आजको आवश्यकता —नयाँ कार्यनीति

हाम्रो देशको सन्दर्भमा माथि उल्लेखित सरकार र सत्ताका नेताहरुको मापनलाई विचार गर्दा जेन्जी पुस्तालाई समेत निराशा र अवसादग्रस्त तुल्याउने गरी नेतृत्वतहबाट बारम्बार नियतवस गल्ती गरेको हुनाले नै जेन्जी आन्दोलनले विद्रोहको रुप लिएको प्रष्टै देखिन्छ ।
डिजीटल युगले जन्माएका जेन्जी पुस्ताको विश्वव्यापीरुपमा मुखरित भैरहेको विद्यमान आवाजको सूचनाशक्तिको उपयोग मानवसभ्यताका प्रगतिवादी शक्तिले गर्नुपर्नेमा यतिवेला त्यसको उपयोग वित्तीय साम्राज्यवादले विश्वका निर्धन र विकाशशील राष्ट्रलाई अर्ध औपनिवेशिक शैलीमा आफ्नो अधीनमा राख्न सूचना साम्राज्यका रुपमा उपयोग गरिरहेको छ । हाम्रो नेपालकै वरपर श्रीलङ्का, बङ्गलादेश, भारत, र स्वयम नेपालमा यसको उपयोग यी राष्ट्रलाई कमजोर तुल्याउने प्रयोग भइसकेको छ भने फिलिपिन्स, मोरक्को, मडगास्कर आदि पनि यस्तो चपेटामा परेको हामी थाहापाइरहेछौं । हाल विश्वमा देखापरेको यो नयाँ प्रयोगको प्रवृत्ति अमेरिकी नेतृत्वको विश्वसाम्राज्यवादले पहिलेदेखि नै जापान र दक्षिणकोरियाका शासकलाई आफ्नो इसारामा नचलेको अवस्थामा तिनलाई ठीकमा राख्ने अवस्थामा प्रदर्शित हुदै आएको थियो । तर थ्याचर — रेगनको विश्वव्यापीकरणको अर्थनीति लागू भएपछि विश्वलाई चलाइएको अवस्थामा यो प्रवृत्तिमा केही कमी आएको र विश्वमा उदारवाद छाएको महसुस राष्ट्रहरुले गरेका थिए ।
केही वर्षयता चीनको अर्थतन्त्र दोश्रो तहमा उक्लिएपछि वित्तीय साम्राज्यवादमा सङ्कटका बादल मडराउन थाले र युरोप र अमेरिकामा निरन्तर अर्थतन्त्रमा ह्रास देखापरेपछि पूँजीवादले विश्वव्यापीकरणको मुखुण्डो च्यतेर फाल्न थाल्यो । हुँदा हुँदा अहिले त सम्राज्यवादको स्वरुप संकीर्ण राष्ट्रवादी, अस्थिर , स्वेच्छाचारी रुढीवादी, युद्धवादी बन्न थालेको छ, यसको सही प्रतिनिधि पात्रका रुपमा डोनाल्ड ट्रम्प देखापरेका छन् । यस्तो अवस्थामा जेन्जी जस्तो संगठित सूचनाशक्तिको उपयोग पनि वित्तीय साम्राज्यवादले स्वतन्त्र विकाशशील राष्ट्रमा विध्वंश मच्चाई तिनलाई कमजोर तुल्याएर आफ्नो अधीनमा राख्नमा प्रयोग गर्न थाल्नु भनेको हिटलरको हातमा अणुबम परेजस्तै खतराको संकेत हो ।
कुनै पनि जनविद्रोह निन्दनीय हुदैन । अन्याय ,अत्याचार, शोषण र भ्रष्टाचारमा भएका विद्रोहलाई जन आक्रोशका रुपमा लिनुपर्दछ । तर विद्रोहमा घुसपैठ गरेर प्रतिगामीहरुले विद्रोहलाई क्रान्तिकारी परिवर्तनको माध्यम वन्न नदिने र राष्ट्र र जनताका विरुद्ध विध्वंश मच्चाउने काइ गर्दछन् र अन्ततः विद्रोहीहरुलाई या त भौतिक रुपमा समाप्त पार्दछन् या तिनलाई भ्रष्ट तुल्एर आफ् हितमा उपयोग गर्न थाल्छन् । यसपटकको जेन्जी विद्रोहमा पनि त्यस्तै भइरहेछ ।
