समकालीन वैश्विकृत साम्राज्यवादी युगमा प्रगतिशील लेखक तथा साहित्यकारहरूको जिम्मेवारी
१. समकालीन वैश्विकृत साम्राज्यवादी युग भन्नाले लेनिनले व्याख्या गरेको पूँजीवादको विकासको दौरान्मा अस्तित्वमा आएको त्यसको विशिष्ट चरण, साम्राज्यवादभन्दा भिन्न अर्को विशिष्ट चरण होइन । उत्पादनको सङ्केन्द्रण तथा एकाधिकारीहरूको प्रभुत्व, बैङ्क र तिनको बढ्दो भूमिका; वित्तपूँजी र वित्तीय अल्पतन्त्रको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रहरूमा प्रभुत्व, पूँजी निर्यात, पूँजीवादी एकधिकारी सङ्घहरूबीच विश्वको विभाजन, शक्ति राष्ट्रहरूबीच विश्वको विभाजन र पूँजीवादको परजीवि चरित्र समकालीन वैश्विक साम्राज्यवादका आधारभूत विशेषताहरू हुन् जसबारे लेनिनले साम्राज्यवादको विश्लेषणको दौरान्मा विस्तारमा चर्चा गर्नुभएको थियो ।
साम्राज्यवादको विकासको दौरान्मा त्यसमा देखिएका कतिपय नयाँ विशेषताहरूलाई अधार बनाएर लेनिनवाद आजको वैश्विकृत साम्राज्यवादको विरुद्धको सङ्घर्षको सैद्धान्तिक आधार बन्न सक्तैन र त्यसको निमित्त “नयाँ” सिद्धान्तको आवश्यकता छ भन्ने सोचले अन्ततः साम्राज्यवादको आयु लम्ब्याउँछ ।
निश्चयै पनि विगत एकसय वर्षको अवधिमा साम्राज्यवादका संयन्त्रहरू र कामका तौरतरिकाहरूमा व्यापक परिवर्तनहरू आएका छन् । तर साम्राज्यवाद र त्यसका विरुद्धको सङ्घर्षसम्बन्धी लेनिनले गर्नुभएको व्याख्या, कार्यनीति एवं रणनीतिहरू अहिले पनि आधारभूतरूपमा सही छन् । समकालीन वैश्विकृत साम्राज्यवादका विरुद्धको सङ्घर्षमा हामीलाई दिशावोध गर्न तिनीहरू पूर्णरूपले सक्षम छन् । साम्राज्यवादको विकासको दौरान्मा त्यसमा देखिएका कतिपय नयाँ विशेषताहरूलाई अधार बनाएर लेनिनवाद आजको वैश्विकृत साम्राज्यवादको विरुद्धको सङ्घर्षको सैद्धान्तिक आधार बन्न सक्तैन र त्यसको निमित्त “नयाँ” सिद्धान्तको आवश्यकता छ भन्ने सोचले अन्ततः साम्राज्यवादको आयु लम्ब्याउँछ ।
निश्चयै पनि साम्राज्यवाद अहिले लेनिनको समयमा भन्दा बढी वैश्विकृत भएको छ । त्यसपछि त्यसले आफ्नो सङ्कट टार्न र आयु लम्ब्याउनको निमित्त विशिष्ट संयन्त्रहरूको विकास गर्नुका साथै शोषण र उत्पीडनका नयाँनयाँ तरिकाहरू अवलम्बन गर्दै आएको छ । लेनिनको निधनपछि, खासगरेर दोस्रो विश्वयुद्धपछि साम्राज्यवाद वित्तपूँजी, बहुराष्ट्रिय निगमहरू, नेटो जस्ता विशाल क्षेत्रीय सैन्य गठवन्धन तथा दर्जनौँ स–साना सैन्य गठबन्धनहरू तथा विश्वका विभिन्न भागहरूमा ठूलाठूला सैन्य अखडाहरूको स्थापना, विश्वबैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्वव्यापार सङ्गठनको स्थापना; साम्राज्यवादी शैक्षिक सामग्रीहरू तथा सञ्चारको विश्वव्यापी जालोको निर्माण; गैर–सरकारी संस्थाहरू, स्लिपर सेल र डिपस्टेट्सको निर्माण; डिजिटल प्रविधिहरूको विकास एवं विस्तार; सिआइए, मोसाद जस्ता सयौँ खुफिया एजेन्सीहरूको निर्माण; साँस्कृतिक