट प्रेरित भएर स्पेनी पादरीहरू डोमिन्गो लेन र म्यानुअल पेरेज मार्टिनेज जस्ता व्यक्तित्वहरू कोलम्बिया आएर विद्रोही समूहमा सहभागी भए। विशेष गरी म्यानुअल पेरेजले सन् १९७० र ८० को दशकमा इएलएनको कमान्ड सम्हालेपछि यो समूहले ‘मुक्ति धर्मशास्त्र’लाई आफ्नो मुख्य मार्गदर्शक सिद्धान्त बनायो। कट्टर साम्यवाद र क्याथोलिक नैतिकताको अनौठो मिश्रणले गर्दा इएलएन अन्य मार्क्सवादी समूहहरू (जस्तै FARC) भन्दा वैचारिक रूपमा भिन्न देखियो ।
नेतृत्वमा आएका यी 'क्रान्तिकारी पादरीहरू' ले टोरेसको "युनाइटेड फ्रन्ट" को सपनालाई जीवित राख्न खोजे। उनीहरूले केवल बन्दुकको भरमा मात्र नभई, गाउँ-गाउँमा गएर गरिब किसानहरूलाई उनीहरूको अधिकार र गरिमाबारे शिक्षित गराए। यसले गर्दा गृहयुद्धको समयमा इएलएनलाई एउटा बलियो सामाजिक आधार प्राप्त भयो। टोरेसको विचारधाराले गर्दा नै बौद्धिक वर्ग र विश्वविद्यालयका विद्यार्थीहरू समेत यो आन्दोलनप्रति सहानुभूति राख्न थाले, जसले गर्दा प्रतिरोधी युद्ध लामो समयसम्म चलिरह्यो।
नेतृत्वमा आएका यी 'क्रान्तिकारी पादरीहरू' ले टोरेसको "युनाइटेड फ्रन्ट" को सपनालाई जीवित राख्न खोजे। उनीहरूले केवल बन्दुकको भरमा मात्र नभई, गाउँ-गाउँमा गएर गरिब किसानहरूलाई उनीहरूको अधिकार र गरिमाबारे शिक्षित गराए।
स्मृतिको संरक्षण र अवशेषको खोजी
क्यामिलो टोरेसको सम्झना इएलएनको विचारमा सधैं जीवित रह्यो। वास्तवमा, सन् १९८७ मा यो छापामार समूहले आफ्नो नाम परिवर्तन गरी 'क्यामिलिस्टा युनियन-नेशनल लिबरेसन आर्मी' राख्यो। क्यामिलो टोरेसको अवशेषको मुद्धालाई इएलएनले कहिले परित्याग गरेन। सशस्त्र समूहका शान्ति वार्ताकारहरूले कोलम्बियाली सरकारसँगको धेरै वार्ताहरूमा आफ्ना सबैभन्दा ठूला वैचारिक व्यक्तित्व मानिने व्यक्तिको अवशेष फिर्ता सर्त राख्दै आएका थिए।
६० वर्षपछिको पहिचान र राजकीय सम्मानको तयारी
यहि बर्षको २३ जनवरीमा क्यामिलो टोरेस रेस्ट्रेपोको युद्धमा मृत्यु भएको ६० औं वार्षिकोत्सवभन्दा ठीक तीन हप्ता अघि फरेन्सिक विशेषज्ञहरूको टोलीले उनको अवशेष फेला परेको र पहिचान भएको पुष्टि गर्यो। सन् १९६६ फेब्रुअरी १५ मृत्यु भएदेखि नै यी अवशेषहरू बेपत्ता थिए। बेपत्ता व्यक्तिहरूको खोजी इकाइ (UBPD) ले क्याथोलिक पादरी क्यामिलो टोरेस रेस्ट्रेपोको शव फेला पारेको थियो। यो समाचारलाई इएलएनले समेत पुष्टि गर्यो। त्यसैगरी, राष्ट्रपति पेट्रोले पनि फादर क्यामिलो टोरेस रेस्ट्रेपोको शवलाई सम्मान गरिने र राष्ट्रिय