राजनीति र राज्यसत्ताका विषय भनेका मानवसभ्यताको आदिकालदेखि चलिआएका युगौं पुरानो परम्परा भएका विषय हुन् । यिनमा आवेश भन्दा पनि निश्चित विधि र उद्देश्य राखेर काम गर्नुपर्दछ । यसमा निश्चित अनुशासनको पनि खाँचोपर्दछ । यसको सही परिचालनमा दीर्घकालीन तपस्याको आवश्यकता पर्दछ । यसमा दायित्वबोधको पनि आवश्यता पर्दछ । यसमा कमी र तलमाथि भएपछि समाजका प्रत्येक सदस्य कुप्रभावित हुन्छन् । अनि जेन्जीजस्ता विद्रोही समूहको पनि जन्म हुन्छ । यसैले जेन्जी विद्रोह या नयाँपुस्ताको विरोधको आवाजको जिम्मेवार सर्बप्रथम देशको राजनीति या राज्यसत्ताकै कामको परिणाम हुनजान्छ । त्यसो त सवै देशका सरकार र सत्ताको कामको जेन्जी पुस्ताले विरोध गरेको पनि छैन र सरकार र सत्ताको निरपेक्ष विकल्प जेन्जी पनि होइन । सही र सफल काम पुस्ताले मात्र गर्ने होइन , सरकार सत्ताका नेताको सही र वैज्ञानिक भौतिकवादी विचार, व्यवहारिक र समयानुकूल, कार्ययोजना, कार्यविधि र सवैभन्दा मुख्य कुरा असल नियत भएको र असफलताबट सिक्दै सफलता हासिल गर्नसक्ने स्वभाव छ भने पुराने पुस्ताले सरकार चलाए पनि जेन्जीले विद्रोह गर्न आवश्यक हुदैन । विद्रोह त एक प्रतिक्रिया मात्र हो । अन्तः विद्रोहीले होस् वा क्रान्तिकारीले, परिवर्तनको उद्देश्य प्राप्तिका लागि योजनाबद्धरुपमा परिवर्तनका काम त गर्ने पर्दछ । त्यसे काम कसरी गर्ने भन्ने कुराको चर्चा यहाँ गर्न खोजिएको छ ।
हाम्रो देशको सन्दर्भमा माथि उल्लेखित सरकार र सत्ताका नेताहरुको मापनलाई विचार गर्दा जेन्जी पुस्तालाई समेत निराशा र अवसादग्रस्त तुल्याउने गरी नेतृत्वतहबाट बारम्बार नियतवस गल्ती गरेको हुनाले नै जेन्जी आन्दोलनले विद्रोहको रुप लिएको प्रष्टै देखिन्छ । लोकतन्त्रमा आधारित भएर बनाइएको हाम्रो सम्बिधान र सम्बैधानिक परम्परालाई विचार गर्ने हो भने सम्बिधानले जनताको हित, कल्याण र अधिकारलाई वा जनआकाङ्क्षालाई प्राथमिकता दिइएको पाइदैन । निर्देशक सिद्धान्त, आदर्शका रुपमा जनता हितका कुरा राखिएका हुन्छन् भने पूँजीवादी संविधानविदहरुले राज्यसत्ताका विभिन्न निकाय र क्षेत्रहरुको शक्तिसन्तुलनलाई नै लोकतन्त्रको मूल आधार वनाएर प्राथमिकता दिएर संविधान बनाएका छन् । सामान्य भाषामा कार्यपालिका, न्यायपालिका र विधायिका भनेर शक्ति पृथकीकरणका तीन क्षेत्र बताइए पनि प्रयोगको परम्परालाई हेर्दा वास्तविक शक्ति पृथकीकरण विधायिकामा छँदै छैन । यो लाचार छायाजस्तो, प्रधानमन्त्रीको सहयोगीका रुपमा मन्त्री हुनसक्ने मानिसको छनोट सूचिजस्तो मात्र देखिन्छ । केही ठूला राजनीतिक पार्टीका नेता, मन्त्रिमण्डल, सुरक्षा निकाय, देशमा आवासीयरुपमा रहेका अनेक अन्तरराष्ट्रिय एजेन्सी, एनजिओ— आई एनजिओ र तिनका प्रमुखहरु नजिक रहने विचौलिया, केही हदसम्म अदालत र केही अर्बपतिहरुमा शक्तिपृथकीकरण हुने गरेको यथार्थ विद्यमान छ । केवल रुढीवादी लोकतान्त्रिक परम्परा धान्न राज्यसत्ताका