उद्योगहरूको विश्वव्यापी जालो आदि मार्फत साम्राज्यवाद सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक जीवनका हरेक क्षेत्रमा प्रवेश गरेको छ । उपनिवेशवादको नयाँ तरिका (नव-उपनिवेशवाद) अपनाएर अविकसित र विकासोन्मुख मुलुकहरूमा अर्थिक आश्रितपना, दलाल पूँजीवादको विकास, राजनीतिक हस्तक्षेप, वैचारिक प्रभुत्व र साँस्कृतिक समान जातीयकरण (homogenization) आदि मार्फत समकालीन वैश्विक साम्राज्यवादले आफ्नो आयु लम्ब्याउने प्रयत्न गर्दै आएको छ ।
पूँजीवादको असमान विकासको नियमले साम्राज्यवादी शक्तिहरूबीच कायम यस्तो एकता स्थायी हुँदैन, त्यो ढिलो वा चाँडो फुट्छ भन्ने कुरा प्रष्ट गर्छ ।
२. वैश्विकरणका पक्षधरहरूले यसलाई विश्वभरिका राष्ट्रहरू एवं जनताको प्रगतिशील एकीकरण बताएर त्यसको स्तुतिगान गाउँछन् । जब कि यो वैश्विकरण साम्राज्यवादीहरूबीच वित्तपूँजीलाई विश्वव्यापीरूपमा चलायमान बनाउने, प्राकृतिक साधन स्रोतहरूका धनी मुलुकहरूबाट तिनको चरम अवशोषण गर्ने, सस्तो श्रमको हदैसम्म शोषण गर्ने, बहुराष्ट्रिय निगमहरूलाई विश्वको हरेक कुनामा गएर नाफा कमाउने वातावरण बनाउने, साम्राज्यवादको शोषण उत्पीडन विरुद्धको आन्दोलनलाई दमन गर्ने, विश्वको कुनै पनि कुनामा गएर कम्युनिस्ट आन्दोलन तथा देशभक्तीय आन्दोलनलाई दमन गर्ने आदि कुराहरूमा साम्राज्यवादी शक्तिहरूबीच कायम भएको एकता हो । पूँजीवादको असमान विकासको नियमले साम्राज्यवादी शक्तिहरूबीच कायम यस्तो एकता स्थायी हुँदैन, त्यो ढिलो वा चाँडो फुट्छ भन्ने कुरा प्रष्ट गर्छ ।
३. समकालीन वैश्विक साम्राज्यवाद सङ्कटग्रस्त छ । त्यसका आधारभूत र विशिष्ट अन्तर्विरोधहरू पराकाष्ठामा पुगेका छन् । त्यो कुरो यूरोप र अमेरिकाबीचको बढ्दो अन्तर्विरोध; रूस र युक्रेनबीचको युद्ध, रूस र अमेरिकाबीचको अन्तर्विरोध, रूस र यूरोपका शक्ति राष्ट्रबीचको अन्तर्विरोध; चीनको अमेरिका र युरोपसितको अन्तर्विरोध, अमेरिका र क्यानडाबीचको अन्तर्विरोध; जापान र चीनबीचको अन्तर्विरोध; अमेरिका र भारतबीचको अन्तर्विरोध; इजरायल र इरानबीचको अन्तर्विरोध; भारत र पाकिस्ताबीचको अन्तर्विरोध; ट्रम्पको शुल्कनीति आदिबाट प्रष्ट हुन्छ ।
दोस्रो विश्वयुद्धपछि स्थापित साम्राज्यवादी विश्व व्यवस्था विघटनको सँघारमा उभिएको छ भन्न सकिन्छ जसको औपचारिक घोषणा तेस्रो विश्वयुद्धले गर्ने छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि साम्राज्यवादी शक्ति राष्ट्रहरूबीचको अन्तर्विरोध छरपष्टढङ्गले सार्वजनिक भएको छ । ट्रम्पको क्यानडालाई अमेरिकाको एकाउन्नौँ प्रान्त बनाउने, ग्रीनल्याण्डलाई अमेरिकी सार्वभौमसत्ता अन्तर्गत ल्याउने; इरानमाथि इजरायलसँग मिलेर सैन्य आक्रमण गर्ने; गाजा जेनोसाइडमा नेतन्याहुलाई पूर्णतः साथ दिने र गाजाबाट प्यालेस्टायनीहरूलाई मारेर वा विस्तापित गरेर त्यहाँ व्यापारिक केन्द्र बनाउने; भेनेजुएलामाथि