विश्वविद्यालयको समाजशास्त्र विभागको संस्थापक तथा विश्वव्यापी रूपमा 'लिबरेसन थियोलोजी' को संस्थापकको रूपमा सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्। दुवै पक्ष उनको अन्तिम विश्रामस्थल बोगोटास्थित राष्ट्रिय विश्वविद्यालयको परिसर हुनुपर्छ भन्नेमा सहमत छन्। अब क्यामिलो टोरेस रेस्ट्रेपोलाई बुकारामंगाबाट स्थानान्तरण गरी बोगोटाको युनिभर्सिडाड नासियोनलको चैपल (प्रार्थनालय) मा गाडिनेछ।

युनिभर्सिडाड नासियोनलमा पादरी तथा प्राध्यापक क्यामिलो टोरेसको भित्तेचित्र। फोटो: स्टिभ हाइड । तस्विर: https://thebogotapost.com
बेपत्ता व्यक्तिहरूको खोजी इकाइ (UBPD) ले क्याथोलिक पादरी क्यामिलो टोरेस रेस्ट्रेपोको शव फेला पारेको थियो। यो समाचारलाई इएलएनले समेत पुष्टि गर्यो। त्यसैगरी, राष्ट्रपति पेट्रोले पनि फादर क्यामिलो टोरेस रेस्ट्रेपोको शवलाई सम्मान गरिने र राष्ट्रिय विश्वविद्यालयको समाजशास्त्र विभागको संस्थापक तथा विश्वव्यापी रूपमा 'लिबरेसन थियोलोजी' को संस्थापकको रूपमा सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।
क्यामिलो टोरेसको मृत्युको ६० औं वार्षिकोत्सवको ठिक अगाडी अवशेष फेला पर्नु संयोग मात्र होइन। यो कोलम्बियामा इएलएन र सरकारबीचको लामो समयदेखिको द्वन्द्व अन्त्य हुने संकेत पनि हुन सक्छ।
शान्ति प्रक्रियामा टोरेसको विचारधाराको सान्दर्भिकता
हालैका वर्षहरूमा कोलम्बिया सरकार र इएलएनबीच भएका शान्ति वार्ताहरूमा क्यामिलो टोरेसका विचारहरू अझै पनि चर्चाको विषय बन्ने गरेका छन्। उनको मुख्य माग "सामाजिक न्याय र स्रोत-साधनमा गरिबको पहुँच" थियो, जुन आज पनि कोलम्बियाको मुख्य समस्या हो।
टोरेसले सधैं जनताको प्रत्यक्ष सहभागितामा जोड दिएका थिए। त्यसैले अहिलेको शान्ति प्रक्रियामा पनि इएलएनले "नागरिक समाजको सहभागिता" लाई मुख्य सर्त बनाउने गरेको छ। टोरेसको विरासतले गर्दा नै आज पनि कतिपय शान्ति अभियन्ताहरूले सरकारलाई द्वन्द्वको अन्त्य गर्न मात्र हैन, टोरेसले उठाएका संरचनात्मक गरिबी र अन्यायका मुद्दाहरू सम्बोधन गर्न समेत दबाब दिइरहेका छन्।
मुख्य तस्विर: https://mazo4f.com
साम्राज्यवाद, लागूपदार्थ र सामाजिक नियन्त्रण
युद्धको छायामा इरान–अमेरिका टकराव
‘मरणोन्मुख’ पुँजीवाद किन र कसरी बाँचिरहेको छ ?
अर्धमुदित नयन र डुब्न लागेको घाम
पुँजीवादलाई तर्साउने ‘साम्यवादी भूत’का जनक कार्ल मार्क्स
हराम पाँडे हजुर
विश्व क्रान्तिका महान नेता माओ त्से तुङ
प्रतिक्रिया