सबै शक्तिकेन्द्रको प्रवक्ताको रुपमा प्रधानमन्त्रीले जिम्मेवारी बोकेको देखिन्छ । यसको एउटा ज्वलन्त प्रमाण राजा वीरेन्द्रको वंशनाश हुँदा तत्कालीन प्रधानसेनापति प्रज्वल शमशेरले दरवार हत्याकाण्डमा आफ्नो कुनै जिम्मेवारी नभएको प्रष्टीकरण नै हो । विश्लेषकहरुले अहिले पनि सुरक्ष निकायभित्र एउटा टास्क फोर्सले घटना गराएको अनुमान गर्ने गरेका छन् । यसरी लोकतन्त्रको बहानामा देखावटी शक्तिपृथकीकरण र भूमिगत यथार्थ शक्तिपृथकीकरणले गर्दा बाह्यशक्तिलाई देशमा खेल्ने मौका मिल्ने गरेको छ र राष्ट्र सधैं असफल हुने गरेको छ । तर यस्तो कुराको यथार्थलाई लगातार ढाकछोप गरेर जनतालई यथार्थ जानकारी नगराई कहिले चुनावी घोषणापत्र, कहिले बार्षिक बजेटका नाममा जनता झुक्याउने काम नेताहरुले गरेपछि जेन्जी पुस्ताले विद्रोह गर्नु नितान्त सभाविक हो ।
अब विडम्बना त कहाँ देखिन्छ भने जसले लोकतन्त्रका बहानामा राष्ट्रमा खेलेर देशलाई असफल तुल्याइरहेका छन् तिनैले जेन्जीको उपयोग गरेर आफैले खेताला बनाएर केही डलरमा किनेका नेताहरुलाई खुइल्याइरहेछन् । अव दलाल बनेका ती खेताला नेताहरु न सत्य कुरा बोल्न सक्छन्, न मुक्त हुन नै । हाम्रो देशको जेन्जी आन्दोलनमा २४ गतेको विध्वंसात्मक गतिविधि नियालेका विश्लेषकहरुले बाह्यशक्तिको घुसपैठ भएको अनुमान गरेका छन् । कसैले चुच्चे नक्साको विषय अन्तरराष्ट्रियकरण गरेको असन्तुष्टि पोख्न भारतको ‘र’ले चलखेल गरेर राजावादीलाई प्रयोगरेको अनुमान गरेका छन् । कसैले प्रधानमन्त्रीले चीनको परेडमा भागलिएर सैनिक गठबन्धनमा सामेल भएको कारण सीआईए संलग्न भएको र दलाई लामा र तिनका टीओबीका दस्ता परिचालन गरेर श्रोङचोङगोम्पोका समयपछि पहिलोपटक तिब्बतले नेपालसँग वदला लिएको बताएका छन् । यस्तै संगठित शक्तिको घुसपैठकै कारण एकै दिन देशव्यापी रुपमा एकै प्रकारका निशानामा प्रहार गर्न सफल भएका हुन् भन्ने बताएका छन् । जेभए पनि विध्वंश र विनास गर्न सबैको मत मिले पनि विकल्प दिनेवेलामा भालेहरुलाई जम्हलकाँटेले धम्काए पछि जे गर्न उसले खोजेको थियो त्यही भइरहेछ ।
यस्तो परिस्थितिमा केही नेताहरु सम्बिधानका केही धारा संशोधन र परिवर्तन गरेर कार्यकारी राष्ट्र प्रमुखको निर्वाचन गराउने व्यवस्था गर्न पाए आफु राष्ट्रपति हुने थिएँ र सवै समस्याको समाधान हुने थियो भनेर जेन्जीलाई फकाउँदै अर्को झूठको खेती शुरु गरिरहेछन् । तिनको नजरमा अझै मै राष्ट्रपति हुन्छु भन्ने सपना नाचिरहेको छ । भ्याक्तो खाँ भनिभन्छ डाँठ सरपले मुखमा धर्याका घरी भन्ने भानुभक्तको कविताको याद आउँछ ।