सैन्य हस्तक्षेप गरेर निर्वाचित राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई गुण्डागर्दी शैलीमा अपहरण गरी आफ्नो मुलुक लगेर मुद्दा चलाउने; आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गर्ने; कोलम्बीया, नाइजेरिया, क्यूबा र इरानलाई पनि भेनेजुएला बनाइदिने धम्की दिने; आफूले भनेको नमान्ने मुलुकहरूमाथि उच्च आयातशुल्क र आर्थिक प्रतिबन्ध लगाउने; चीनलाई घेराबन्दी गर्ने; नेटोको सदस्य राष्ट्रहरूलाई युद्ध बजेट बढाउन दबाब दिने; अमेरिकी रक्षा मन्त्रालयको नाउँ परिवर्तन गरेर युद्ध मन्त्रालय राख्ने, युद्धको तयारीलाई ध्यान दिएर सैन्य संरचनाहरूको पुनर्गठन, हतियार निर्माण कम्पनीहरूलाई हतियार निर्माणको आदेश दिने; दोस्रो विश्वयुद्धपछि स्थापित साम्राज्यवादी विश्व व्यवस्था र त्यसको रक्षाको निमित्त बनाइएको अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू एवं अन्तर्राष्ट्रिय कानूनहरूका विरुद्ध जाने अमेरिकी राष्ट्रपति र पेन्टागनका गतिविधिहरूलाई दृष्टिगत गर्दा दोस्रो विश्वयुद्धपछि स्थापित साम्राज्यवादी विश्व व्यवस्था विघटनको सँघारमा उभिएको छ भन्न सकिन्छ जसको औपचारिक घोषणा तेस्रो विश्वयुद्धले गर्ने छ ।
साम्राज्यवादीहरूको नव-औपनिवेशिक नीतिका कारण एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा राष्ट्रिय मुक्तिआन्दोलन क्षतविक्षत भएको छ त्यतिबेला प्रगतिशील लेखक तथा साहित्यकारहरूको जिम्मेवारीबारे छलफल र विचार विमर्श गर्ने कुराले अत्यन्त ठूलो महत्त्व राख्दछ ।
४. समकालीन वैश्विक साम्राज्यवादका अन्तर्विरोधहरू पराकाष्ठामा पुगेको आजको अवस्था जतिबेला पहिलो विश्वयुद्धको समयमा जस्तो लेनिन जस्ता महान् क्रान्तिकारी नेताहरू हुनुहुन्न; जतिबेला दोस्रो विश्वयुद्धको समयमा जस्तो विश्व शक्ति राष्ट्र समाजवादी सोभियत सङ्घ, स्टालिन जस्तो दूरदर्शी र माझिएको कम्युनिस्ट नेतृत्व, माओ जस्तो महान् मार्क्सवादी–लेनिनवादी नेताको अभाव छ; जतिबेला साम्राज्यवादीहरूको नव-औपनिवेशिक नीतिका कारण एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा राष्ट्रिय मुक्तिआन्दोलन क्षतविक्षत भएको छ त्यतिबेला प्रगतिशील लेखक तथा साहित्यकारहरूको जिम्मेवारीबारे छलफल र विचार विमर्श गर्ने कुराले अत्यन्त ठूलो महत्त्व राख्दछ । यति सामयिक र महत्त्वपूर्ण विषयमा छलफल नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा आयोजना गरेमा प्रगतिशील लेखक सङ्घ, नेपाललाई म धन्यवाद दिन्छु ।
५. हरेक सामाजिक व्यवस्था अविछिन्नरूपले अघि बढ्छ । त्यो उत्पति र विनाशको निरन्तर प्रक्रियाबाट गुज्रन्छ । लेख तथा साहित्यहरू लेखक तथा साहित्यकारहरूको चिन्तनशील दिमागमा परेको त्यही प्रक्रियाको प्रतिबिम्ब हो । त्यसैले यस सम्बन्धमा प्रगतिशील लेखक तथा साहित्यकारहरूले आफ्ना सिर्जनाहरूको प्रगतिशीलतालाई निरन्तरता दिँदै सामाजिक क्षेत्रमा आएका स–सानादेखि ठूला बदलावहरूमा राम्ररी ध्यान दिनुपर्छ । कतिपय लेखक तथा साहित्यकारहरू एउटा निश्चित अवस्थामा प्रगतिशीलतालाई प्रतिनिधित्व गरेका लेख, रचनाहरू त्योभन्दा भिन्न परिस्थितिमा पनि प्रगतिशील नै रहन्छ भन्ने सोच्दछन् र नयाँ परिस्थितिलाई सम्बोधन गर्न सक्तैनन् । लेख तथा रचनाहरूको प्रगतिशीलतालाई अन्तिम, निरपेक्ष र पवित्र मान्ने सोचाइका कारण तिनीहरूले यस्तो गल्ती गर्दछन् ।
कतिपय लेखक तथा साहित्यकारहरू एउटा निश्चित अवस्थामा प्रगतिशीलतालाई प्रतिनिधित्व गरेका लेख, रचनाहरू त्योभन्दा भिन्न परिस्थितिमा पनि प्रगतिशील नै रहन्छ भन्ने सोच्दछन् र नयाँ परिस्थितिलाई सम्बोधन गर्न सक्तैनन् ।
प्रगतिशील लेखक तथा साहित्यकारहरूले समाजको विकासको यो निम्नबाट उच्चतर अवस्थातर्फ अविछिन्नरूपले अघि बढ्ने सार्वभौम चरित्रमाथि आफूलाई आधारित गरेर समकालीन वैश्विक साम्राज्यवाद आज जतिसुकै शक्तिशाली भएपनि त्यसको विनाश अवश्यम्भावी छ भन्ने कुरालाई आफ्ना सिर्जनाहरूका अन्तर्वस्तु बनाउनुपर्छ ।
६. मार्क्सवाद-लेनिनवाद-माओ त्से-तुङ विचारधाराले संस्कृतिलाई अधिसंरचनाको एउटा हिस्सा मान्दछ जुन आर्थिक आधारद्वारा निर्धारित हुन्छ । तर जब एउटा निश्चित आधारद्वारा त्यससित मेल खाने अधिसंरचना निर्मित हुन्छ तब त्यो एउटा शक्ति बन्दछ र त्यसले उक्त आर्थिक आधारलाई मजबूत पार्न सक्रिय भूमिका खेल्दछ । समकालीन वैश्विक साम्राज्यवाद र त्यसद्वारा निर्मित संस्कृतिबारे पनि यही कुरा सत्य हो । समकालीन वैश्विक साम्राज्यवादको अर्थ साम्राज्यवादी संस्कृतिको वैश्विकरण पनि हो । साम्राज्यवादले उपभोक्तावाद, व्यक्तिवाद, अराजनीतिकरणलाई बढावा दिएर सामुहिक सचेतना र क्रान्तिकारी परम्पराहरूलाई कमजोर पारेको छ ।
समकालीन वैश्विक साम्राज्यवादले सञ्चार समूहहरू, मनोरञ्जन उद्योगहरू प्राज्ञिक संस्थाहरू, बौद्धिक भ्रष्टाचार र डिजिटल प्लेटफर्महरूमार्फत प्रगतिशील लेखक तथा साहित्यकारहरूलाई भुत्ते र कमजोर पारेको छ । यसप्रकारका प्लेटफर्महरूमार्फत त्यसले आफ्नो हस्तक्षेपकारी युद्धहरूलाई प्रजातन्त्र र स्वतन्त्रताको निमित्त आवश्यक कदम, श्रमको शोषण र रातोरात वस्तिहरू बलजफत उठाएर बहुराष्ट्रिय उद्योगहरूको स्थापना गर्नुलाई विकास र धनी र गरीबहरूबीच बढ्दो असमानतालाई व्यक्तिगत असक्षमता सिद्ध गर्ने प्रयत्न गर्दछ ।
समकालीन वैश्विक साम्राज्यवादले सञ्चार समूहहरू, मनोरञ्जन उद्योगहरू प्राज्ञिक संस्थाहरू, बौद्धिक भ्रष्टाचार र डिजिटल प्लेटफर्महरूमार्फत प्रगतिशील लेखक तथा साहित्यकारहरूलाई भुत्ते र कमजोर पारेको छ ।
समकालीन वैश्विक साम्राज्यवादी युगमा आफ्ना जिम्मेवारीहरू प्रगतिशील लेखक तथा साहित्यकारहरूले निम्न कुराहरूलाई ध्यानमा राखी पूरा गुर्नपर्छ :