आफूलाई प्रगतिवादी भन्ने पार्टीहरुले आफ्ना घोषणाहरुमा सैद्धान्तिक रुपले भन्ने गरेका छन्— देशको प्रगति र अग्रगमनका विरोधी भनेका धनी र प्रभुत्ववादी देशका दलाल पूँजीपति, भ्रष्ट नोकरशाही पूँजीका मालिक हुन् । यहाँसम्म आएर यति गाली गरेर मात्र देशको समस्या समाधान हुने कुरै भएन । देशका प्रगति विरोधी हुन् भने उनीहरुलाई बाधाको रुपमा कायम नराखी पन्साउने काम के गरियो त भनेर पनि हेर्नुपर्यो । ती विरोधीहरु भने माथि बर्णन गरिएका यथार्थ शक्ति पृथकीकरणमा टाँसिएर बसेका जुकाजस्ता हुन् , जसको उपचार नगरी देश बन्न सक्तैन, देश अगाडि बढ्दैन, देश स्वतन्त्र पनि हुँदैन र जनताले कहिल्यै विकास देख्न पाउँदैन । त्यसैले कम से कम अबको चुनावी एजेण्डा भनेको कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ मात्र भनेर पुग्दैन, अब सरकारमा जाने लक्षले चुनाव लड्ने पार्टीले दलाल पूँजीवाद र नोकरशाही तन्त्र र नोकरशाही पूँजीलाई शासनमा हावी हुनबाट रोक्ने, राज्यसत्ताका विभिन्न अङ्गमा टाँसिएका विदेशी एजेण्टलाई खेल्नबट रोक्ने ठूला पूँजीले साइड विजनेशको रुपमा सानापूँजीलाई सहयोग गर्ने पर्ने र राष्ट्रिय पूँजीको विकासमा सहयोग गरेर मेनुफेक्चरिङको विकासका साथै वेरोजगारी हल गर्ने, देशमा भौतिकसंरचनामा बृद्धि गर्ने आदि कुरामा अगाडि बढ्न के कस्ता कार्यनीति र रणनीति आवश्यक पर्दछ, त्यो तयार गर्नु अनिवार्य हुन्छ । जसका आधारमा ती पार्टी र तिनका नेताले चल्नुपर्दछ । सुरक्षा निकायलाई स्वतन्त्र र आधुनिक प्रविधिले सक्षम तुल्याउने, मेकानिकल र कुशल श्रमिकको उत्पादन बढाउने कुरामा पनि कार्यनीति बनाउनु आवश्यक विषय बनेको छ । देश विकासको ठोस कार्य योजना केही छैन, सपना देखाएर प्रधानमन्त्री बन्ने अनि समस्या परे गोली हान्न लगाउने गरेपछि जनताले विद्रोह गर्दैन त ? पहिले आफैले महाकाली सन्धिगर्दा भारतले कालापानी क्षेत्र दावी गर्दा सम्मति दिने अनि अहिले चुच्चे नक्सा जारी गर्दै अन्तराष्ट्रिय करण गर्दा दुनियाँले पत्यायाउँछ कि जाली कीर्ते भन्छ ? अनि सत्ताच्यूत भएर भागिहिड्नुपर्दैन त ? शक्तिकेन्द्रहरुले नेतालाई जोकर वनाएनन् त ? यसैले बामपन्थी प्रगतिवादी पार्टीका नेताहरुले स्वतन्त्र भएर देशको लागि काम गर्ने हो र प्रतिष्ठा पनि नगुमाउने हो भने विश्वको वदलिदो अवस्था अनुरुपको रणनीति र कार्यनीत पहिले बनाउनुपर्दछ । त्यसको लागि उनीहरुवीच आपसी सद्भाव र एकता हुनैपर्दछ । अहम् राखेर जाने हो भने फेरि पनि उही दुर्दशा दोरिने छ । त्यति गर्दा पनि देशलाई दलाल र नोकरशाहबाट मुक्त पार्न सकिएन भने प्रतिगामीहरुका वीच अन्तरविरोध चर्केकोबेला सत्तामाथि धावाबोल्न सक्नुपर्दछ । यो नै सच्चा बामपन्थी पार्टीहरुको आजको बाटो हो ।

दशैं, दशा र जलवायु परिवर्तन

भूराजनीतिक भुमरीमा नेपाल: जेन जेडको विद्रोह र सत्ता-सङ्कट

जेन— जी विद्रोह र रुपान्तरण

नेपालमा सत्ता पलट : क्रान्ति वा अर्को भ्रान्ति ?

नेपाल: हल्लै हल्लाको देशदेखि कन्स्पिरेसीको देशसम्म

हुगली मे आग लग जाएगी

झोले: झोला बोक्ने कि विवेकशून्य?

प्रतिक्रिया