- सामाजिक क्रान्तिको, मुख्यरूपले समाजवादी क्रान्ति र साम्यवादतर्फ अघिबढाइको विज्ञान मार्क्सवाद-लेनिनवाद-माओ त्से-तुङ विचारधाराको सैद्धान्तिक आलोकमा समकालीन वैश्विक साम्राज्यवादको वास्तविकता जनसमक्ष ल्याउने ।
– वर्गयुक्त समाजमा लेख तथा साहित्यहरूमा यो वा त्यो वर्गको छाप अङ्कित हुन्छ भन्ने मार्क्सवादी-लेनिनवादी सिद्धान्तलाई सचेततापूर्वक आत्मसात गरेर सर्वहारा वर्ग, किसान वर्ग र तमाम उत्पीडित जनता एवं राष्ट्रहरूका पक्षमा आफ्नो कलम चलाउनुपर्छ । साहित्य तथा कला कुनै वर्गको हुँदैन भन्ने सोच पूँजीवादी हो । त्यसैले उनीहरू एउटा तटस्थ पर्यवेक्षक बन्नु हुँदैन, शोषक वर्ग एवं वैश्विक साम्राज्यवादको विपक्षमा र सर्वहारा वर्गको पक्षमा उभिनुपर्छ ।
– साम्राज्यवादीहरूले विभिन्न मुलुकहरूमाथि सैन्य हस्तक्षेप गरिरहेका छन् । त्यसैगरेर विभिन्न मुलुकहरूमा अलगअलग साम्राज्यवादी मुलुकहरूका स्वार्थहरू गृहयुद्धमार्फत मुखरित भइरहेका छन् । प्यालेस्टायनको गाजामा अमेरिका र बेलायतका समर्थन एवं सहयोगमा इजरायली साम्राज्यवादले जातीय सफाया (genocide) अभियान चलाइरहेको छ । त्यस दौरान्मा ७० हजारभन्दा बढी मानिसहरूको हत्या भइसकेको छ । त्यसैगरेर अफ्रिकी महादेशका विभिन्न मुलुकहरूमा गृहयुद्ध, भोकमारीको स्थिति छ । यी सबैको मुख्य कारक विश्व साम्राज्यवाद हो भन्ने वास्तविकता जनसमक्ष पुर्याउने
– अहिले विश्व तेस्रो विश्व युद्धको सँघारमा छ र यदि त्यस्तो परिस्थिति आयो भने त्यसले मानव अस्तित्व र मानव निर्मित संरचनाहरूको विनाश हुन सक्तछ भनेर सम्भावित तेस्रो विश्वयुदको विरूद्ध आफ्ना लेख रचनाहरू मार्फत विश्वलाई सचेत पार्ने ।
– समकालीन वैश्विक साम्राज्यवादबारे राम्रो जनकारी हासिल नगरी त्यसका विरुद्ध प्रभावकारी सङ्घर्ष अघि बढाउन र त्यसको वस्तुपरक आलोचना गर्न सम्भव हुन्न । त्यसैले उनीहरूले समकालीन वैश्विक साम्राज्यवादसम्बन्धी प्राथमिक स्रोतहरूको राम्ररी अध्ययन गर्नुपर्ने ।
– उनीहरूले समकालीन वैश्विक साम्राज्यवादमा निहित अन्तर्विरोधहरूको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूबीचको शक्ति सन्तुलनको स्थितिको तथा साम्राज्यवादी शक्तिहरूबीचका अन्तर्विरोधहरूको राम्ररी अध्ययन गर्नुपर्ने ।
– उनीहरूले साम्राज्यवादको आलोचना सम्बन्धी आफ्ना सिर्जनाहरूलाई प्रचारको विषय बनाउनुहुन्न । वैश्विक साम्राज्यवादको आलोचना पनि सत्य-तथ्यमाथि आधारित हुनुपर्छ ।
– आफ्ना सिर्जनाहरूमा उनीहरूले कामदार वर्ग, किसान वर्ग र साम्राज्यवादीहरूद्वारा उत्पीडित र सिमान्तकृत बनाइएका राष्ट्र एवं जनसमुदायहरूको आवाज मुखरित बनाउनुपर्छ । आप्रवासी कामदारहरू, अनौपचारिक श्रमिकहरू, आदिवासी समुदायहरू र युद्धपीडित राष्ट्र एवं जनतालाई उनीहरूले आफ्ना लेख तथा साहित्यहरूमा नायक बनाउनुपर्छ ।
– उनीहरूले वैश्विक साम्राज्यवाद विरूद्धको आफ्नो अभियानलाई सर्वहारा अन्तर्राष्ट्रवादको अभिन्न हिस्साको रूपमा अगाडि बढाउनुपर्छ । जसरी वैश्विक साम्राज्यवादले आफ्नो शोषण, उत्पीडन, प्रचार-प्रसार अन्तर्राष्ट्रिय बनाएको छ त्यसैगरेर उनीहरूले पनि साम्राज्यवाद विरोधी आफ्नो अभियानलाई अन्तर्राष्ट्रिय बनाउनुपर्छ । त्यस्ता सिर्जनाहरूले अन्तर्राष्ट्रिय एकतालाई बढावा दिने, समकालीन वैश्विक साम्राज्यवादका विश्वव्यापी शोषण, उत्पीडन, युद्ध, हत्या, सत्ता परिवर्तन, प्राकृतिक स्रोतहरूको चरम अवशोषण आदिको भण्डाफोर गर्नुपर्छ । साथै, उनीहरूले साम्राज्यवादी मुलुकहरूका जनतामा घर जमाएको अन्ध राष्ट्रवादको विरोध गर्नुपर्छ र उत्पीडित र हस्तक्षेपमा परेका राष्ट्रहरूको देश भक्तिको भावनाको समर्थन गर्नुपर्छ ।
साहित्य तथा कलालाई बजारको वस्तु बन्नबाट रोक्ने अभियानको रूपमा आफ्नो लेख, रचना, सिर्जना गर्नुपर्छ । उनीहरूको लेख रचनाहरू समाजवादी यथार्थवाद र मार्क्सवादी सौन्दर्यबाट ओतप्रोत हुनुपर्छ ।
– पूँजीवादले साहित्य तथा कलालाई वस्तुमा रूपान्तरण गर्यो । समकालीन वैश्विक साम्राज्यवादको आजको युगमा व्यापकता एवं गहनताको दृष्टिबाट यो कुरा बढी सत्य छ । यो स्थितिको आलोचना एवं भण्डाफोर गर्नुपर्छ र साहित्य तथा कलालाई बजारको वस्तु बन्नबाट रोक्ने अभियानको रूपमा आफ्नो लेख, रचना, सिर्जना गर्नुपर्छ । उनीहरूको लेख रचनाहरू समाजवादी यथार्थवाद र मार्क्सवादी सौन्दर्यबाट ओतप्रोत हुनुपर्छ ।
– वैश्विक साम्राज्यवादले Advanced Digital Technology को उच्चतम प्रयोग गरेर कामदार वर्ग, विकासोन्मुख राष्ट्रहरू र स्वयं आफ्नै मुलुकका नागरिकहरूमाथि अत्यधिक शोषण, उत्पीडन र विश्वका विभिन्न मुलुकहरूमा युद्धहरू सञ्चालन गरिरहेको छ । Digital Technology र त्यसका मञ्चहरू बहुराष्ट्रिय निगमहरूको कब्जामा भएकोले साम्राज्यवादीहरूले सूचनामा घुसपैठ गर्ने, आफ्ना पक्षमा विश्वव्यापीरूपमा भाष्यहरू सिर्जना गर्ने र विश्व जनमतलाई भ्रममा राख्ने काम गर्दछन् । प्रगतिशील सर्जकहरूको निमित्त यो एउटा ठूलो चुनौती हो ।
Digital Technology मा आएको यो हदसम्मको विकासलाई प्रगतिशील लेखक तथा साहित्यकारहरूले चुनौतीको रूपमा मात्र होइन अवसरको रूपमा लिएर साम्राज्यवादीहरूको विपक्षमा र जनताको पक्षमा यसको उच्चतम प्रयोग गर्ने रणनीति अवलम्बन गर्नुपर्छ । यसलाई उनीहरूले प्रति-प्रभुत्ववादी अस्त्र (counter hegemonic tool) को रूपमा उपयोग गर्नुपर्छ ।
प्रगतिशील लेखक सङ्घ, नेपालद्वारा मिति २०८२ माघ ९ गते आयोजित कार्यक्रममा दिएको मन्तव्य
वैश्विक शक्ति सङ्घर्ष र नेपालको रणनीतिक चुनौती
एप्सटीन फाइल्स: पुँजीवादको साइड इफेक्ट होइन, यसको अनिवार्य लक्षण
साम्राज्यवादको बदलिँदो रूप: अमेरिकी आक्रामकता, वामपन्थी राज्यहरू र विश्व शक्ति–…
क्रान्तिकारी व्यवहारमा मार्क्स
एकाधिकारपछिको साम्राज्यवाद: भेनेजुएला, वैश्विक दक्षिण र पुँजीको नयाँ भू–राजन…
सात तारा: गोर्खा राज्य विस्तारको राजकीय समापन बाँकी छ
आधुनिक गुरुकुलको आवश्यकता
प्रतिक्रिया